
पाल्पा ,तानसेन
bishnugyawali@gmail.com
२० जेस्ठ ,काठमाडौँ,
अन्तत निजामती कर्मचारी युनियन को आधिकारिक निर्वाचन नेपाल सरकारले विधिवत रुपमा सरकारी बिदा घोषणा गरेरै सम्पन गराएको छ | नेपालका निजामती कर्मचारी हरुले ट्रेड युनियनको नाममा आफ्ना प्रतिनिधि छनौट नगरी आफ्नो बैचारिक आस्था बोकेको संघ/युनियन /संगठन/महासंघ लाई छनौट गरेका छन् |
आज सम्पन्न भएको CBA निर्वाचन मा हाल सम्म १०९ स्थानको नतीजा प्राप्त भएको छ । जसमा ७८ स्थान संगठन,२४ स्थानमा यूनियन,मदेशी मन्च ४ स्थान र २ स्थानमा नेराकस र १ स्थानमा बराबर भएको छ । मत परिणाम नेपाल निजामति कर्मचारी संगठनले १९९७९, युनियनको १५०१०,नेराकस ३१३७,मदेशी मन्च १६३०,मिलन केन्द्र ७४० र राकस १० प्राप्त भएको छ ।सबै Trade union कर्मीलॉई बधॉई र शुभकॉमनॉ ।।। नेपाल निजामती कर्मचारी संगठन १ नंबर पोजिसन सहित अध्यक्ष र कोषॉध्यक्ष पद निस्चित भयो सबैमॉ हॉर्दिक धन्यवॉद ।भन्दै नेपाल निजामती कर्मचारी संगठन,केन्द्रिय समितिका का केद्रीय कोषध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ ले नेपाल निजामती कर्मचारी संगठनको फेसबुक वालमा लेख्नु भएको छ |जेस्ठ १८ गते गृहमन्त्रालय बाट निर्वाचन का लागि सरकारी बिदा घोषणा भएको थियो भने जेष्ठ १९ गते सम्पन भएको निर्वाचनमा आधिकारिक रुपमा घोषणा हुन बाकी भए पनि नेपाल निजामती कर्मचारी संगठनले ऐतिहासिक बिजयी हासिल गरेको भन्दै आज २० गते संगठन केन्द बाट सुरुहुने बिशाल बिजयी रयाली मा ११:३० बजे सहभागी हुन आब्हान गरेको छ |
तेस्तै नेपाल निजामती कर्मचारी संगठन चितवन का अध्यक्ष र सचिबले हस्तक्षर गरि चितवनमा बिहान १० बजे हुने बिजयी र्यालीमा सहभागीहुन संगठन आबद्ध निजामती कर्मचारीलाई अनुरोध गरेको छ |हरेक १०,१२ बर्षको अन्तरालमा नेपालमा कुनैनकुनै किसिमले राजनैतिक व्यवस्थामा परिवर्तन गरेको गराएको छ |यो निर्वाचन परिणाम पश्चात विधिवत रुपमा नेपालमा नोकरशाहीतन्त्र को उदय भएको छ |दलीय निर्वाचन पद्धति बाट आधिकारिक निजामती कर्मचारी युनियनले प्राप्त गरेको आर्थिक र राजनैतिक अधिकारले अब राजनैतिक दलीय सरकारले कर्मचारीतन्त्रमा आफ्नो पकड ,प्रभाव र नियन्त्रण गुमाउने छन् र तेस्को सुरुवात आजै हुने बिजयी रयाली बाट सुरु भएको छ |दलीय सरकारले निजामती कर्मचारीको आचरण र व्यबहार लाई नियन्त्रण र निर्देशित गर्न ल्याएको निजामती सेवा ऐन का दफा उल्लिखित पानाहरु क्रमिकरुपमा च्यातिदै जाने छन् | हरेक जिल्ला प्रशाशन कार्यालय को सामुन्नेमा र सिंह दरबार भित्र आधिकारिक निजामती कर्मचारी युनियन को एउटा भव्य भवन स्थापित हुने छ जहाँ नेपाल सरकारले ल्याउने हरेक नीति र कार्यक्रम को निजामती कर्मचारीले समिक्षा गर्नेछन र निजामती कर्मचारीको हित प्रतिकूलका नीति र कार्यक्रम हरु निजामती कर्मचारीको आस्थाका आधारमा सार्वभौम राज्यबाट स्वीकृत बैध संगठन बाट अस्वीकृत गरिनेछ र नेपालमा विधिवत रुपमा नोकरशाहीतन्त्रको सुरुवात हुनेछ | परिवर्तन नरुचाउने र स्थिरता दिने कर्मचारीतन्त्र को चरित्रलाई नोकरशाहीतन्त्रले स्थापित गर्नेछ |बिगतमा कर्मचारीतन्त्र बाट प्रस्तावित नीति र कार्यक्रम को समिक्षा राजनैतिक प्रणाली बाट हुन्थियो भने अबका दिनमा राजनैतिक दलका प्रस्तावित नीति र कार्यक्रम हरु कर्मचारीतन्त्रको ट्रेड युनियन को सहमतिबाट जारी हुनु पर्ने छ | राजनैतिक अस्थिरताले निरस भएका नेपाली जनताले केहि समय यो नोकरशाही तन्त्र लाई स्विकार गरने छन् र राजनैतिक दलले क्रमिक रुपमा आफ्नो राजनैतिक पकड गुमेको महसुस गर्दै दलीय राजनीतिको अवसान भएको आत्मबोध गर्दै फेरी एकपटक नोकरशाही तन्त्रका बिरुद्ध आन्दोलन गर्नु पर्ने छ | |