Breaking News

वरण्डाभार संरक्षित वन : एक विवेचना

उप सचिब  वन तथा भू संरक्षण मन्त्रालय
उप सचिब
वन तथा भू संरक्षण मन्त्रालय

चितवन जिल्लाको मध्य तथा पश्चिम भागमा अवस्थीत वरण्डाभार संरक्षीत वन क्षेत्र नेपालको एक मात्र दक्षिण तर्फको चुरे श्रृंखला र उत्तर तर्फको महाभारत श्रृंखला जोडने जैविक कोरिडोर हो । वरण्डाभार क्षेत्रले चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर भारतको बाल्मीकी टाइगर रिजर्भ सम्मको फैलावटलाई कायम राखेको हुदाँ यो जैविक मार्गले अन्तराष्ट्रिय स्तरको महत्व राखेको छ । वरण्डाभार संरक्षीत वन उत्तर दक्षिण भएर फैलिएको हुदाँ महेन्द्र राजमार्गले ठिक विच भागवाट चिरेर गएको छ । राजमार्ग भन्दा उत्तर तर्फको वन क्षेत्र जिल्ला वन कार्यालयको कार्यक्षेत्रमा पर्दछ भने दक्षिण तर्फको भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्दछ । राजमार्ग भन्दा उत्तर तर्फको वरण्डाभार वनको जैविक विविधता र जैविक मार्गका लागि अति विशिष्ट महत्वलाई मनन गरि वन ऐन २०४९ को दफा २३, २४ तथा वन नियमावली २०५१ को नियम २४ एवम् २५ भित्र रहेर संरक्षित वनको कार्ययोजना बनाई व्यवस्थापन गर्न सक्ने कानुनी प्रावधान अनुरुप २०६८ फाल्गुन १५ गते नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बरण्डाभार संरक्षित वन घोषण गरेको हो । यस क्षेत्रको जैविक विविधता संरक्षणमा वैज्ञानिक वन व्यवस्थापन पद्धती लागु गर्नको लागि अनुसार को लागि बरण्डाभार संरक्षित वन व्यवस्थापन कार्ययोजना २०६८ स्वीकृत भै पाँच वर्ष सम्म कार्यान्वयनमा रहेको देखिन्छ । उक्त कार्ययोजनाको अवधि समाप्त हुन लागेको हुदाँ वरण्डाभार संरक्षित वनक्षेत्रको दश वर्षे व्यवस्थापन कार्ययोजना (२०७३÷०७४ देखि २०८३÷०८४) को मस्यौदा चितवन वन प्राविधिक समाजको सहजिकरणमा तयार भएको छ । जिल्ला वन कार्यालय चितवनको सक्रियतामा आयोजना गरिएको विभिन्न चरणका अन्तरक्रिया कार्यक्रमबाट आवश्यक परिपार्जन त्यसलाई अन्तिम खाका दिइएको देखिन्छ । त्यसका साथै नवगठिन बरण्डाभार संरक्षित वन मूल परिषद सदस्यहरु लगायतका बृहत्तर बहुसरोकारवाला सहभागितामा गरिएको अन्तक्रियाबाट आवश्यक परिमार्जन गरि वन विभागबाट स्वीकृतीको चरणमा रहेको देखिन्छ ।

संरक्षित वन क्षेत्रको वर्गिकरण
कुल १०,३०२ हेक्टर क्षेत्रमा फैलिएको संरक्षित वनको वनको लम्वाइ १४ कि.मी. र चौडाइ ५ कि.मी. रहेको छ । यस वरण्डाभार संरक्षीत वनमा घना मिश्रित वन ९,३०८.२ हेक्टर (९०.४%), घाँसेमैदान १२१.३ हेक्टर (१.३%), नदी, खोला, ताल र पोखरी ३४८.२ हेक्टर (३.३%), नाङ्गा, झाडी तथा उजाड वन ३८.५ हेक्टर (०.३%) र आवादी क्षेत्र ४८६.२ हे. (४.७%) ले ओगटेको छ ।
वरण्डाभार वन क्षेत्रलाई व्यवस्थापनको दृष्टिकोणले तीन भागमा बाँडिएको छ । पहिलो भागमा प्रभावित क्षेत्र Impact zone, दोश्रो भागमा सकृय वन व्यवस्थापन क्षेत्र Intensive forest management zone र तेस्रो भागमा संरक्षित क्षेत्र Core zone पर्दछ ।
वरण्डाभार संरक्षित वनको प्रभावित क्षेत्र ९क्ष्mउबअत शयलभ) मा भरतपुर उप–महानगरपालिकाको वडा नं. १, २, ११ र १२, रत्ननगर नगरपालिकाको वडा नं. ९, १०, ११, १२ र कालिका नगरपालीकाको वडा नं. ३, ४, ५, ८, ९, १० र ११, त्यसै गरि दाहखानी तथा कविलास गा.वि.स. पर्दछन । वि.स. २०६८ को जनगणना अनुसार वरण्डाभार संरक्षित वनको प्रभावित क्षेत्रमा रहेका कुल १७,४५३ घरधुरीमा ७२,२४० जनसंख्या रहेका छन । उक्त जनसंख्या दाउरा घाँस र पानीको लागि यसै वन क्षेत्रमा निर्भर रहेका छन् । चितवन जिल्लाका आदीवासीमा थारु जाती र चेपाङ्ग जातीहरु भए तापनि यहाँ अन्य जिल्लावाट वसाई सरि आउने समुदायको वाहुल्यता छ । वरण्डावार संरक्षित वनको प्रभावित क्षेत्रमा बसोबास गर्ने जनजातीहरुमा क्षेत्री, ब्राम्हण, मगर, थारु, तामाङ्ग, नेवार, कामी, राई, गुरुङ्ग दमै, ठकुरी, सार्की, चेपाङ्ग, दरै रहेका छन ।
यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूमा हिन्दु ८६.८३ प्रतिशत, बौद्ध ११.५१ प्रतिशत, ईस्लाम ०.०३ प्रतिशत, क्रिश्चियन ०.०७ प्रतिशत र अन्य धर्मावलम्बीहरू १.५४ प्रतिशत रहेको पाईन्छ । वरण्डाभार संरक्षीत वन क्षेत्रको प्रभावित क्षेत्र भरतपुर उपमहानगरपालीकाका ३ गोटा वडा, रत्ननगर नगरपालीकाका ३ गोटा वडा, कालीका नगरपालीकाका ६ गोटा वडामा साक्षारता स्थिती रामो भए तापनि दाहखानी तथा कविलासमा शिक्षाको अवस्था सन्तोषजनक छैन । यस क्षेत्रमा रष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पुरातात्विक महत्वका स्थानहरु जस्तै देवघाट, बागेश्वरी, गणेशस्थान, जुटपानी, कालिका आदि रहेका छन ।
सकृय वन व्यवस्थापन क्षेत्र अन्तरगत वरण्डाभार संरक्षित वन क्षेत्र वरपरको Fringe zone को क्षेत्रफल ३,३८० हेक्टरमा फैलिएका छ । जस्मा १६ वटा सामुदायिक वन ३,२५१ हेक्टर, ३६ वटा कवुलियती वन १२० हेक्टर र ३ वटा धार्मिक वनको ९ हेक्टरलाई समावेश गरिएको छ । वरण्डाभार संरक्षीत वनको Fringe zone मा रहेको वन क्षेत्रलाइ समुदायद्धारा व्यवस्थापन हुँदै आएको छ ।
संरक्षित वन क्षेत्रमा सक्रिय व्यवस्थापनका लागि छुट्याइएको वन क्षेत्र बाहेकको ६,९२२ हेक्टर वन क्षेत्र core zone लाई वन्यजन्तुको वासस्थान तथा जैविक मार्गको रुपमा विकास गर्ने गरी संरक्षित क्षेत्र (Protected Zone) को रुपमा प्रस्ताव गरिएको छ । यस वन क्षेत्रलाई भौगोलिक अवस्था, जैविक विविधता, वन्यजन्तुको बासस्थान, जैविक मार्गको संवेदनशीलताको आधारमा स्थानीय उपभोक्ताहरुको सहभागितामा सहभागितामूलक संरक्षणमुखी वन व्यवस्थापनको अवधारणा अनुसार उचित व्यवस्थापन गरिने योजना रहेको देखिन्छ । वरण्डाभार वन क्षेत्र भित्र रहेका जैविक विविधता, जैविकमार्ग, नदी तटीय वन क्षेत्र, तालतलैयाहरु र भू—वनौटको दृष्टिकोणले अति सम्वेदनशील क्षेत्र, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण क्षेत्र, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थलहरूहरुको आंकलन गरी सो क्षेत्रको माग अनुसार संरक्षण तथा सम्र्वधनका विधिहरु अवलम्बन गरिने कुरा व्यवस्थापन योजनामा उल्लेखित गरिएको छ । वरण्डाभार संरक्षित वनको बीच भागहरुमा स–साना ताल तलैयाहरुले वन्यजन्तुको वासस्थानको लागि उपयुक्त हुनुको साथै पर्यटकिय हिसावले पनि आकर्षणको केन्द्रको रुपमा विकास हुदै गई रहेको छ । वरण्डाभार संरक्षित वन क्षेत्र वनजन्य स्रोत, जैविक विविधताको दृष्टिकोणले धनी रहेको छ ।
वरण्डाभार संरक्षित वन क्षेत्रको व्यवस्थापनका मान्यताहरु
• सहभागितमूलक संरक्षणमुखि वन व्यवस्थापन अवधारणा,
• वन स्रोतको बुद्धिमत्तापूर्वक उपयोग,
• अनुभवजन्य सिकाई,
• बहुसरोकारवालाहरुको साझेदारी,
• विपन्नमुखी, लैंगिकता, समावेशीकरण तथा सुशासन,
• प्रशंसायुक्त अनुभव, अनुभवजन्य सिकाइ,

उद्धेश्यहरु
बरण्डाभार संरक्षीत वन क्षेत्रको व्यवस्थपनमा “वन, वन्यजन्तु र जैविक मार्गको एकिकृत व्यवस्थापन, स्थानिय समुदायको दिगो जिविकोपार्जन” भन्ने नारालाई आत्मसाथ गरिएको छ । स्थानीय समुदायको सहभागितामा वरण्डाभार संरक्षित वन क्षेत्रको व्यवस्थापन गरि वनको अवस्था र वन्यजन्तुहरुको बासस्थान सुधार ल्याउनुको साथै जैविक मार्गहरुको पुर्नस्थापना र पर्यापर्यटनको विकास गरि स्थानीय जनताको जीविकोपार्जनमा टेवा पु¥याउने लक्ष्य लिएको देखिन्छ । वरण्डाभार संरक्षित वन क्षेत्रको व्यवस्थापनका प्रमुख उद्देश्यहरु निम्न अनुसार रहेका देखिन्छ ।
• स्थानीय समुदायको सहभागितामा वन व्यवस्थापन गरि वन, वन्यजन्तु तथा बासस्थानको उचित संरक्षण, सम्र्बधन गर्दै वन स्रोतको बुद्धिमत्तापूर्वक उपयोग गर्ने ।
• हरित उद्यम तथा पर्यापर्यटनको विकास जस्ता रोजगारी तथा आयमुलक कार्यक्रम संचालन गरि स्थानीय समुदायको आयआर्जनमा टेवा पु¥याउने ।
• बरण्डाभार संरक्षीत वनको उपल्लो र तल्लो तटिय क्षेत्रहरु बीच समन्वय तथा सहकार्य गरि परिस्थिकिय प्रणालीको विकास गर्दै जैविक मार्गको पुर्नस्थापना गर्ने ।
वरण्डाभार संरक्षित वन क्षेत्रमा संचालित मुख्य कृयाकलापहरु
वरण्डाभार संरक्षित वन व्यवस्थापन कार्ययोजना २०६८ अन्तरगत पाँच वर्ष सम्म सञ्चालित प्रमुख क्रियकलापहरुमा दुर्लभ प्रजाती पुनर्उत्थापना तथा नमुना प्लट स्थापना अन्तरगत सतिसालको प्रर्दशनी प्लत स्थापना गरिएको छ । विभिन्न जातका ७५००० विरुवा उत्पादन गरि नीजि क्षेत्रमा रोपणका लागि वितरण गरिएको छ । चोरी शिकारी नियन्त्रणमा सुराकी परिचालन गरिएको हुदाँ चोरीका घटना कम भएका बुझिन्छ । विद्यालय स्तरमा स्थापना गरिएको ९ वटा ईको क्लव मार्फत संरक्षित वनको महत्व सम्वन्धी प्रचारप्रसार र चोरी नियन्त्रण कार्यमा सहज भएको छ । विपन्न वर्गमा आयआर्जन वृद्धि गर्न शक्तिखोर क्षेत्रमा बाख्रा पालन कार्यक्रम सहयोग गरिएको छ । मानव वन्यजन्तु द्धन्द व्यवस्थापनमा सहयोग पुर्याउन रु १,००,०००÷— को कोष स्थापना गरिएको छ । वन क्षेत्रमा लाग्न सक्ने डढेलो नियन्त्रणको लागि ८ कि.मी. अग्नि रेखा निर्माण गरिएको छ । वरण्डाभार संरक्षित वनको प्रभावित क्षेत्रमा १० वटा शौचालय जडित गोवर ग्याँस प्लाण्ट स्थापनाको लागि अनुदान प्रदान गरिएको देखिन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा टिकौली देखि शुरु भैई पञ्चकन्या, चर्तुमुखी र भिमखोली सम्म ७ कि.मी. बिद्युतिय तारबार निर्माण कार्य सम्पन्न भएको देखिन्छ । वरण्डाभार संरक्षित वन क्षेत्र भित्रका पाँच वटा सिमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापन लागि सहयोग उपलब्ध गराएको देखिनछ । संरक्षित वनको महत्व र आवश्यकताको बारेमा स्थानिय मिडियावाट चेतनामुलक कार्यक्रम प्रचार प्रसार कार्यक्रम सञ्चालन भएको देखिन्छ । वरण्डाभार संरक्षित वनको गुन्द्रेमान्द्रे चौर घाँसे मैदानको संरक्षण र सम्वर्धन कार्य गर्नुका साथै खुला चरिचरण व्यवस्थापनमा तालिम, पशु स्वास्थ्य शिविर संचालन सहयोग र घाँसको विउ वितरण जस्ता कार्यक्रम सम्पन्न भएको देखिन्छ ।
इकाई परिषद, मूल परिषद तथा मूल कार्य समिती गठन
सक्रिय व्यवस्थापन गरिने वन क्षेत्र (Intensive Use Zone) र संरक्षित क्षेत्र (Protected Zone) मा यी निकायहरुको समन्वय एवं व्यवस्थापनकारी भूमिका हुनुको साथै संरक्षित क्षेत्र (Protected Zone) व्यवस्थापनमा पनि परिषदको महत्वपूर्ण भूमिका रहने देखिन्छ । बरण्डाभार संरक्षित वन क्षेत्रलाई दिगो रुपमा व्यवस्थापन गर्न परिषद गठनको व्यवस्था गरिएको भए तापनि विगत पाँच वर्ष सम्म विभिन्न विवादका कारण इकाइ परिषद, मूल परिषद तथा मूल कार्य समिती गठन हुन सकेको थिएन ।
