Breaking News

चुरे क्षेत्रका कीरा फट्याङग्रादेखि बाघ, गैंडा समेतको सर्वेक्षण गरिने

chure1_1404900172काठमाडौं, भदौ १० । राष्ट्रिय प्रकृति संरक्षण कोषले चुरे क्षेत्रमा रहेका वन्यजन्तुको संरक्षण र विकासको लागि विस्तृत अध्ययन  गर्ने भएको छ ।   राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको विशेष सहयोगमा कोषले चुरे क्षेत्रमा रहेका साना तथा ठूला सबै जीवजन्तुको सर्वेक्षण गर्न लागेको हो ।
यसअघि ठूला प्रजातिको जनावरहरुको मात्रै गणना हुँदै आएकोमा अब देखि  कीरा फट्याङ्ग्रदेखि बाघ, गैंडाजस्ता ठूला प्रजाति सबैको सर्वेक्षण तथा अध्ययन गरिने कोषले जनाएको छ । कोषले चुरे क्षेत्रमा पर्ने ३६ जिल्लालाई चार भागमा विभाजना गरी विस्तृत कार्ययोजना बनाएर उक्त कार्यक्रम अगाडि बढाएको छ ।  आगामी  दुई वर्ष भित्रमा चुरे क्षेत्र भित्र रहेका सम्पूर्ण साना देखि ठूला जीवजनावरहरुको गणना गरिसक्ने लक्ष्य राखेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्ने जीवजनावर गणना कार्यले चुरे क्षेत्रमा रहेका जीवजन्तुहरुको बारेमा थप अध्ययन अनुसन्धान गरी तिनीहरुको संरक्षण, संवद्र्धन र विकास गर्नमा ठूलो सहयोग पुग्नेछ । तर यस कार्यलाई सफल बनाउनको लागि सम्बन्धित निकायहरु र स्थानीयबीचमा सहकार्य गरी अघि बढ्नुपर्ने  देखिन्छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *