Breaking News

भक्तपुरमा भुकम्प पिडितलाइ राहत स्वरुप सुधारिएको चुलो वितरण

बैसाख ९ ,भक्तपुर

 

prakash 4prakash 3  जिल्ला विकास समिति भक्तपुरका  स्थानिय विकास अधिकारी ध्रव प्रसाद कोइराला द्धारा ले भुकम्प पिडितलाइ राहत स्वरुप नगरकोट नगरपालिका वडा नं १२ मा मा आज एक कार्यक्रम का बीच  बृद श्री विष्णु प्रसाद ढुगाना लाई सुधारिएको चुलो वितरण गरि बितरण कार्यक्रम को शुभारम्भ  गरिएको छ  । भुकम्प राहत स्वरुप आजै  नगरको वडा न १२ नगरकोटमा २३३ वटा वडा न ७ सुडालमा २०० वटा , वडा न ९ वागेश्वारी मा ३११ वटा  तथा वडा न २ ताथली मा २१६ वटा वाडिएको छ ।जिविस ,भक्तपुर को  वातावरण ,उर्जा तथा जलवायु परिवर्तन शाखाको पहलमा तथा वैकल्पिक उर्जा प्रवद्र्धन क्रेन्द्रको सहयोगमा संचालित उक्त कार्यक्रमको उदेश्य बारे   उर्जा तथा जलवायु परिवर्तन अधिकृत ई. प्रकाश ज्ञवालीले चर्चा गर्नु भएको थियो।prakash
विश्व स्वास्थय संगठनको एक अध्ययनका अनुसार विश्वमा धुवाजन्य रोगको कारण प्रतिवर्ष २० लाख महिला तथा वालिकाको मृत्यु हुने गरेको छ । यस्तो मृत्यु मध्ये ४४ प्रतिशत निमोनिया, ५४ प्रतिशत क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी तथा २ प्रतिशत फोक्सोको क्यान्सरबाट हुने तथ्याङले देखाउछ । नेपालमा मात्रै धुवाजन्य रोगको कारण प्रतिवर्ष ८ हजार महिला तथा वालिकाको मृत्यु हुने गरेको छ । नेपालमा हुने रोगव्याधिको कुल भारमध्ये २.७ प्रतिशत रोग घर भित्रको वायु प्रदुषणका कारणले हुने गरेको छ।
नेपाल सरकारले घर भित्रको धुवाजन्य रोगको कारण प्रत्येक वर्ष हजारौ महिला तथा वालवालिकाको मृत्युको तथ्याङलाइ मध्यनजर गर्दै सन् २०१७ भित्र सम्पुर्ण देशलाइ घर भित्रको धुवा मुक्त गराउने अभियान सक्रिय रुपमा अगाडि वढाउने अभियान अनुरुप यो कार्यक्रम संचालनमा आएको छ । हाल सम्म२० लाख भन्द वढि सुधारिएको चुल्लो (फलामे तथा माटोको) निर्माण भइसकेको छ। जिल्ला विकास समिति भक्तपुरले पनि जिल्ला परिषदवाट नितिगत निर्णय गरेर सन् २०१७ भित्र जिल्लालाइ घर भित्रको धुवा मुक्त गराउने अभियान सक्रिय रुपमा अगाडि वढाएको छ । हालसम्म जिल्लामा ४००० भन्दा वढि सुधारिएको चुल्लो (फलामे तथा माटोको) निर्माण भइसकेको छ भने ५०० वटा वायोग्यास निर्माण भइसकेको छ। जनताहरु  वढि भन्दा वढि लाभन्वित हुन् भन्ने  उद्देश्यले जिल्लामा निर्माण हुने वायोग्यासमा सम्वन्धित निकायको समन्वयमा प्रति घन मिटर अनुदान दिने व्यवस्था आउदो आ.ब. २०७३÷७४ शुरु हुने गरि जिल्ला परिषदले निर्णय गरेको छ। आउदो २०७३ साल जेष्ठ भित्र नगरकोट नगरपालिकाको वाड नं. २,४,९ र १२ लाइ घर भित्रको धुवा मुक्त गराउने गर्ने कार्य सम्पन्न गरीने छ भने क्रमै सग अन्य वाडहरुमा कार्यक्रम लगी घर भित्रको धुवा मुक्त नगरपालिका घोषण गर्ने कार्य तीब्रताका साथ अगाडि बढाइने छभन्ने जानकारी ई.प्रकाश ज्ञवालीले दिनु भयो |

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *