Breaking News

भुईचालो, मृत्यू र जीवन

 

डा.राजन पोखरेल पुर्व महानिर्देशक वन बिभाग
डा.राजन पोखरेल
पुर्व महानिर्देशक वन बिभाग

बैसाख १२, २०७२, नबिर्सने दिन। जीवनमा नबिर्सने दिन पनि हुने रहेछ, मृत्यूसंग जम्काभेट भएको दिन । देहरादुन, भारतमा Forestry पढ्नेहरुको एउटा पेशागत संगठन छ, Association of Forest Research Institute, Dehradun (FRIDDA) । FRIDDA मा आबद्ध हामीहरु शिवपुरी राष्ट्रिय निकुन्जमा पिकनिक मनाई रहेका थियौं।एक्कासी रुखहरु हल्लिन थाल्यो, भुइँ हल्लिन थाल्यो । रुखहरु एक आपसमा ठोक्किन थाले ।बुझियो भुईचालो आएछ । भाग्ने ठाउँ कतै थिएन. वरीपरि रुखहरु।
हाम्रा हातमा भएका ह्विस्की ,वाईन र बियर कम्जोर भै सकेका थिए । कापेको भूमि संगै हाम्रा हातहरु श्रीमती र छोरा छोरीलाई मोबाईलमा सम्पर्क गर्न ब्यस्त भयो।तिस मिनेट सम्म कसैको पनि फोन लागेन । छटपटाहट बढ्न थाल्यो । हुनत हामीले के नै गर्न सक्थ्यौ र। आफ्नु नजिकका आफुले माया गरेकाहरु सकुशल हुन् भन्ने चाहना हुदो रहेछ । करिब ६६ सेकेन्ड सम्म आएको कम्पनले हाम्रो होश उडी सकेको थियो । मैले छेउमा रहेका कर्ण शाक्य , पर्यटन ब्यबसायी बन प्राबिधिक , सम्भबत हामी सबै भन्दा सम्पन्नलाई निरिह पाए । चंगाको धागो काटिएको जस्तो भै सकेका थिए, उनि । म वन बिभागको महानिर्देशक भुईमा घोप्टो परेर जीवन मागिरहेको थिए। रुखले किच्ला भन्ने होश पनि भएन । ढुंगा लडेको आवाज कानमा आए जस्तो पनि लागि राखेको थियो । आखिरमा श्री कृष्ण रहेछ एक भनेर मृत्युशैयाका लक्ष्मीप्रसाद देवकोटा जस्तै विवश, लाचार भएर भगवान सम्झनु बाहेक अरु केहि बाँकि रहेन ।
जीवन कति प्यारो हुने रहेछ।ईश्वरसँग नडराउने, मन्दिर बिरलै जाने, आकल झुक्कल साहित्य र धर्म ग्रन्थ पढ्ने म बिज्ञानको बिद्यार्थी ।हरेक कुराको बैज्ञानिक परिक्षण खोज्ने म । मेरो हालत कसरि बर्णन गरु,रोएर पनि कुनै उपाय थिएन त्यहाँ।रबिन्द्रनाथ टैगोरको कविताको अंश सम्झिन थाले । मैले अहिले सम्मको जीवनमा असाध्यै मन पराएको उनको कृति गीतान्जलीका केहि हरफहरु, जुन मलाई कण्ठस्थ रहेछ र छ पनि।दु:ख परे पछि इश्वर सम्झने म जस्ता हामीहरु।“All that I am, that I have, that I hope and all my love have ever flowed towards thee in depth of secrecy. One final glance from thine eyes and my life will be ever thine own”.। घरबाट छोरीको फोन आयो,श्रीमतीको फोन आयो, सबै सकुशल रहेछन।पिकनिक बिर्सेर सबै घर तिर लाग्यौ।आफन्तलाई जति सक्दो चाडो भेट्न। धन्य प्रभु! हामी सबै बाच्यौ, परिवार समेत सकुशल।
म महानिर्देशक हुदा लाग्थ्यो मेरा धेरै साथीहरु छन् र म खुशी पनि थिएँ, उनिहरुको साथमा । लाग्थ्यो मेरा मान्छे हुन् सबै, मलाई साथ दिन सक्छन्। तर म सेवाबाट निबृत हुने दिन नजिकदै गए पछि अधिकांश साथीहरु हराए।महानिर्देशकको हैसियतले फाईल मन्त्रालयमा पठाउदा प्राय असफल भए, साथीभाईको सहयोग रहेन । बिदेशी काठ आयातलाई बिस्थापित गर्नु पर्छ भन्ने मान्यतामा सधै रहे । चुरेको काठ संकलन गरेर भए पनि बिदेशी काठ विस्थापन र भुकम्प पिडितलाई काठ दिनु पर्छ भन्नेमा दृढ रहे । यस मामिलामा बदनाम पनि भए, गराइयो पनि । चुरेमा गिद्दे दृस्टीकोण लगाएको भनेर ।
वन ऎन र मंत्रीपरिषदको निर्णय बिपरित मन्त्रालयबाट अत्त्यन्त जटिल प्रक्रियाबाट काठ संकलन र बिक्री प्रक्रियाको निर्णय निकाशा प्रति मेरो सहमति रहेन । त्यो निर्णयबाट काठ संकलन हुने पनि थिएन, बिक्रि हुने त कुरा नै भएन ।यसमा मेरो ठुलो बिमति रह्यो नेतृत्व संग, पानी बाराबार सम्म भयो । मैले पनि नेतृत्वलाई नंग्यौना बाकी राखिन। म यसमा लागि परे ।नेतृत्व बाध्य भयो केहि हद सम्म संशोधन गर्न । सायद नेतृत्व संग जीवन भरि कटुता भइनै रहला। वनऎन र मंत्रीपरिषदको निर्णय पालन नगरिएको मन्त्रालयको निर्णय महानिर्देशकले लागु गर्नु पर्छ भन्ने छैन। चेन अफ कमाण्ड खोज्नेले आफु पनि कमाण्डमा बस्नु पर्छ । मैले टेर्पुछार लाईन ।सायद म Arrogant Bureaucrats भए होला तर म सहि थिए जस्तो लाग्छ ।
वन बिभागको प्रमुख दायित्व मध्ये आपूर्ति ब्यबस्था सहज र सजिलो बनाउनु पनि हो। बिदेशी काठ विस्थापन र आपूर्ति व्यवस्था सहज पार्न वन बिभागले ढलापडा संकलन र वनको दिगो ब्यबस्थापन गर्न लागि रहनु पर्छ। काठ दाउराको संकलन र बिक्रि प्रक्रिया सरल न बनाईकन बिदेशी काठको विस्थापन हुदैन।ढलापडा संकलन र वनको दिगो ब्यबस्थापन गर्न छाड्नु हुदैन।
जैविकबिबिधताको दृस्टीकोणबाट केहि ढलापडा र सुकेको रुखहरु छाड्ने ,4D(Dead,Dying,Diseased,Deformed) रुखहरु हटाउने जस्ता वन ब्यबस्थापनको प्रारम्भिक र पूर्णशर्तका बिषय लगायत उपयुक्त Silviculture System को प्रयोग गरि वनको दीगो ब्यबस्थापन गर्न ढिलाई भई सकेको छ।यो हाम्रो पेशा हो । वन ब्यबस्थापन हाम्रो चिनारी पनि हो । हामी सधै अरुबाट प्रयोग भयौ, हामी हाम्रो आफ्नो स्वार्थकोलागि पनि धेरै हद सम्म। हामी हाम्रो पेशागत मर्यादा छोडेर प्रयोग हुनु हुदैन।वन प्राबिधिकको व्यवहार वन प्राबिधिकको जस्तै हुनु पर्छ ।तर हाम्रा मान्यताहरु फरक भएका छन् । हामी विभाजित भएका छौ । तर पनि वन ब्यबस्थापनको समुचित वातावरण हामी आफैले मिलाउनु पर्छ । अरु उपाय देखिन्दैन ।भ्रस्टाचार हुन्छ,अनियमित हुन्छ भनेर अरण्यरोदन गर्नुको कुनै तुक छैन । त्यस्तालाई ठेगान लगाउने निकाय छदैछ।ठेगान लागि रहेका पनि छन्।अरुलाई लान्छना लगाएर आफु चोखो हुने होइन ।आफ्नो आफ्नो क्षेत्रको जिम्मेवारी आफुले पुरा गरे भैगो नि।
जागिरमा कोहि साथीभाई नजिक भए कोहि टाढा।सबैको चित्त बुझाउन सकिएन।जागिरको निवृत्ति पछि केहि साथीभाई झनै टाढा भए । जो नजिक आए, उनीहरूनै मेरा लागि महत्वपूर्ण बने । जो पर गए, उनीहरू पनि मेरो लागि महत्वपूर्ण रहे। राजनीतिज्ञले हामीहरुलाई बढी प्रयोग गरे।
विद्वानहरु भन्छन –“सिधा आँखामा हेरेर ढाट्न सक्ने क्षमता कमैमा हुन्छ तर राजनीतिज्ञमा बढी हुन्छ ।राजनीतिमा कपट नै कामसूत्र हो। प्रेम र घृणाको सबैभन्दा थोत्रो थिएटर हो राजनीति”।हामीहरु प्रयोग हुनुहुदैन।कठिनाई पक्कै हुन्छ।सेवाबाट निबृत भएको केहि महिना पछि जीबन अत्यास लाग्यो । जीवन कठिन जस्तो महशुश पनि भयो। दिनहरु पट्यार लाग्दा पनि भए । बुढ्यौलीकालागि संगालेको निबृतभरण अधिकार-पत्र ( पेन्सन पट्टा) झ्यालबाट मिल्काई दिउ जस्तो पनि लाग्यो ।तर जीवन त्यति मात्र होइन रहेछ।गृहस्थी,बिगतका पेशा र जिजीबिषामा अटुट सम्बन्ध देख्न थालेकोछु, हिजो आज । यिनीहरु बीच असन्तुलन पैदा गर्दा जीवन बिरानो हुने रहेछ ।जीवनलाई एकांकी ढंगले सोच्नुको कुनै अर्थ रहेनछ । बिगत सम्झेर दुःखी हुने कुनै कारण छैन । अगाडी बढे, बढ़दै पनि छु।जागिर भन्दा धेरै अगाडी छु। मन उज्यालो तिर डोरिदै छ।मनै त हो।अचेल त्यहि समय बिताउँछु, जुन मेरालागि अर्थपूर्ण छ।अरुकोलागि अर्थपूर्ण बनाउने कोशिशमा पनि छु।(An excerpt from 32 years of Rajan Pokharel…………unedited)डा. राजन पोखरेल  को फेसबुक वाल बाट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *