Breaking News

वन्यजन्तु सप्ताहमा वन मन्त्रि र मिस नेपाल एकै ठाउमा , NFAमा विचार गोष्ठी

बैशाख ७ ,काठमाडौ

वनमन्त्री अग्नि सापकोटा बाट वन्यजन्तु सप्ताहका अवसरमा वन संचार ,वन्यजन्तु बिसेशांक बिमोचन
वनमन्त्री अग्नि सापकोटा बाट वन्यजन्तु सप्ताहका अवसरमा वन संचार ,वन्यजन्तु बिसेशांक बिमोचन

mantri sambodhan2

रास्ट्रिय निकुन्ज तथा वन्यजन्तु  संरक्षण बिभाग बाट आयोजित २१ औ वन्य जन्तु  सप्ताह आज एक बिशेस कार्यक्रम का बीच  सम्पन्न भएको छ | रास्ट्रिय निकुन्ज बिभाग का निमित महानिर्देशक डा.महेश्वर ढकाल को अध्य्क्षता,  वन मन्त्रि अग्नि सापकोटा को प्रमुख आतिथ्य , वन सचिब उदयचन्द्र ठाकुर  बिशेस अतिथि र  मिस  नेपाल अश्मी श्रेष्ठ समेत अतिथि रहनु भएको समापन समारोह लाई सम्बोधन गर्दै वन मन्त्रि अग्नि प्रसाद सापकोटाले बिद्यार्थी भाई बैनी हरुले कविता का माध्यमले वन वन्यजन्तु smrxanसंरक्षणका  लागि व्यक्त गर्नु भएका भावनाले    आफु उत्साहित र  प्रभावित भएको बताउनु भयो | वन्यजन्तु सप्ताहमा  वन्यजन्तु को भबिस्य सुरक्षित् गर्ने  अभिभारा बोकेका आजका बिद्यार्थी भाइ बैनीहरुको क्षमता , सीप चेतना बढाउन लागि लागि पर्न यस सप्ताहले हामि सबैलाई थप हौसला र जिम्मेवारी प्रदान गरेको बताउदै  हामी हरु यी बिधार्थी भाइ बैनीको भबिस्य प्रति जिम्मेवार र जवाफदेही हुदै वन्यजन्तुको संरक्षण मा लाग्नु पर्ने बताउनु भयो |उक्त कार्यक्रममा वन सचिब उदयचन्द्र ठाकुर , वन विभागका महा निर्देशक रेशम बहादुर डाँगी , रास्ट्रिय प्रकृति संरक्षन कोष का सदस्य सचिब लगाएतले मन्तब्य व्यक्त गर्नु भएको थियो |

miss nepal and mantriउक्त कार्यक्रममा सदर चिडियाखाना जावलाखेल वाट वन्यजन्तु सप्ताह अन्तर्गत आयोजित संरक्षण कबिता प्रतियोगितामा प्रथम हुने सुप्रभा झा, दृतिय जनक घिमिरे तथा तृतीय छिरिंग लामा ले आआफ्नो   कविताहरु बाचन गर्नु भएको थियो |तेस्तै चित्रकला प्रतियोगिता मा प्रथम ,दृतिय,तृतीय तथा सान्त्वना प्राप्त गर्ने लाई कार्यक्रम मा पुरस्कृत गरिएको थियो | मिस नेपाल भै सकेपछिको  आफ्नो पहिलो सार्वजनिक कार्यक्रम रहेको बताउदै मिस नेपाल अश्मी श्रेष्ठले आफ्नो पहिलो सार्वजनिक कार्यक्रमले आफुलाई वन्यजन्तु संरक्षन को काममा लाग्न उत्साह मिलेको बताउनु भयो | मिस नेपाल प्रतियोगिताको तयारीको दौरान वन्यजन्तु संरक्षणका बारे सौराहा भ्रमण बाट यस क्षेत्रमा  भैरहेका काम को बारेमा जानकारी प्राप्त गरेको ले आजको कार्यक्रम बाट  वन्यजन्तुको संरक्षणका  कार्यक्रम मा मेरो आफ्नो प्रतिबद्धता र साथ् रहेको पुन व्यक्त गर्न पाउदा खुसि लागेको  बताउदै   बिधार्थी भाइ बैनीहरुको कविता बाट आफु प्रभावित भएको र वन्यजन्तु तथा वातावरण  संरक्षणकोलागि भाइ बैनी हरुसंगै काम गर्न चाहेको बताउनु भयो |कार्यक्रम मा प्रमुख अतिथि वन मन्त्रि अग्नि सापकोटाले   वन संचार दैमासिक को वन्यजन्तु बिसेशांक , सालक , तथा नेपालका चराहरुको सुची गरि ३ वोटा प्रकाशन को बिमोचन गर्नु भएको थियो . कर्यकरममा सहभागीहरुलाई विमोचित वन संचार वितरण गरिएको थियो .समापन समारोह को अध्यक्षतागर्नु भएका निमित्त महा निर्देशक डा. महेस्वर ढकालले  वन्यजन्तु सप्ताह सफल पार्न केन्द्रीय तथा जिल्ला स्तरमा बिबिध कार्यक्रमहरु आयोजना गरिएको  र उक्त कार्यक्रमहरु साझेदार सस्थाहरुको साथ् र सहयोगले सम्पन भएको भन्दै साझेदार सस्थाहरु   NFA, NTNC, BCN ,ZSL,GGN, FECOFUN, WWF,WCN ,वन संचार लाई धन्यबाद दिनु भयो | उक्त कार्यक्रम राष्ट्रिय निकुन्ज विभागका अधिकृत भोजराज पन्थ ले संचालन गर्नु भएको थियो | समापन समारोह अगाडी नेपाल वन प्राबिधिक संघ र वन संचार को सम्युक्त संयोजन मा बाघ , वान्जारा र व्यापार बिषयेक विचार गोष्ठी नेपाल वन प्राबिधिक संघको सभाहल मा संचालन गरिएको थियो . उक्त गोस्ठीमा प्रमुख बक्ता को रुपमा वन मन्त्रालय वातावरण माहासाखाका सह-सचिब विजयराज पौडेलले बाघ , वान्जारा र व्यापारका बारेमा आफ्न्नो अनुसन्धान यात्रा अनुभव र सिकाई का बारे आफ्नो प्रस्तुति दिनु भएको  थियो भने केन्द्रीय अनुसन्धान ब्यूरो का प्र.ना.उ. प्रविण पोखरेलले पनि बाघ , वान्जारा र व्यापार  का बारे केन्द्रीय अनुसन्धान ब्यूरोले गरेका काम र सिकाई  का बारे प्रस्तुति दिनु भएको थियो .विचार गोष्ठी को अद्यक्षता सेखर यादव , स्वागत डा. महेश्वर ढकाल ,धन्यबाद बिष्णु ज्ञवाली र संचालन संघका महासचिब बिष्णु आचार्यले गर्नु भएको थियो |

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्धारा जारी गरिएको प्रेस विज्ञप्ती
वन्यजन्तुको भविष्य हाम्रो हातमा
सन्दर्भ २१ औं वन्यजन्तु सप्ताह २०७३                                                      डा. महेश्वर ढकाल

“वन्यजन्तुको भविष्य हाम्रो हातमा” भन्ने मूल नाराका साथ २१ औं वन्यजन्तु सप्ताह वैशाख १–७, २०७३ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायत देशभरिका सम्पुर्ण संरक्षित क्षेत्रहरु, वन विभाग अन्र्तगतका निकायहरु, सामुदायिक वन उपभोक्ता समूह तथा संरक्षण साझेदार संघ संस्थाहरुले वन्यजन्तु संरक्षणमा जनचासो तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम संचालन भएको छ । वन्यजन्तुको संरक्षणमा जन सहभागिता जुटाउने उद्देश्यका साथ विगत २० वर्ष अगाडिदेखि हरेक वर्ष वैशाख १ गतेदेखि ७ गतेसम्म वन्यजन्तु सप्ताह मनाउदै आई रहेका छौं ।
संरक्षित क्षेत्रको स्थापना गरी वन्यजन्तु र जैविक विविधता संरक्षण गर्ने चलन विश्वमा नै संयुक्त राज्य अमेरिकामा सन १८७२ मा यलोस्टोन राष्ट्रिय निकुञ्जको स्थापना पश्चात भएको देखिन्छ । पूर्विया सभ्यता अनुसार नेपालीको जीवन परापुर्वकाल देखि जैविक विविधतामा आधारित रहेको भए पनि राष्ट्रिय निकुञ्ज मार्फत वन्यजन्तुको संरक्षण गर्ने कार्य सन १९७० को दशकबाट शुरु भएको हो । शुरुमा गैंडा, बाघ, हात्ती, हिउंचितुवा र रेडपाण्डा जस्ता परिस्थिकीय प्रणालीको उच्च तहमा रहेका प्रजातिहरुलाई केन्द्र मानेर
संरक्षित क्षेत्रहरुको स्थापना गरिएको भए पनि पछिल्ला दिनमा प्रजाति संरक्षणका अतिरिक्त पारिस्थिकीय प्रणाली, स्थानीय समुदायको अन्तरनिर्भरता र अन्तरसम्वन्ध, भू–परिधीय तथा छिमेकी राष्ट्र सम्मका भू–परिधीय क्षेत्रलाई आधार मानेर संरक्षित क्षेत्रको स्थापना पर्ने गरिएको छ । हाल नेपालमा १० वटा राष्ट्रिय निकुञ्ज, ३ वटा वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, र ६ वटा संरक्षण क्षेत्र रहेका छन भने १३ वटा संरक्षित क्षेत्रहरुमा मध्यवर्ती क्षेत्र समेत घोषणा भै सकेका छन । यी सवै संरक्षित क्षेत्रले नेपालको कूल भू– भागको २३.३९ प्रतिशत भू– भाग ओगटेका छन ।
पृथ्वीको सतहमा पाइने धेरै प्राणी मध्ये ठूूला वन्यजन्तुहरु वाघ, भालु, गैंडा हात्ती, चितुवा, हिउंचितुवा, गौरीगाई, निलगाई, विभिन्न प्रजातिका मृग, चरा प्रजातिको संख्या दिनानु दिन घटदै गएका र ती वन्यजन्तुलाई सदाका लागि वचाउन सकिएन भने भोली धेरै जनावरहरु पृथ्वीको सतहबाट लोप हुन सक्छन र हात्ती, गैंडा, बाघ जस्ता वन्यजन्तुलाई कागजको चित्र हेरेर मात्र चित्त बुझाउनु पर्ने स्थिति नआउला भन्न सकिदैन । यस्तो स्थितीमा हामीसंग भएका वन्यजन्तुहरुको नाम, परिचय, वितरण, र तिनका आहार विहारको वारेमा न्यूनतम जानकारी सवै सर्वसाधारण नागरिकमा हुन आवश्यक छ । परिस्थिकीय प्रणाली आफैमा एउटा कार्यमूलक र अन्तर सम्वन्धित इकाई भएको हुदाँ त्यस प्रणालीसंग सम्वन्धीत सवै वन्यजन्तु र वनस्पतिको अन्तरसम्वन्ध हुने भएको हुदाँ एउटा वन्यजन्तुको संरक्षण गर्दा सो प्रजातिको मात्र संरक्षण नभएर समग्र पारिस्थिकीय प्रणालीलाई एउटा कार्य इकाईमा र त्यस्तै धेरै इकाइहरुलाई संगै राखेर एउटा भू–पस्थितिय परिवेशमा संरक्षणलाई अगाडि वढाउन पर्ने हुन्छ । वन्यजन्तु सधै एउटा क्षेत्रमा मात्र वसोवास नगर्ने, टाढा टाढा सम्म गएर विचारण गर्ने र कहिले काही छिमेकी मुलुक सम्म गएर फर्केने हुदाँ अन्तर सिमा सम्वन्ध समेतलाई ध्यानमा राखी वन्यजन्तुको संरक्षण गर्नु पर्ने हुन्छ । उक्त तथ्यलाई नेपाल सरकारले अंगिकार गदै आएको छ । नेपालमा पछिल्ला समयमा संरक्षित क्षेत्र घोषणा गर्दै जाने र पछि वन्यजन्तु संरक्षणको वृहत्तर अवधारण अनुसार अनुकूलताका आधारमा भू–परिधीय क्षेत्रको नामाकरण हुदै आएको छ ।
नेपालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुको संरक्षणको लागि २०३२ साल देखि नेपाली सेना परिचालन भएको छ । वन्यजन्तु संरक्षणको कार्यमा नेपाली सेनाको परिचालनले एकातिर कानुन कार्यान्वयनको पक्षलाई शसक्त वनाएको छ भने अर्कोतिर नेपाल सरकारले संरक्षणलाई दिएको महत्व उजागर भएको छ । नेपालको संरक्षित क्षेत्रको व्यवस्थापन पक्षलाई हेर्दा पछिल्ला दिनमा स्थानीय जनसहभागिता, सरकारीसंगै गैर सरकारी संघ संस्थाको संलग्नताले संरक्षणको दायित्व र त्यसबाट प्राप्त लाभलाई सवैले अपनत्व महसुस गरेको छ । मध्यवर्ती क्षेत्रको स्थापनाले संरक्षणमा स्थानीयलाई सहभागि गराउने र संरक्षित क्षेत्रको वार्षिक आम्दानीको ३०–५०% सम्म राजश्व रकम समुदायमा जैविक विविधता, सामुदायिक विकास, आय आर्जन तथा रोजगारी सिर्जना, संरक्षण शिक्षा कार्यक्रमा खर्च गरेबाट जैविक विविधता संरक्षण गर्नमा स्थानीय समुदायको सहभागितामा वृद्धि हुनुका साथै उनीहरुको जिविकोपार्जन गर्नमा समेत टेवा पुगेको देखिन्छ । एकातिर वसाई सराईको कारणबाट वन जंगल माथि स्थानीय समुदायको चाप वढदै जाने र अर्कोतिर वन्यजन्तुको वृद्धि भई वन जंगलबाट वन्यजन्तु वस्तीमा निस्की मानव वन्यजन्तु वीचमा देखिएको असमझदारी (द्वन्द्व) को अवस्थालाई मध्यनजर गरी संरक्षणका मोडालिटीका वारेमा वहस हुनु पर्ने देखिन्छ । विगतको अनुभव र वजारमा उपलव्ध सुचना प्रविधिको अधिकतम प्रयोग र स्थानिय समुदायलाई अधिकतम फाईदा दिन सकेमा मात्र मानव र प्रकृतिको वीचमा सह अस्तित्व कायम राख्न सक्ने देखिन्छ । यसका लागि सरकारी पहल मात्र प्रयाप्त छैन । संरक्षणको कार्यक्रमलाई एउटा संस्कृतिको रुपमा विकास गर्न सकियो भने मात्र भोलिका सन्ततिले पनि यस कार्यमा सहभागिता देखाउने छन् ।
२१औं वन्यजन्तु सप्ताह २०७३ सप्ताहव्यापी रुपमा मनाउने सन्दर्भमा माननीय वन तथा भू–संरक्षण मन्त्री श्री अग्नि प्रसाद सापकोटाज्यूले देशवाशीको नाममा रेडियो नेपाल मार्फत दिनु भएको रेडियो सन्देश, विभिन्न विद्यालयका विद्यार्थीहरु वीच सडकपेटीमा चित्रकला प्रतियोगिता, सदर चिडियाखानामा कविता प्रतियोगिता , शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा चरा अवलोकन, नेपाल वन प्राविधिक संघ र वन संचारको सहयोगमा बाघ संरक्षण सम्वन्धि अन्तरक्रिया कार्यक्रम, वन्यजन्तु र जैविक विविधता संरक्षणमा विषेश योगदान गरे वापत नेपालका उत्कृष्ट विभिन्न १० वटा सामुदायिक वन र १० जना सामुदायिक वन उपभोक्ता समुहका सदस्यहरुलाई सम्मान स्वरुप कदर पत्र, स्थानीयतहमा जनचेतना अभिवृद्धि गर्न विभिन्न पत्रपत्रिका, रेडियो तथा टेलिभिजनबाट संरक्षण सम्वन्धि सूचना समाचार प्रसारण लगायतका कार्यक्रमहरु केन्द्रदेखि समुदायको स्तरसम्म आयोजना गरी सम्पन्न गरिएको छ ।
अन्त्यमा, यो कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्नका लागि सहयोग गर्नु हुने संघ, संस्था, निकाय संचारकर्मीहरु लगायतका कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहभागी हुने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

२०७३ वैशाख ७

कार्यक्रम को झलकहरु

aachal r miss nepal art ban sachib tika ban sanchar with miss nepal bansanchar bimochan bishnu and miss nepal dakal kabita bachan kabita boys mantri sambodhan mantri sambodhan2 mass miss nepal address miss nepal and mantri miss nepal auto nfa bijay 2 nfa bijay sir nfa talk prawin salak womens and ban sanchar

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *