२०७३ असार २७
काठमाडौँ
वन विभागले ले आर्थिक बर्ष २०७२/७३ को एकलाख राशिको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार सामुदायिक वन मा उत्कृस्ट कार्य गर्ने श्री अमलावास लेक सल्लेरी सा.व.उ.स., छहरा. ५, पाल्पा लाई तथा पचहत्तर हजार राशिको निजी वन राष्ट्रिय पुरस्कार पुरस्कार उत्कृस्ट निजी वन धनी श्री ओम प्रकाश राई, कल्पना राई, किशोर राई ताप्लेजुङ न.पा. –९ लाई प्रदान गरेको छ |
उक्त पुरस्कार वितरण गर्न आज आयोजित पुरस्कार वितरण समारोहका प्रमुख अतिथि माननीय वन माननीय वन तथा भू–संरक्षण मन्त्री श्री अग्नि प्रसाद सापकोटाले पुरस्कार को रकम र प्रमाणपत्र पुरस्कृत समुह र निजिवन धनि लाई प्रदान गर्नु भयो | वन विभागका महानिर्देशक श्री गौरी शंकर तिमिलाको सभापतित्व मा सम्पन्न उक्त समारोहमा गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारमा द्धित्तीय पुरस्कार रु. ७५,०००।– प्राप्त गर्ने श्री जनहित महाकाली सा.व.उ.स.,कृष्णपुर २, वाणी, कन्चनपुर तथा तृतीय पुरस्कार रु. ५०,०००।– दामासाहीमा प्राप्त गर्ने दुई सा.व.उ.स.हरु श्री . .जामुनवारी स.व.उ.स., कन्काई न.पा.१ र २, झापा र श्री सुन्दर सा.व.उ.स.,हेटौंडा १ र २, चौकीटोल, मकवानपुर लाई तथा निजी वन राष्ट्रिय पुरस्कार मा द्धित्तीय पुरस्कार रु. ५०,०००।– प्राप्त गर्ने निजी वन धनी श्री मंगल प्रसाल गुप्ता, कृष्ण नगर—६, कपिलवस्तु , तृतीय पुरस्कार रु. ३०,०००।– प्राप्त गर्ने निजी वन धनी श्री माननीय सभासद डा.चन्द्रमोहन यादव, सपही ९, धनुषा र सान्तवना पुरस्कार जनही रु. ७,५००।– प्राप्त गर्ने दुई निजी वन धनी.हरु निजी वन धनी श्री मुन्ना देवी महतो, नरसिंह ४, सुनसरी र निजी वन धनी श्री गणेशजी प्रसाद कलवार, वेल्वा ६, पर्सा लाई प्रमुख अतिथि माननीय वन माननीय वन तथा भू–संरक्षण मन्त्री श्री अग्नि प्रसाद सापकोटाले पुरस्कार को रकम र प्रमाणपत्र पुरस्कृत समुह र निजिवन धनि लाई प्रदान गर्नु भयो भने पुरस्कृत समुह लाई विशेष अतिथि वन तथा भू–संरक्षण मन्त्रालय का निमित्त सचिव श्री रेशम बहादुर डागी ले खादा ओढाई दिनुभयो | सो अबसरमा वन विभागका महानिर्देशक श्री गौरी शंकर तिमिलाले पुरस्कृत समुह तथा व्यक्तित्व लाई पुस्पगुच्छा (वुकी ) दिनु भएको थियो भने , सामुदायिक वन उपभोक्ता महासंघ का महासचिब भारती पाठक र निजीवन सरोकारवाला महासंघ का उपाध्यक्ष पदम न्यौपाने ले पुरस्कृत समुह तथा व्यक्तित्व लाई टिका लगाई दिनु भएको थियो |
गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार छनौट तथा मूल्यांकन समिति का वन विज्ञ श्री कन्हैया राज श्रेष्ठले मूल्यांकनका आधार र पुरस्कृत समूहको नाम घोषणा गर्नु भएको थियो भने निजी वन राष्ट्रिय पुरस्कार पाउने को घोषणा मुल्यांकन समितिका सदस्य सचिव, वन विभागका उप महानिर्देशक हेम अर्याल ले गर्नु भएको थियो | वन क्षेत्रको जग्गा अन्य प्रयोजन का लागि उपलब्ध गराउदा वन क्षेत्र र उत्पादन नघटोस भन्ने मनसायका साथ गरिने क्षतिपुर्ति वृक्षरोपन् को कार्य प्रसंसनिय रुपमा सम्पन्न गरेकाले वन विभागले जिल्ला वन कार्यालय मकवानपुरका जि.ब.अ. राजेन्द्र न्यौपाने, स.ब.अ. सुशील यादव र वन रक्षक दिपक थापालाई प्रशंसा पत्र प्रदान गरेकोमा उक्त प्रसंशा पत्र सोहि समारोहमा प्रमुख अतिथि माननीय वन माननीय वन तथा भू–संरक्षण मन्त्री श्री अग्नि प्रसाद सापकोटाले प्रसंशा पत्र प्राप्त गर्ने जि.ब.अ. राजेन्द्र न्यौपाने, स.ब.अ. सुशील यादव र वन रक्षक दिपक थापालाई प्रदान गर्नु भएको थियो | वन दशक अभियानले हरित सहर निर्माण गर्ने अभियान लाई प्रोत्साहित गरेको र यस अभियानमा उल्लेख्य सहयोग पुराउन स्वच्छ जनकपुर ,हरित जनकपुर र पानी बचाऔ (Green Janakpur ,Clean Janakpur, & Save water ) अभियानका अभियन्ताहरु अध्यक्ष रामाशीष यादब सेभ द हिस्टोरिकल जनकपुर (Save The Historical , Janakpur), .स.ब.अ. सुरेश प्रसाद शर्मा , जि.ब.का. धनुषा र जमदार श्री बैजनाथ सिंह,. जि.ब.का. धनुषा लाई प्रमुख अतिथिले प्रशंसापत्र दिनु भएको थियो र बिशेष अतिथि रेसम ब डाँगीले खादा ओढाई दिनु भएको थियो | वन बिभाग का सहायक वन अधिकृत बिष्णु प्रसाद ज्ञवालीले संचालन गर्नु भएको उक्त कार्यक्रम मा वन विभाग का सामुदायिक वन विकास अधिकृत श्री प्रकाश लम्सालले अतिथि तथा पुरस्कृत सहभागीलाई स्वागत गर्नु भएको थियो भने प्रमुख अतिथि ले धुपीको वोटमा जल सिंचन गरेर उदघाटन गर्नु भएको थियो |काठमाडौँ जि.वि.स.को सभाहल, ववरमहलमा संचालित उक्त कार्यक्रममा निजी वन राष्ट्रिय पुरस्कार प्राप्त गर्ने निजी वन धनी श्री ओम प्रकाश राई .गणेशमानसिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गर्ने श्री अमलावास लेक सल्लेरी सा.व.उ.स., छहरा. ५, पाल्पा का अध्यक्ष माधब प्रसाद घिमिरे ,नेपाल वन प्राविधिक संघका अध्यक्ष श्री शेखर कुमार यादब ,नेपाल वन प्राबिधिक संघका अध्यक्ष श्री शेखर कुमार यादव निजी वन सरोकारवाला महासंघका उपध्यक्ष पदम न्यौपाने सा.व.उ.महासंघका महासचिब श्री भारती पाठक ले मन्तब्य राख्नु भएको थियो |.वन मन्त्रालय का निमित सचिब श्री रेशमबहादुर डाँगीले पुरस्कार मुल्यांकन का आधार हरु वन स्रोत व्यबस्थापनका दिर्घकालिन प्रभावहरु तथा विद्यमान नीति नियममा आधरित रहेर तयार गरिएको र आवस्यकता अनुरुप परिवर्तन हुदै जाने बताउनु भयो | समरोहमा व्यबस्थापिका संसद का माननीय सभासद तथा निजिवन रास्ट्रिय पुरस्कार तृतीय स्थान प्राप्त पुरस्कृत व्यक्तित्व डा.चन्द्रमोहन यादव ले निजि वन लगाएर आफुले आफ्नो जग्गाको सहि सदुपयोग संगै तनाब बाट मुक्त हुने अबसर समेत प्राप्त गरेको बताउनु भयो .प्रमुख अतिथि माननीय मन्त्रि अग्नि प्रसाद सापकोटा ले पुरस्कृत समुह तथा व्यक्तित्वहरुलाई बधाई दिदै आफुले बोलेर भन्दा पनि काम गरेर वन समुह र निजिवन लाई सहयोग गर्न चाहेको बताउदै अब छिट्टै संसदमा बिचारिधीन बिधेयकहरु पारित गरायिने बताउदै सरकारी अनुगमन संयन्त्रको कमजोरी को कारण निजि वनमा रहेका साल लगाएतका रुख कटान तथा ओसार पसारमा प्रतिबन्ध लगाईएको पयियेकोले अनुगमन संयन्त्र बलियो बनाई निजि वनमा रहेका साल लगाएतका रुख कटान तथा ओसार पसारमा लगाईएको प्रतिबन्ध छिट्टै हटाउन गृहकार्य भएको बताउनु भयो .समारोहका सभापति वन विभागका महानिर्देशक गौरीशंकर तीमलाले पुरस्कृत समुह तथा व्यक्तित्वहरुलाई बधाई दिदै अतिथि लगाएत सहभागी सबैलाई धन्यबाद दिनु भएको थियो |