बैशाख ३१ ,वन परिसर, काठमाडौँ
नेपाल वन प्राविधिक संघका अध्यक्ष शेखर कुमार यादव सिरहा सप्तरीको कार्यक्रममा व्यस्त भइरहदा नेपाल वन प्राबिधिक संघले आज काठमाडौँमा प्राकृतिक श्रोत मा दलित का सवाल बिसयक छलफल कार्यक्रम महसचिव बिष्णु प्रसाद आचार्य को अध्यक्षता मा सम्पन्न गरेको छ | वन बिज्ञ डाक्टर निर्मल विश्वकर्मा ले प्रस्तुत गर्नु भएको कार्यपत्र मा लेखक, साहित्यकार तथा समिक्षक विश्वभक्त दुलाल ‘आहुती’ ले टिप्पणी गर्नु भएको थियो | कार्यक्रमको अध्यक्षता गरिरहनु भएका महासचिब बिष्णु प्रसाद आचार्यले सहभागीलाई स्वागत गर्दै कार्यक्रम संचालन गर्न संघका सदस्य खेमलाल विश्वकर्मालाई आग्रह गर्नु भएको थियो | नेपाल वन प्राबिधिक संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति खट्किएको उक्त कार्यक्रम मा सहभागीहरुलाई संघका सदस्य शम्भु प्रसाद् चौरसिया ले धन्यवाद दिनु भएको थियो। कार्यपत्र प्रस्तुत कर्ता डाक्टर निर्मल विश्वकर्मा तथा प्रमुख टिप्पणी कर्ता विश्वभक्त दुलाल ‘आहुती’ लाई उपहार तथा मायाको चिनो वन विभागका महानिर्देशक गौरीशंकर तीमला तथा संघका महासचिब बिष्णु प्रसाद आचार्यले प्रदान गर्नु भएको थियो |
कार्यक्रम मा वन बिज्ञ डाक्टर निर्मल विश्वकर्मा ले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सबै जसो समुदायको जीविका प्राकृतिक श्रोतमा आधारित रहेको र नेपालको १४ प्रतिशत जनसंख्या ओगटने दलित समुदाय सदियौ देखि प्राकृतिक श्रोतको पहुँच र प्रयोगका हिसाबले वन्चितमा परेको समुदाय हो भनि उल्लेख गर्दै प्राकृतिक श्रोतका कस्ता कस्ता नीतिले दलित समुदायलाई प्रभाव परेको छ भन्ने तथ्यको विश्लेषण नभएको बताउनु भयो | जमिनले उत्पादन र आर्थिक आधार मात्र तय गर्दैन कि सामाजिक र राजनैतिक आधार पनि निर्माण गर्दछ । नेपाल जमिनमा आधारित सामन्ती समाजिक संरचना भएकोले यो समाजिक अवस्थाको पनि निर्धारक हो । दलित समुदायको सन्दर्भमा भन्ने हो भने यो समुदाय जमिनमा आधारित उत्पीडन जस्तै कृषि मजदुर, सुकुम्वासी, हलिया, हरुवा, चरुवाबाट सदियौं देखि उत्पीडनमा रहेको छ । यस्तै नेपालको सन्दर्भमा जमिनले नै राजनैतिक पहुँच निर्धारण गरेको पाइन्छ । परम्परागत हिसाबका जमिन्दारहरु नै राजनैतिक पदका ठूला हैसियतमा रहेको पाइन्छ जमिनले उत्पादन र आर्थिक आधारमा मात्र तय गर्दैन कि सामाजिक र राजनैतिक आधार पनि निर्माण गर्दछ । नेपाल जमिनमा आधारित सामन्ती समाजिक संरचना भएकोले यो समाजिक अवस्थाको पनि निर्धारक हो । दलित समुदायको सन्दर्भमा भन्ने हो भने यो समुदाय जमिनमा आधारित उत्पीडन जस्तै कृषि मजदुर, सुकुम्वासी, हलिया, हरुवा, चरुवाबाट सदियौं देखि उत्पीडमा रहेको छ । यस्तै नेपालको सन्दर्भमा जमिनले नै राजनैतिक पहुँच निर्धारण गरेको पाइन्छ । परम्परागत हिसाबका जमिन्दारहरु नै राजनैतिक पदका ठूला हैसियतमा रहेको पाइन्छ भन्दै वनस्रोतको पुनर्वितरण गरि जमिनमा दलितलाई पहुच दिई सबैखाले वंचितिकरणबाट दलितलाई मुक्त गरिनु पर्ने कुरामा जोड दिनु भयो |
कार्यपत्र माथि टिप्पणी गर्दै आफ्नो विचार पनि राख्नु भएका लेखक, साहित्यकार तथा समिक्षक विश्वभक्त दुलाल ‘आहुती’ ले कार्यपत्रमा भाषागत र तथ्याक हरु सुधारको खाचो औल्याउनु भयो | नेपालमा कृषक ७० % भनिय पनि देसको कुल ग्राहस्थ उत्पादनमा सो अनुरुप कृषिको योगदान नभई केवल ३५-४०% मात्र भएकोले नेपालको अर्थतन्त्रलाई कृषिमा आधारित भन्न नसकिने तथ्य उठाउनु भयो |संसारमा भएका ९९% लडाई प्राकृतिक स्रोतसाधन माथि कब्जा गर्ने उद्देश्यले नै भएका हुन् भन्दै नेपालका २३% दलित संग जमिन नभएको र ऐतिहासिक कालदेखि सुनियोजित रुपमा दलितहरुलाई जमिनबाट वन्चित गरियको बताउनु भयो | जंगबहादुर ले तयार गरेको मुलुकी ऐन यसको देखिने प्रमाण हो भन्दै दलितको श्रम र सिपमुलक पेशानै समाज परिवर्तन र बिकासको चालक भयपनी यसले तदनुरूप सामाजिक मूल्य र सम्मान प्राप्त गर्न नसकी दलित हरु सामाजिक शोषणको सिकार हुन् पुगे जसको मुलकारण जमिन माथि र प्राकृतिक स्रोत र साधन माथि उनीहरुको पहुच हुन् नसक्नु नै हो भन्दै सरकारले पछिल्लो पटक विकेन्द्रीकरण को नाममा ल्याएको सामुदायिक वन को नीतिबाट दलितहरु प्राकृतिक स्रोत साधन बाट थप वंचितिकरणमा परेको उल्लेख गर्नु भयो |
जमिन माथिको पहुच नहुदा दलितहरुको मनोबल कम्जोर भएको र उनीहरु यसबाट मुक्त हुन् जमिनमाथि पहुच प्राप्त गर्न संघर्षशील रहेको भन्दै खाडीमा तातोघाम संग जीवन साटेर पनि गाउमा पखेरो किन्न उत्प्रेरित हुने दलितले पैसाको मूल्य नबुझेको नभै आफु माथिको ऐतिहासिक वंचितिकरण र उत्पीडनको मुक्ति खोजेको बताउनु भयो | बि स २००३ मा विश्वजित विस्वकर्मा ले गोलझारा प्रथाका बिरुद्ध संघर्स गर्दै श्री ३ मोहन समशेर सम्म पुगेको घटनाले दलित हरुलाई प्राकृतिक स्रोत माथि आफ्नो ऐतिहासिक अधिकार रहेको तथ्य स्थापित गर्दै र तेस्कलागी संघर्स गर्न उत्प्रेरित गरेको बताउनु भयो |दलितको अधिकार र आन्दोलन लाई तर्क ले भन्दा पनि तथ्य र तथ्यांकबाट आफुले पुस्टि गर्दै आएको बताउदै आहुतिले नेपालको समाज भारतीय समाज जस्तो दलित प्रति क्रुर नभएको बताउदै दलित आन्दोलन प्रति गैर दलित हरुको सहयोग र समर्थन उनीहरुकै हितका लागि पनि बढ्दै गएको बताउनु भयो |उक्त कर्यकरम्मा वन बिज्ञ केशव कनेल , कुमुद श्रेष्ठ ,जिल्ला वन अधिकृत बिनोद देवकोटा ,रामचन्द्र लामिछाने आफो विचार राख्नु भएको थियो |पारिवारिक निजि वन संघका अध्यक्ष जोगराज गिरिले वन बिज्ञ डाक्टर निर्मल विश्वकर्मा ले प्रस्तुत गर्नु भएको कार्यपत्र अपुरो ,अपूर्ण अध्यावधिक नभएको भन्नु भएको थियो |