Breaking News

वन दशकको परिकल्पना एक घर एक रुख,एक सहर अनेक उद्यान काठमाडौँ मा सकार हुदै

एक घर एक रुख वन संचार संगै
एक घर एक रुख वन संचार संगै

८ साउन ,पुरानो सिनामंगल, काठमाडौँ

bijay sirwansanchar 2पुरानो सिनामंगल कर्मचारी समाज ,काठमाडौँ ले आज जिल्ला वन कार्यालय काठमाडौँ को सहयोगमा प्राप्त धुपी तथा कपुर का ५०० बिरुवाहरु स्थानीय व्यक्तिहरुलाई घर घरमा लगाउन का लागि बितरण गरेको छ | नेपाल वन प्राबिधिक संघ , वन संचार , खुल्ला मैदान व्यबस्थापन उपभोक्ता समिति समेतको सम्लग्नता रहेको उक्त बिरुवा वितरण कार्य क्रम मा  ८४ बर्षिय त्रिशुल प्रजापति  ले धुपी  र कपुरको बिरुवा आफ्नो घरमा रोप्न का लागि लैजानु भएको थियो | उक् अबसरमा घर घरमा रुख रोप्न घर दैलोमै बिरुवा   ल्याई दिएकोमा जिल्ला वन कार्यालय र सिनामंगल कर्मचारी समाज लाई धन्यबाद दिनु भएको थियो | बिरुवा बितरण को कार्य को प्रारम्भ समाज का अध्यक्ष गीता तिमल्सिना ले गर्नु भएको थियो | वन दशक ले एक घर एक रुख , एक सहर अनेकउद्यान कार्यक्रम अगाडी ल्याएको र यसबाट गतबर्ष र यसबर्ष पनि  सिनामंगल क्षेत्रमा रहेका खाली क्षेत्रहरुमा जिल्ला वन कार्यालयले उद्यान निर्माण गरेको बताउदै  जिल्ला वन अधिकृत इन्द्र सापकोटाले सिनामंगल क्षेत्रमा  मात्र नभई काठमाडौँ सहरलाई नै हरित सहरको रुपमा विकास गर्न जिल्ला वन कार्यालय लागि परेको ले घर घरमा रोप्न लगेका बिरुवाहरु हुर्काउन शुभकामना दिनु भयो | काठमाडौँ सहरमा रहेका खुला क्षेत्र , सडक किनार , नदि किनार लगाएतका क्षेत्रम हरियाली बिकास गर्न स्थानीय निकाय र समुदाय ,सस्थासग वन कार्यालयले सह्कर्यगरेको  र आगामी बर्ष पनि यस किसिमका काम हरुले निरन्तरता पाउने बताउनु भयो |वन तथा भू सं रक्षण मन्त्रालय का सह सचिब विजयराज पौडेल को संयोजन मा सम्पन्न उक्त कार्यक्रममा  स्थानीय समुदायले  वन कर्मी र राष्ट्र सेवक कर्मचारीहरुले स्वोस्फुर्त्त रुपमा गरेको कार्यको सरहाना गरेका थिय|

 

 

 

 

 

 

केहि झलकहरु

 

palpali wan sanchar 2IMG_9084 IMG_9088 IMG_9089 IMG_9090 IMG_9100 IMG_9101 IMG_9102 IMG_9119 IMG_9122 IMG_9140 IMG_9143 IMG_9153 IMG_9157 IMG_9172 palpali pepsi wan sanchar 2 wan sanchar ad wan sanchar wansanchar 2 youth

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *