साउन ७ ,काठमाडौँ
वन उद्यम बिकासका लागि वन बिभाग का उपमहानिर्देशक हेम अर्याल को टोलि र नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा महासंघकै वन उद्यम महाशाखा संयोजक का किशोर प्रधान को टोलि बीच आज नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यालयमा छलफल सम्पन्न भएको छ | छलफलले वन उद्यम बिकासका लागि सहकार्य गरि अगाडी बढन समझदारी पत्र तयार गरि वन मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघ बीच हस्ताक्षर गरि अगाडी बढ्ने र सो का लागि यही साउन महिना भित्रै समझदारी पत्र तयार गरिने भएको छ | छलफलमा वन विभागका तर्फबाट वन सम्बर्धन महासाखाप्रमुख तथा उपमहानिर्देशक हेम अर्याल ,सामुदायिक वन महासाखाप्रमुख तथा उपमहानिर्देशक डा.अनुज राज शर्मा , वन उद्यम साखा प्रमुख तथा उपसचिव प्रकाश लम्साल र वन उद्यम सहजीकरण संजाल का सचिवालय संयोजक तथा सहायक वन अधिकृत बिष्णु प्रसाद ज्ञवाली हुनुहुन्थियो भने नेपाल उद्योग बाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष तथा महासंघकै वन उद्यम महाशाखा संयोजक का किशोर प्रधान ,नेपाल उद्योग बाणिज्य महासंघका वन उद्यम महाशाखाका ब्यबस्थापक अजित गुप्ता लगाएतका अधिकृतहरु सहभागी हुनु भएको थियो |
वन उद्यम सहजीकरण संजाल को संयोजन मा सम्पन्न उक्त छलफलमा वन विभागका उप महानिर्देशक हेम अर्यालले समृद्दी का लागि वन नीति ले वन उद्यम बिकासका लागि मार्ग प्रसस्त गरेको र निजि क्षेत्रलाई वन उद्यम बिकासका लागि संलग्न हुन उपयुक्त वातावरण सृजना गर्न नीति , संरचना तथा कार्यक्रम हरु निर्माण गर्न सहकार्य का लागि आब्हान गर्नु भएको थियो | सामुदायिक वन महासाखा प्रमुख तथा उपमहानिर्देशक डा.अनुज राज शर्माले नेपाल उद्योग बाणिज्य महासंघले कृषि उद्यम बिकासका लागि कृषि मन्त्रालय संग सहकार्य गरि गरेका काम हरुको सिकाई लाई वन उद्यम बिकासमा पनि उपयोग गरिनु पर्ने र वन उद्यमविकासका लागि उद्यमीहरू अग्रसर हुनु पर्ने बताउनु भयो | उपसचिव प्रकाश लम्सालले जिल्ला स्तरमा वन उद्यम विकास का लागि कच्चापदार्थ र पुजी वन समुह संग भएको ,वन उद्यम विकास गर्ने चाहना पनि भएको भयपनी अपेक्षितरुपमा वन उद्यम हरु बिकसित हुन नसकेकोले महासंघले यसलाई अबसरको रुपमा लिनु पर्ने बताउनु भयो | सहायक वन अधिकृत बिष्णु प्रसाद ज्ञवालीले वन उद्यम सम्बन्धि कार्यक्रमहरु कार्वान्यन गर्न र वन उद्यम बिकासका लागि वन उद्यमीहरुनै अगाडी आउनका लागि सरोकारवालाबीच समन्वय र सहकार्य को आवस्यकता माथि जोड दिनु भयो |छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा महासंघकै वन उद्यम महाशाखा संयोजक का किशोर प्रधानले बिगतमा वनको कानुन कठोर र अनुदार रहेकोले वनमा निजि क्षेत्र चाहेर पनि आउन नसकेको बताउनु हुदै वन नीति २०७१ ले निजि क्षेत्रलाई वन उद्यम बिकासका लागि प्रोत्साहित गरे पनि संरचनागत सुधार का कार्यहरु बाकीनै रहेको उल्लेख गर्नु भयो | नेपालमा वन उद्यम तुलनात्मक लाभको क्षेत्र भएकोले सरकारले निजिक्षेत्रलाइ कानुन बमोजिम स्वोतन्त्र रुपमा उद्योग गर्ने अबसर र वातावारण दिनु पर्ने बताउनु हुदै यसकालागी निजिक्षेत्र सरकार संग सहकार्य गर्न तयार रहेको बताउनु भएको थियो |