Breaking News

दलीय कर्मचारी ट्रेड युनियनको निर्वाचन: सुशाशनको प्रत्याभूति कि राजनैतिक दलको अवशान

बिष्णु प्रसाद ज्ञवाली , पाल्पा ,तानसेन  bishnugyawali@gmail.com
बिष्णु प्रसाद ज्ञवाली ,
पाल्पा ,तानसेन
bishnugyawali@gmail.com

जेष्ठ १९ गते ,भोलि बुधवार  निजामती कर्मचारी हरुको अधिकारिक निजामती कर्मचारी हरुको निर्वाचन हुदै छ | यस निर्वाचनमा  निजामती कर्मचारीहरुले निजामती कर्मचारी युनियनको  नेतृत्व को छनौट नगरी आस्था (विचार ,दल , समुह )को छनौट गर्दै छन् | नेपालका राजनैतिक दल र तिनको नेतृत्वले निजामती सेवाभित्र  संगठनिक योग्यता , व्यबस्थापकीय क्षमता र नेतृत्व भएको निजामती कर्मचारी बाट असल ट्रेड युनियनको अभ्यास गरि प्रजातान्त्रिक सस्कार लाई सस्थागत गर्नु को  सट्टा निजामती सेवालाई आफ्नो स्वार्थ पूर्तिको साधन बनाउने उदेस्यले निजामती सेवामा  बैधानिक रुपमा नै  विभाजन ल्याई निजामती कर्मचारी लाई ट्रेड युनियन को निर्वाचन बाट आस्था छनौट गर्ने  अधिकार सुम्पियका छन्  | सबै आस्थाका समुहको बैध प्रतिनिधित्व र सहभागिता सुनिस्चित गराउन थ्रेसहोल्ड घटाएर  १० % मा झारेको छ | यसले निजामती कर्मचारीको बैयेक्तिक सामुहिक सौदाबाजीको क्षमतालाई कम्जोर बनाएको छ भने आस्थागत सामुहिक सौदाबाजिलाई बलियो संग सस्थागत  गराएको छ | nijamati 1234

निजामती सेवामा कर्मचारीको  चरित्र ,मनोविज्ञान र सस्क्रिति नै वृत्ति विकास र सुबिधा सम्पन्न जीवन यापनका लागि हरदम क्रियासिल हुनु र तेस्का लागी हरकिसिमका सम्झौता गर्न हरदम तयार रहनु हुन्छ, बृती विकास र सुबिधासम्पनता को खोजि र प्राप्ति नै कर्मचारी उत्प्रेरणा को मुख्य आधार हो  भन्ने तथ्य बुझाई रहनु नपर्ला | बदुवाका लागि  राजनैतिक आन्दोलनमा सहभागी हुनु , बढुवाकै लागि निरन्तर सरकार मैत्री  राजनैतिक आस्थामा  परिवर्तन हुनु , सुबिधासम्पन्न र पाएक पर्ने ठाउमा सरुवाका लागि सरकार मैत्री  राजनैतिक आस्थामा परिवर्तन हुनु  र पदीय भन्दा राजनैतिक आस्थाका प्रति बढी जिम्मेवार र जवाफदेही बन्नु कर्मचारी तन्त्रको देखिने अनुभूति गर्न सकिने मनोविज्ञान हो | सिद्धान्तत कर्मचारीतन्त्र मा अनौपचारिक सम्बन्धहरूले निर्णयप्रक्रिया प्रभावित हुन्छन भनी रहदा नेपालमा कर्मचारीतन्त्र भित्र विधिवत रुपमा फरक आस्था र विचार समुहलाई बैधता दिईयको छ  |यसले निजामती सेवाको पुजी निस्पस्क्षता माथि त् सिधै प्रहार गरेकै छ | नेपालका राजनैतिक दलहरुले कर्मचारी तन्त्रको यो मनोविज्ञान लाई अल्पकालीन  दृष्टिकोणले मात्र हेरे ,  दिर्घकालिन दृष्टिकोणले बुझ्न सकेनन , निजामती कर्मचारी लाई सधै आफ्नो स्वार्थका लागि प्रयोग गर्न सकिन्छ भन्ने अल्पकालीन मनोविज्ञान बाट  निजामती सेवामा ट्रेड युनियन मार्फत  दलीय करण करे |यो निर्वाचन मार्फत देस्ब्यपिरुप्मा नेपालको कर्मचारीतन्त्र को समानान्तर संगठन को रुपमा राजनैतिक आस्थाका ट्रेड युनियन हरुको बैध संगठन निर्माण हुदै छ जसरि सरकार संचालन गर्ने राजनैतिक दल हरुको देस ब्यापी संगठन रहेको हुन्छ | र आगामी दिनमा नेपालको निजामती सेवा संचालन गर्ने कर्मचारी तन्त्रलाई कसरि लैजाने भन्ने सन्दर्भमा राजनैतिक दल  र राजनैतिक आस्थाका ट्रेड युनियन बीच संघर्ष