हाल जिल्ला वन कार्यालयले गरेको पहल तथा वन विभागले प्रस्ताव गरेको संरक्षित वन निर्देशिकाले समेत स्थानीय सामुदायिक वन उपभोक्ता समुहका हक अधिकारलाई स्थापित गरेको हुदाँ वरण्डाभार संरक्षित वनको इकाइ परिषद, मूल परिषद तथा मूल कार्य समिती गठन भएको छ । बरण्डाभार संरक्षित वनको दिगो व्यवस्थापनका लागि भौगोलिक अवस्था, जैविक विविधता, जैविक मार्गहरुको सम्वेदशीलता एवं क्षेत्रगत विशेषता र स्थानीय समुदायको चाहानाको आधारमा यस वन क्षेत्रलाई ७ खण्डमा विभाजन गरिएको छ । उक्त प्रत्यक खण्डमा इकाई परिषद गठन गरिएको छ । त्यसमा सतनचुली, जलदेवी, इन्द्रेणी सा.व. समावेश गरि सतन्चुली इकाई परिषद, नवजागृती, रामवेल सा.व. समावेश गरि रामजागृती इकाई परिषद, पंचकन्या, चतुर्मुखी सा.व. समावेश गरि खगेरी इकाई परिषद, भिमवली, पदमपुर सा.व. समावेश गरि संझोट इकाई परिषद, थाङ्गखोला, उदयपुर सा.व. समावेश गरि कालिका इकाई परिषद, चण्डीस्थान, तिनकन्या, कालीखोला देउराली सा.व. समावेश गरि दाहखानी इकाई परिषद, रानीखोला, कालिका पिपलटार र सोमरी सा.व.समावेश गरि उपरदाङ्गगढी इकाई परिषद गठन गरिएको छ । प्रत्यक इकाइ परिषदका अध्यक्ष, सचिव, सदस्य सहित ५ देखि ७ जनाको प्रतिनिधित्व गरि कुल ४१ सदस्य रहेको मुल परिषद गठन गरिएको छ ।
प्रस्तावित संरक्षित वन निर्देशिकाले अध्यक्ष १, उपाध्यक्ष १, कोषाध्यक्ष १, सदस्य ५ र प्रवन्धक १ गरि ९ सदस्य भएको मूल कार्य समिती गठन गर्ने व्यवस्था गरेको भए तापनि स्थानीय अवस्था र सवै सा.व.उ.स.को प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक सा.व.उ.स. बाट १÷१ जना गरि १७ जना, महिला १ जना र प्रवन्धक तथा सदस्य सचिव १ गरि कुल १९ सदस्य भएको मूल कार्यसमिती गठन गरिएको छ । त्यसमा पनि राजनैतिक दल सवैको प्रमुख पदमा सहभागिता सुनिश्चितता कायम गर्न अध्यक्ष १, उपाध्यक्ष ३, कोषध्यक्ष १ सहितको कार्यसमिती चयन गरिएको छ ।
लाभांश वितरण प्रणाली
संरक्षित वनको वहु–सरोकावाला तथा साझेदारी अवधारणा अनुरुप सहभागितामूलक संरक्षणमुखी वन व्यवस्थापन गर्ने भएको हुदाँ लाभाँस वितरण सम्वन्धमा पनि सोहि अनुरुप व्यवस्था गरेको देखिन्छ । संरक्षित वनको दिगो व्यवस्थापनमा स्थानीय जनताको योगदानलाई कदर गर्दे वनको व्यवस्थापनबाट प्राप्त हुने आम्दानीलाई न्यायोचित्त रुपमा बाँडफाँड गरिने प्रावधान राखिएको छ । यस संरक्षित वन क्षेत्रलाई सक्रिय वन व्यवस्थापन क्षेत्र, भित्री संरक्षित वन व्यवस्थापन क्षेत्र र प्रभावित क्षेत्र गरी तीन भागमा विभाजन गरिए अनुरुप पैदावार बिक्रीवितरण प्रणाली र व्यवस्थापनको किसिम, लाभ वितरण प्रकृयामा पनि सोही अनुरुपको व्यवस्था गरिएको छ ।
सक्रिय वन व्यवस्थापन क्षेत्र
