बैसाख २१ ,काठमाडौँ , वन संचार
वन मा आधारित उद्यमी तथा व्यवसायीहरुको छाता संगठन नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ को १६ र १७औ साधारण सभा टिम्बर कर्पोरेशन अफ नेपाल को खारेजीको माग सहित आज काठमान्डौमा २७ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ | देशभर का २०० जना प्रतिनिधि / पर्यबक्षक् सहभागी उक्त साधारण सभाको वन तथा भू संरक्षण मन्त्रि अग्नि प्रसाद सापकोटाले दिप प्रज्वलन तथा रुद्राक्ष र चापको बिरुवामा जल सिंचन गरि उदघाटन गर्नु भएको थियो | महासंघ का केन्द्रीय अध्यक्ष कपिल अधिकारीको सभापतित्व मा जारी अधिबेसन मा उदघाटन मन्तब्य व्यक्त गर्दै वन मन्त्रि अग्नि सापकोटाले आफुले कार्यभार सम्हालेपछि गरेको सार्वजनिक प्रतिबद्ता अनुरुप का कामहरु गर्नका लागि अब पूर्वाधार तयार भैसकेको र अब हामी देखिने काम सुरुगर्ने अवस्थामा पुगेका छौ ,हामी अब action मा जादैछौ | वनको बैज्ञानिक व्यबस्थापन गरि काठ उत्पादन गर्ने , भूकम्प पिडितलाई काठ उपलब्ध गराउने काम गर्ने कार्य अब देखिने गरि सुरु हुने बताउदै यसबीच यि कामहरु गर्न देखियका ,भयका नीतिगत अप्ठेराहरु सुल्झायिय्को दोहाराउनु भयो | अतिथि तथा सहभागीलाई स्वागत गर्दै अध्यक्ष कपिल अधिकारीले वन क्षेत्र बढेको भने पनि काठ व्यबसायीले स्वदेशी काठ प्राप्त गर्न नसकेको , मन्त्रालय ३० अर्ब भन्दा बढी लगानी गरेका काठ व्यबसायी को व्यवसाय प्रति उदासिन रहेको , आश्वाशन उपलब्ध गराउने तर काठ उपलब्ध नगराउने चरित्र मन्त्रालयले दोह्राएको , वन व्यवसायीहरु आचार संहिता द्वारा अनुशासित , जिम्मेवार र जवाफदेही हुदै गर्दा वन मन्त्रालयले वन उद्यम व्यवसायीलाई विश्वास नगरेको ,विभेद गरेको र वन व्यवसायीले जम्मा गरेको वन विकास कोषको रकम वन मन्त्रालयले वन को बिकासमा खर्च गर्न नसकेको बिषयहरुमा वन मन्त्रि को ध्यानाकर्षण गराउनु भयो |कार्यक्रम का बिसिस्ट अतिथि नेपाल उद्योग बाणिज्य महासंघ का अध्यक्ष पशुपति मुरारकाले काठको आपूर्ति बढाउनु पर्ने र व्यवसायीले जम्मा गरेको वन बिकाश कोषको रकम प्रति सरकार वन व्यवसायी प्रति जिम्मेवार हुनु पर्ने बताउनु भयो |लागि सभामा मन्तब्य दिदै नेपाल वन प्राबिधिक संघका महासचिब बिष्णु आचार्यले वैज्ञानिक वन व्यबस्थापन र वन उद्यम बिकासका लागि निजिक्षेत्रको सक्रिय सहभागिता का लागि का लागि वन मन्त्रि प्रतिबद्ध हुनु हुन्छ , वन प्राबिधिक हरु स्वयं तयार छन् ,व्यबसायी हरु नि तयार हुनु हुन्छ ,सामुदायिक वन समुहहरु पनि वैज्ञानिक वन व्यबस्थापन गरि काठ उत्पादनका लागि तयार हुनुहुन्छ तर पनि किन काठ उत्पादन हुन् सकेको छैन यसमा सबै गम्भीर हुनु पर्ने बताउदै वन मन्त्रि र साधारण सभालाई यस बिषय प्रति गहनतम विचार गरि काठ उत्पादन गर्ने वाताबरण बनाउन आग्रह गर्नु भयो | वन डढेलोले जनधनको क्षति भएको भन्दै आचार्यले यसका लागि नियन्त्रण र सुरक्षाका कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भयो |
कार्यक्रममा नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले हरेक बर्ष वन प्राबिधिक हरुलाई प्रदान गर्ने वन व्यवस्थापन तथा उद्यम प्रवर्धन पुरस्कार यसबर्ष नवलपरासी जिल्लामा कार्यरत जिल्ला वन अधिकृत विजयराज सुबेदीलाई प्रमुख अतिथि वन मन्त्रि अग्नि सापकोटाले दिनु भयो | पुरस्कार प्राप्तगर्ने विजयराज सुबेदीले वन को बैज्ञानिक व्यबस्थापन गरि वन उद्यम बिकासका का लागि गर्नु भएको कार्यका बारे वन संचार दैमासिक का सम्पादक बिष्णु प्रसाद ज्ञवालीले प्रकास पार्नु भएको थियो | सभामा सामुदायिक वन उपभोक्ता महासंघ , जडिबुटी संघ ,निजिवन सरोकारवाला संघ ,पारिवारिक निजि वन संघ लगाएतको सहभागिता थियो |कार्यक्रममा महासंघको सस्थागत बिकाशमा सहयोग गर्ने जिल्ला संघ तथा उद्यमी हरुलाई कदरपत्र तथा सम्मान महासंघका अध्यक्ष, बरिस्ठ उपाध्यक्ष , सस्थापक अध्यक्ष हरुबाट प्रदान गरिएको थियो | महा संघका महासचिव उदघोषक भुपेन्द्र चौलागाईले प्रमुख अतिथि वन मन्त्रि वाट उदघाटन समारोहमा सिंचित रुद्राक्ष् र चापको बिरुवा वन मन्त्रालयको प्रांगण मा रोप्न पाउने व्यवस्थाका लागि वन मन्त्रि संग माग गर्नु भएको थियो |
साधारण सभाका केहि झलकहरु