nijamati 11चल्ने नै छ | कर्मचारीतन्त्र भित्रको पहुच ,प्रभाव र सामुहिक  nijamati 12स्वार्थका कारण राजनैतिक आस्थाका ट्रेड युनियन हरु बीच सहज बलियो गठबन्धन बैधानिक रुपमै निर्माण हुन सक्छ भने संसदीय साशन प्रणालीका कारण राजनैतिक दलहरु सरकार र प्रतिपक्षको रुपमा विभाजित हुन् पुग्दछन जसको परिणाम स्वरूप कर्मचारीतन्त्र लाइ संचालन गर्ने सवालमा राजनैतिक दलहरु दिर्घकालिन रुपमा दलीय ट्रेड युनियन भन्दा कम्जोर हुन् पुग्छन र कर्मचारीतन्त्र मा दलीय  ट्रेड युनियन  प्रभावकारी हुन्छन | फलत राज्यको नीति निर्माण र कायार्वान्यन मा सहयोग पुराउन स्थापित कर्मचारीतन्त्र राजनैतिक दल को इच्छा र निर्देशन भन्दा दलीय ट्रेड युनियन को  रुची अनुरुप संचालन हुन् पुग्दछ |  देसको साशन व्यबस्था सारभूत रुपमा जनप्रतिनिधि बाट निर्वाचित राजनैतिक दल का प्रतिनिधि को रुची अनुरुप हुनु पर्नेमा राष्ट्र सेवक निजामती कर्मचारी बाट निर्वाचित ट्रेड युनियन को रुची अनुसार संचालन हुन् पुग्छ | देसको प्रजातान्त्रिक साशन व्यवस्था अब नोकरशाही प्रजातान्त्रिक साशन व्यबस्थामा रुपान्तरण  हुदै छ | हिजोको  दिनमा पनि राजनैतिक दल र तिनका नेतृत्वको  अल्पकालिन सोच , व्यबस्थापन क्षमताको अभाव  र तत्कालिन स्वार्थका कारण राजनैतिक दल को भूमिका कम्जोर भएकै हो |बिगतमा राजनैतिक द्वन्दका कारण राजनैतिक दल हरुको भूमिका कम्जोर बन्यो र पुन राजनैतिक आन्दोलन बाट दल हरुले आफ्नो त्यो गुमेको भूमिका प्राप्त गर्न सफल भए,यस पटक ब्यपस्थापकीय सैली र क्षमता का कारण राजनैतिक दलले आफ्नो भूमिका गुमाउदै छन् |आफ्नो गुम्न लागेको भूमिका लाई पुनर्स्थापित गर्न आजका मिति सम्म आफ्नो पकडमा रहेका र जारी निर्वाचनमा आफु निकटस्थ ट्रेड युनियनलाई जिताउन आफ्ना सम्पूर्ण सक्ति र संगठन सहित लागि परेका राजनैतिक दलले  के कस्तो भूमिका निर्वाह  गर्छन त्यो  हेर्ने बाकी नै छ | स्वतन्त्र ट्रेड युनियन , बहुदलीय संसदीय साशन व्यबस्था बलियो राज्य र बलियो प्रजातन्त्रको आधार हो |दलीय ट्रेड युनियन बाट राजनैतिक दलले सुशाशन को प्रत्याभूत गराउछन अथवा आफै तेस्को सिकार हुन्छन त्यो भने हेर्न केहि समय कुर्नु नै पर्छ |

nijamati 12345 nijamati 1234567

Related posts