संरक्षित वन क्षेत्रको वरीपरी (Fringe Area) मा रहेको वन क्षेत्रलाई समुदायमा आधारित सामुदायिक वन, धार्मिक वन, कबुलियती वनको आ–आफनो स्वीकृत विधान र कार्ययोजना अनुरुप लाभाँश वितरण गरिने व्यवस्था गरिएको छ । वरण्डाभार संरक्षीत वनका क्षेत्रका सामुदायिक वन उपभोक्ताहरुलाई पहिलो प्रथामिकता दिई वन पैदावार वितरण गरिने व्यवस्था गरिएको छ । त्यस पछि छिमेकी सामुदायिक वनहरुमा बिक्री गरी रहन गएमा जिल्ला वन पैदावार आपूर्ति समिति मार्फत वनदेखि टाढा रहेका उपभोक्ताहरुलाई बिक्रीवितरण गर्ने व्यवस्था गरिएको छ । मूल परिषदको निर्णय बमोजिम सामुदायिक वनको आम्दानीको केही भाग संरक्षित वनको व्यवस्थापन तथा विकासको लागि उपलब्ध गराउनु पर्नेछ । संरक्षित वन क्षेत्र भएको हुदाँ यसको मूल्य मान्यताहरुलाई अनुशरण गरि व्यवसायिक बिक्री वितरणको पक्षलाई निरुत्साहित गर्ने कार्ययोजनाको आसय देखिन्छ । ।
भित्री वन क्षेत्र (Core Area)
संरक्षित वनको सक्रिय व्यवस्थापनका लागि छुट्याइएको वन क्षेत्र भित्रको वनलाई संरक्षित क्षेत्र (Protected Zone) को रुपमा लिइएको छ । हाल सम्म भित्र वन क्षेत्रको व्यवस्थापनबाट प्राप्त कुल वन पैदावरहरुलाई तीन भाग लगाई जिल्ला वन पैदावन आपूर्ती समितीलाई १ भाग, टिम्वर कर्पोरेशन अफ नेपाललाई १ भाग र हाल सम्म उक्त क्षेत्र संरक्षण गरि रहेको सामुदायिक वन उपभोक्ता समुहलाई १ भाग वितरण गर्ने गरिएको थियो । त्यसमा हालै मात्र तयार गरि स्वीकृतीकको क्रममा रहेको वरण्डाभार संरक्षित वन क्षेत्रको दश वर्षे कार्ययोजनामा भित्री वन व्यवस्थापन गर्दा काठ दाउराको हकमा सुखड खडा र ढलापडा रुखहरु मात्र संकलन गर्ने साथै प्रचलित कानूनले प्रतिवन्ध नलागेका वन नियमावली, २०५१ को अनूसूची ३ बमोजिमका जडिवूटिहरु संकलन गर्ने व्यवस्था गरेको छ । यसरी व्यवस्थापन गर्दा प्राप्त वन पैदावार तथा लाभाँशको वितरणको लागि निम्म अनुसारको व्यवस्था गरिएको छ ।
• वरण्डाभार संरक्षीत वनमा उत्पादन भएको काठ÷दाउरा मूल परिषदले निर्णय गरी जिल्ला वन कार्यालयसँग माग गरेमा ५०% काठ÷दाउरा उपलब्ध गराउनुपर्ने छ । यसरी उपलब्ध गराईने काठ÷दाउराको राजश्व नेपाल सरकारलाई वुझाउनु पर्ने छ ।
• प्राप्त काठ दाउराको विक्री मुल्य परिषदले तोके वमोजिमको हुनेछ तर यसरी विक्रि वितरण गरीने काठ÷दाउराको मूल्य प्रचलित राजश्व दरभन्दा कम गर्न पाइने छैन ।
• संरक्षित वनवाट उत्पादन भई जिल्ला वन कार्यालयवाट प्राप्त काठ÷दाउराको बिक्री वितरणबाट भएको सवै आम्दानी परिषदको हुनेछ ।
प्रभावित क्षेत्र (Impact Area)
संरक्षित वनको प्रभावित क्षेत्रमा उप–महानगरपालीका १ गोटा, नगरपालीका २ गोटा र गा.वि.स. २ गोटाका बासिन्दाहरु वन पैदावार लगायत अन्य प्राकृतिक स्रोतहरुका लागि यसै वन माथी आश्रित देखिन्छन् । वरण्डाभार संरक्षित वन कार्ययोजना कार्यान्वनका लागि प्राप्त बजेट तथा कार्यान्वयनका शिलशिलमा प्राप्त हुने आयलाई प्रभावित क्षेत्रहरुमा सचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।
उपलब्धी र सिकाईहरु
वन र वन्यजन्तु संरक्षण गर्दै जैविक मार्गको विकास गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको वरण्डाभार संरक्षीत वनकोे पहिलो पञ्चवर्षिय वन ब्यवस्थापन योजना कार्यान्वयनको क्रममा विभिन्न विभिन्न कार्यक्रम सम्पन्न भई उल्लेख्य उपलब्धी हासिल गरेको देखिन्छ । वरण्डाभार संरक्षीत वन क्षेत्रमा वनको हैसियतमा सुधार, वन्यजन्तुको संरक्षण हुनुको साथै वासस्थानमा सुधार भई जैविक मार्ग विकास गर्न मद्दत पुगेको देखिन्छ । वरण्डाभार संरक्षीत वन क्षेत्र भित्र रहेका घाँसे मैदानहरुमा सुधार भै घाँस उत्पादनमा वृद्धि भएको देखिन्छ । प्राकृतिक तथा कृतिम रुपमा रुपमा रहेका पानी मुहानहरुको उचित संरक्षण गरिदा वन्यजन्तुको लागि आवश्यक पानीको स्रोतमा उल्लेख्य विकास भएको देखिन्छ ।
वरण्डाभार संरक्षीत वन वरपरका प्रभावित क्षेत्रमा रहेका करिबी १७५०० घरधुरीलाई उपभोक्ताहरुलाई आवश्यक पर्ने सम्पूर्ण वन पैदावारको यस वन क्षेत्रको उत्पादनबाट मात्र नपुग्ने भए तापनि वनको समुचित व्यवस्थापन गरि मागलाई केहि हद सम्म पनि पुरा गर्ने प्रयास गरिएको देखिन्छ । त्यसै गरी प्रभावित क्षेत्रमा वसोवास गर्ने विपन्न वर्ग, महिला, दलित आदीको सञ्चालन गरिएको आयमुलक कार्यक्रमबात केहिहद सम्म प्रत्यक्षरुपमा जिविकोपार्जनमा टेवा पुग्न गएको देखिन्छ । निजी क्षेत्रमा बिरुवा रोपण गरि निजी वन विकासलाई वढवा दिने प्रयास गरेको देखिन्छ । वन तथा वन्यजन्तु संरक्षणमा स–साना उमेरका विद्यार्थिहरुलाई सहभागी गराउँदै जैविक विविधता संरक्षणमा टेवा पु¥याउने पहल भएको देखिन्छ ।
वरण्डाभार संरक्षीत वनमा रहेका घाँसे मैदान व्यवस्थापन तथा वन्यजन्तु वासस्थान सुधारका कार्य भने अपेक्षित रुपमा हुन सकेको देखिँदैन । खुला चरिचरण नियन्त्रण तथा माइकेनीयको अनियन्त्रीत प्रसार घाँसे मैदान व्यवस्थापनको चुनौती वनेको हुदाँ यसको उचित व्यवस्थापन कार्य जोड दिनु पर्ने देखिन्छ । वरण्डाभार संरक्षीत वनका प्रभावित क्षेत्रका विपन्न वर्गले आयआर्जनको रुपमा यसै वनलाई उपयोगमा ल्याए साथै वन क्षेत्रको वरपर नगर विकास भएको कारण वनमाथी वन पैदावार दोहन तथा अतिक्रमको अत्यधिक चाप परेको देखिन्छ । अतिक्रमणको न्युनीकरणको लागि विपन्न वर्ग लक्षित कार्यक्रमहरुको संचालन भए तापनि आशातित प्रतिफल आउन सकेको देखिदैन ।
पहिलो पाँच वर्षिय व्यवस्थापन योजनाको अवधि समाप्त हुन लाग्दा सम्म पनि सामुदायिक वन समुहलाई प्रदान गरिने वनको क्षेत्रफल, परिषदमा सा.व.उ.स.का प्रतिनिधिहरुको भूमिका, परिषदमा सा.व.उ.स.का प्रतिनिधिहरुको प्रतिनिधित्वको अनुपात आदिमा विवादका देखिएको कारण वरण्डाभार संरक्षित क्षेत्र व्यवस्थापनको लागि परिषद गठन हुन सकेको थिएन । सामुदायिक वन उपभोक्ता समुह महासघले उठाएका जायज मागहरुको संबोधन हुने गरि परिषद गठनको पहल जिल्ला वन कार्यालयबाट भई हाल मूल परिषद गठन तथा कार्यसमिती चयन कार्य सम्पन्न भएको छ । यद्धपी त्यहाँ केहि विवादका स्वरहरु आएका भए तापनि त्यसमा आवश्वकता अनुसार संवोधन गर्दै जाने समझदारी सबै बीच भएको देखिन्छ ।
समस्या र चुनौतीहरु
• वन क्षेत्रमा विभिन्न प्रयोजनको (धार्मिक, संस्थागत, निजी) नाममा अतिक्रमण बढ्दै जानु ।
• खुल्ला चरिचरन गरिनु ।
• वन पैदावारको चोरी निकाशी हुनु ।
• वरण्डाभार क्षेत्रमा ढुङ्गाको व्यवस्थापन ।
• वन क्षेत्रमा अनियमित डढेलो तथा आगलागी हुनु ।
• माथिल्लो तटिय क्षेत्रमा भू–क्षय हुनु र तल्लो तटिय क्षेत्रमा गेग्रान थोपरिएर नदिको सतह क्रमश वढदै जानु ।
• वनको प्रभावित क्षेत्रमा बेरोजगारी बढदै जादा वन क्षेत्रमा वन पैदावार दोहनको चाप बढ्दै जानु ।
• अतिक्रमण क्षेत्र खालि गराउनको लागि राजनैतिक प्रतिबद्धता जनाए तापनि हटाउने कार्यमा सक्रिय सहभागितामा नदेखिनु ।
• नगरपालीका तथा उपमहानगरपालीकामा फोहर व्यवस्थापन हुन नसक्दा यदाकदा वरण्डाभार वन क्षेत्रलाई डम्पीङ्ग साईट वनाइनु ।
• पूर्व–पश्चिम राजमार्गको टिकौली देखि गोन्द्राङ्गसम्मको सडकखण्डमा अत्यधिक गाडिको चाप हुँदा वन्यजन्तुलाई वाटो क्रस गरेर ओहोर दोहोर गर्न कठिनाई हुनु ।
• वरण्डाभारको माथिल्लो तटिय क्षेत्रमा वन्यजन्तुको लागि प्रशस्त मात्रामा पानी मुहान अभाव हुनु ।
अबको वाटो
वरण्डाभार संरक्षीत वनको कार्ययोजना २०६८ स्वीकृत भै कार्यान्वयनमा आएको भए तापनि विभिन्न बिवादका कारण परिषद गठन हुन सकेको थिएन । परिषद गठन नभएको अवस्थामा संरक्षित वन प्रति सरोकारवालाहरुले अपनत्व लिन सकेका थिएनन । लामो प्रयास पछि सरोकारवालाहरुको वृहत्तर सहभागितामा परिषद गठन भई मूल कार्यसमिती पनि चयन भैसकेको आवस्थामा प्रस्तावित दश वर्षे कार्ययोजनालाई सक्रिय रुपमा कार्यान्वयनमा लैजाने तर्फ सवैको चाँसोको विषय रहनु पर्दछ । कार्ययोजनाको सफल कार्यान्वयन गरि जैविक मार्गको विकास गर्नुको साथै स्थानीय जनताको जीविको पार्जनमा सुधार ल्याउने तर्फ कार्यक्रम केन्दित रहनु पर्दछ । अव्यवस्थित अतिक्रमणलाई हटाउने, वन पैदावारको वितरणलाई पारदर्शि वनाउने, घाँसे मैदानको विकासमा जोड दिने कुरामा विशेष पहल गरिनु पर्दछ । खुला चरिचरण नियन्त्रण तथा माइकेनीयको अनियन्त्रीत प्रसार तथा घाँसे मैदान व्यवस्थापनको चुनौती वनेको हुदाँ यसको उचित व्यवस्थापन कार्य जोड दिनु पर्ने देखिन्छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *