Breaking News

भोटेकोशी को बाढी सम्बन्धी हालसम्मको अवस्था :ताजा अवस्था

२६ असार २०७३

1

2

3

4

5

6

7

8

10

11भोटेकोशी को बाढी सम्बन्धी हालसम्मको अवस्था :ताजा अवस्था का बारे सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्ण मणि दुवाडी ले २०७३ असार २५ गते राती ११ बजे आफ्नो को फेसबुक वालमा पोस्ट गर्नु भएको जानकारी जस्ताको तस्तै |
तातोपानी गाबिसको तातोपानी बजार र लिपिङ बजार क्षेत्रका ४० घर बाढिको कटानका कारण पूर्ण क्षेती भयो ।
Ncell को येउटा टावर र २ वटा जेनेरेटर बगायो ।
मार्मिङ र लिस्ती जोड्ने झोलुङे पूल बगायो ।
मध्य भोटेकोशी को बेलिबृज बगायो ।
माथिल्लो भोटेकोशी हाइड्रो को ड्याममा क्षेती
सुनकोशी हाइड्रोको ड्याम्साइड मा क्षेती।
बारबिसे क्षेत्रमा १ घर बगायो भने ७०० कुखुरा सहितको कुखुरा फार्म, प्लाइ कारखाना, ब्लक कारखाना र जालिबुन्ने कारखाना डुबानमा पर्यो ।
तातोपानी मा भन्सार यार्डको २ वटा ट्रीपर र बारबिसेको वर्कशप्म राखेको १ भ्यान र येक जीप बगायो ।
बारबिसे देखि तातोपानी सम्मको ३१ वटा बिजुलीको पोल र १ ट्रन्स्फरमर बगायो ।
बारबिसे, जम्म्बो,बोडरलाइन, चाकु लगायेतका क्षेत्रमा बाढिले कटान गरेका कारण राजमार्ग अबरुद्द ।
बारबिसेको पूलको Left bank कटान भयेको तर सडक डिभिजन कार्यालयले कटान रोक्न पहल गरेको ।
जुरेको सडक खन्ड पनि कटान भयेको तर डाइभर्सन बनाइ सडक सुचारु ।
बाढिका कारण जोखिममा परेका मध्ये ५८ जनालाइ १० किलो भन्ने ठाउबाट हेलिकोप्टर द्वारा बारबिसेसम्म पुर्याइयो र ४४ जनलाइ बस बाट काठमन्डौ र बाकी १३ जनालाइ स्थनिय बस बाट बारबिसे, बलेफी क्षेत्रमा पठाइयो ।
टाटोपानी क्षेत्रमा बाकी रहेका बाढी पिडितलाइ नेपाल रेडक्रसको सहयोगमा ३०० किलो चामल डाल तेल र नून बितरण ।
सबै सुरक्षा निकायको परिचालन गरि सुरक्षा उद्दार र राहतका कर्य सन्चालन जारी ।
पिडितको साथमा प्रशासन रहेको र सबै ब्यक्ती सन्स्था र निकायको सहयोगको लागि धन्यबाद सहित अझै थप सहयोगको लागि आह्वान गर्दछौ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *