चैत्र ८ , काठमाडौँ
रास्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण बिभागले २१ औ वन्यजन्तु सप्ताह २०७३ बैसाख १ देखि ७ गते सम्म मनाउन आज आयोजना गरेको सरोकारवालाहरुको बैठकले रास्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण बिभागका उपमहानिर्देशक डा.महेश्वर ढकालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ |रास्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक श्री फणिन्द्रराज खरेल को अध्यक्षतमा आज बसेको सरोकारवाला संघ सस्थाहरुको बैठकले बिभिन्न कार्यक्रमहरु तय गरि भव्यताका साथ् वन्यजन्तु सप्ताह मनाउन उक्त समिति गठन भएको छ जसमा सदस्यहरुमा प्रा.रमेश श्रेष्ठ (प्राकृतिक बिज्ञान संग्रहालय ),संजय अधिकारी (BCN) सुबास खरेल (WCN ) भोगेन्द्र रायमाझी (ZSL , नेपाल ) नुभराज खनाल (रास्ट्रिय प्रकृति संरक्षण कोष)सिम्रिका शर्मा (WWF ,नेपाल )ठाकुर भण्डारी (फेकोफन) किरण तिमिल्सिना (GGN) बिष्णु प्रसाद ज्ञवाली (वन संचार) तथा देबी घिमिरे रहनु भएको छ |उक्त समितिले आगामी चैत्र १० गते बुधबार बैठक बसी सप्ताह व्यापी कार्यक्रम तय गर्ने जनाएको छ |उक्त बैठकमा विभागका उप महानिर्देशक गोपाल प्रकाश भट्टराई , रास्ट्रिय प्रकृति संरक्षण कोष का सदस्य सचिब गोबिन्द गजुरेल , WWF ,नेपाल का दिवाकर चापागाई तथा रास्ट्रिय निकुन्ज अधिकृत हरु बिष्णु थपलिया ,भोजराज पन्थ समेत को सहभागिता रहेको थियो |