Breaking News

नव नियुक्त वनमन्त्री स्वागत थाप्न र निर्देशन दिन व्यस्त

12,भाद्र,काठमाण्डौ,

गत शुक्रबार पदभार सम्हाल्नु भएका नव नियुक्त वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारी आफूमातहतका विभाग तथा कार्यलयहरुमा स्वागत थाप्न र निर्देशन दिन व्यस्त भएका छन् । यसैक्रममा आज एकैदिन मन्त्री भण्डारीलाई पाँच वटा विभागहरुमा छुट्टाछुट्टैरुपमा स्वागत कार्यक्रम आयोजना गरी स्वागत गरिएको छ ।   नवनियुक्त मन्त्रीलाई बबरमहल स्थित वनविभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, भू–तथा जलाधार विभाग, वन अनुसन्धान तथा सर्भेक्षण विभाग र रेड कार्यन्वयन केन्द्रले स्वागत गरेका छन् । सबै विभागहरुमा स्वागत ग्रहण पछि मन्त्री भण्डारीले सम्बन्धित विभागहरुलाई निर्देशन दिएका छन् भने सम्बन्धित विभागका तर्फबाट कार्यलय प्रमुखहरुले पनि समसामयीक सुझाव तथा रायहरु पेश गरेका छन् ।

सबै विभागहरुले गर्ने कार्य सम्पादन शैली जनमुखी तथा आग्रहपूर्वाग्रह रहित हुनुपर्ने, विद्यमान सम्स्यामा केन्द्रीत रहेर कार्यक्रमहरु अगाडी बढाउनु पर्ने, विभागका सांगठनिक संरचनाहरु व्यवस्थित हुनुपर्ने, राज्यले गरेका हरेक खर्चहरु उपलब्धिमुलक बनाउन निर्देशन दिएका छन् । त्यस्तै नवनियुक्त मन्त्रीलाई पनि सम्बन्धित विभागहरुले आ–आफ्ना विभागका समस्या, चुनौती र ती समाधानको उपायसहितको सुझाव पेश गरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका चुनौतीहरु

  • सेवाग्राहीको संख्यामा वृद्धि
  • मानव(बन्यजन्तु द्धन्दमा वृद्धि
  • घाइते, अशक्त, टूहुरा र असहाय बन्यजन्तुको ब्यवस्थापन
  • बन्यजन्तुको बासस्थानको अतिक्रमण
  • चोरी शिकार र बन्यजन्तुका अंगहरुको बढ्दो अबैध ब्यापार
  • मिचाहा प्रजातिको नियन्त्रण
  • मध्यवर्ती क्षेत्रमा गिट्टी, ढुंगा बालुवाको ब्यवस्थापन
  • संरक्षण र विकासमा सन्तुलन

महानिर्देशक आचार्यद्धारा नौ बुँदे सुझाव पेश

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले मन्त्री समक्ष नौ बुँदे सुझाव पेश गरेका थिए । यस्ता छन् महानिर्देशक आचार्यले नवनियुक्त मन्त्रीसमक्ष पेश गरेका सुझावहरु ः

क)सांगठनिक संरचना अनुसारको पदपूर्ति गर्नुपर्ने ।

ख)जिर्ण भौतिक–पूर्वाधार मर्मत तथा निर्माण गर्नुपर्ने ।

ग)मध्यवर्ती क्षेत्रको सम्पूर्ण बजेट निकासा गर्नुपर्ने ।

घ) पुराना ऐन नियमहरुमा संशोधन गर्नुपर्ने ।

ङ)चोरी शिकार र अबैध व्यापार नियन्त्रणमा समन्वय गर्नुपर्ने ।

च)आखेटोपहारको सुरक्षा व्यवस्था गर्नुपर्ने ।

छ)सिमापार अबैध व्यापार नियन्त्रणमा सुधार गर्नुपर्ने ।

ज) SAWEN को पूर्ण कार्यान्वयन गर्नुपर्ने ।

झ)वन्यजन्तु राहत निर्देशिकामा समयानुकूल सुधार गर्नुपर्ने ।

त्यस्तै रेड कार्यन्वयन केन्द्रका प्रमुख सहसचिव सिन्धुप्रसाद ढुंगानाले केन्द्रका चुनौतिहरुको बारेमा अवगत गराएका छन् । आर्थिक स्रोत (चालु शीर्षक, विश्वबैंकबाट सोझै भुक्तानि, मानवीय स्रोतको क्षमता विकास, भौतिक स्रोत साधनको व्यवस्थन, अन्तरमन्त्रालय, अन्तरविभागीय समन्वयन, वन व्यवस्थापक समुदाय, सञ्जाल, आदिवासी जनजाति, गै.स.स. (दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड, वनको टेन्युअर इत्यादि) सामूहिक प्रतिवद्धता  भावि कार्यक्रम तथा योजनाहरु पेश गरेका छन् । जस अन्तर्गत नेपालको वनस्रोतलाई कार्बन व्यापारमा लैजान आधारहरू तयार गर्ने, वनस्रोतको दिगो व्यवस्थापनको  लागि टेवा पु¥याउन, वनस्रोतबाट प्राप्त हुने कार्बन तथा गैह्रकार्बनका लाभहरुको पहिचान गरी तिनको दिगो उपयोगको आधार तयार गर्ने, रेड प्लस  संग सम्बन्धित रणनीति, योजना, कार्यक्रम, संझौता, लाभको बाँडफाँड, अध्ययन, अनुसन्धान, प्रचारप्रसार, क्षमता अभिवृद्धि सम्बन्धी कामहरु गर्ने, रेड प्लसमा कार्यरत संघसंस्था, दातृनिकायसंग समन्वय र सहकार्य गरी नेपालको समग्र रेड प्लस प्रक्रिया र विकासलाई दिशा निर्देश गर्नेबारेमा मन्त्री भण्डारीलाई जानकारी दिएका छन् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *