Breaking News

माकुरा समूहले मिलायो दुई वनको सिमाना विवाद

काठमाडौं, भदौ १४ । भक्तपुरका तलेजुदेवी सामुदायिक वन र केदारनाथको शिर डोलेश्वर महादेव धार्मिक वनमा रहेको सिमाना विवादमा सहमति भएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहयोेग र द्वन्द्व रुपान्तरण सहयोगी (माकुरा) समूहको आयोजनामा संचालन गरिएको छुट्टाछुट्टै दिनमा बसेको संयुक्त बैठकमा तलेजुदेवी सामुदायिक वन र केदारनाथको शिर डोलेश्वर महादेव धार्मिक वनमा रहेको विवादमा सहमति भएको हो ।
नेपाल सरकारबाट हस्तान्तरण भएदेखि नै विवादित केदारनाथको शिर डोलेश्वर महादेव धार्मिक वन र वनको सीमा क्षेत्रमा रहेका जग्गाधनि, मोही र पाखुरी मोहीहरु बिच रहेको सिमाना विवाद विगत एक वर्ष देखि प्राकृतिक स्रोत द्वन्द्व नेपालले प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण प्रकृयामा काम गदै आईरहेको धार्मिक वनका संयोजक विश्वराम थापाले बताए ।
नेपाल सरकारबाट हस्तान्तरण भएदेखि उक्त विवादमा काम गरिरहेको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सिमाना विवदित सो स्थानमा द्वन्द्व रुपान्तरण सहयोगी (माकुरा) समूह नामक समूह गठन गरेको थियो । धार्मिक वन र जग्गाधनि, मोही र पाखुरी मोहीको प्रतिनिधित्व हुने गरि (माकुरा) समूहको आयोजनामा दुबै पक्षबीच पाँच बुँदे सहमती पत्रमा हस्ताक्षर गराई एक कार्यान्वयन समिति गठन गरिएको माकुरा समूहका सदस्य धर्मराज बस्नेतले बताए ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *