Breaking News

विदेशवाट काठ आयतको मापदण्ड बनाउन वन मन्त्रीको निर्देशन

काठमाडौं,भदौ १३ । नव नियुक्त वनमन्त्री शंकर भण्डारीले विदेशवाट काठ आयतको मापदण्ड बनाउन निर्देशन दिनु भएको छ । वनविभागद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले जतिसक्दो चाँडो विदेशवाट आयतित काठ प्रतिस्थापन गर्न पनि निर्देशन दिनु भएको हो । वन अतिक्रमण रोक्नको लागि अतिक्रमणकारीको पहिचान गरि हटाउन आवश्यक कदम चाल्नको साथै डढेलो नियन्त्रणको लागि स्थानिय सँग समन्वयन गर्न सुरक्षा निकायले प्रयोग गरिरहेको वनक्षेत्र छोडाउनको लागि आवश्यक कदम चालिने पनि बताउनु भयो । कर्मचारी हकहितको नैसर्गिक अधिकारको रक्षाको लागि सदैव प्रतिवद्ध रहने बताउनु भयो ।
welcome

welcome1स्वागत कार्यक्रममा वनविभागका निमित्त महानिर्देशक गणेश झाले सफल कार्यकालको शुभकामना दिनु भएको थियो । उप महानिर्देशक हेम अर्यालले मन्त्री समक्ष विभागले हाल भोगिरहेका समस्या, चुनौती र भावी कार्ययोजना बारेमा अवगत गराउनु भएको थियो ।

bann

विद्यमान समस्या समाधानको लागि विभागले गरिरहेका प्रयासहरु
१. वन अतिक्रमण, चोरी निकासी, जग्गा भोगाधिकार
वन अतिक्रमण नियन्त्रण रणनीति, २०६८ अनुसारको जिल्लास्तर संयन्त्र
आ.व. २०७२।७३ मा ३०६६ हेक्टर वन अतिक्रमण नियन्त्रण
सम्बन्धीत क्षे.व.नि.को संयोजकत्वमा अनुगमन संयन्त्र गठन तथा परिचालन
क्षतिपुर्ति बृक्षारोपण (१ः२ उर्जाक्षेत्र र १:२५ अन्यक्षेत्रमा)
जिल्ला वन क्षेत्र समन्वय समिति गठन तथा परिचालन

IMG_0435
२. वन डढेलो  
वन डढेलो ब्यवस्थापन रणनीति, २०६७ को कार्यान्वयन
जिल्लाहरुमा डढेलो नियन्त्रण सामग्रिहरु वितरण तथा तालिम
डढेलो नियन्त्रण सम्बन्धी नियमित कार्यक्रमहरु (निरोधात्मक र प्रचारात्मक)
३. वन्यजन्तुबाट क्षति र द्वन्द  
वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०७१ को कार्यान्वयन
राष्टिय निकुञ्ज तथा व.ज. विभाग र नेपाल प्रकृति सं.कोष संगको समन्वयमा संबोधन

IMG_0431४. श्रोतसाधन ब्यवस्थापन
३७ वटा नयाँ सवारी साधन प्राप्त
१४० वटा नयाँ फिल्डस्तरीय भवन निर्माण (विगत ५ बर्षमा)
५. जनशक्ति ब्यवस्थापन  
सशस्त्र वन रक्षक नियमावली कानून मन्त्रालय तथा लोक सेवा आयोगमा पेश भएको
नयाँ संगठन र ब्यवस्थापन सर्वेक्षण अध्ययन भईरहेको
६. नीतिगत व्यवस्था
सामुदायिक वनको काठ दाउरा संकलन तथा विक्रि वितरण निर्देशिका, २०७१
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१
सामुदायिक वन विकासको मार्गदर्शन, २०७१
भूकम्प पिडितका लागि काठ दाउरा उपलब्ध गराउने कार्यविधि (निर्देशिका) २०७२
भूकम्प प्रभावित जिल्लाहरुमा भूकम्पबाट भत्केका घरका काठ र काठजन्य सामाग्री ओसार पसार (स्थानान्तरण) गर्ने कार्यविधी, २०७२
७. अन्य
सामुदायिक वनमा समेत बैज्ञानिक ब्यवस्थापनको सुरुवात भएको
वन उद्यम सहजिकरण सञ्जाल स्थापना

Untitled-1
यस्ता छन् वनविभागका चुनौतीहरु
*श्रोत साधनको कमी
सवारी साधन : अपर्याप्त
द्वन्दमा ध्वस्त संरचना : ३२२
जीर्ण हातहतियार र अभाव

*जनशक्ति व्यवस्थापन
रासन सुविधा पाएका जनशक्ति घरपायक जिल्लामा धेरै वर्ष देखि रहनु ।
साँगठनिक संरचनामा परिवर्तन नहुनु   (इ७)
अमिल्दो संगठन संरचना
स.व.र. र वन रक्षकको वृत्ति विकासको ब्यवस्था नहुनु
सशस्त्र वन रक्षकको सेवा शर्त सम्वन्धि नियमावली स्विकृत नहुनु
वनविभागले हिँड्नु पर्ने अबको बाटो
-कर्मचारीको व्यवस्थापनः दुइ बर्ष नाघेकालाई सरुवा र सरुवामा रासन सुविधा पाएकालाई घरपायक राख्न नहुने
-अतिक्रमण नियन्त्रण रणनीति अनुसार बन क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने संकल्प प्रस्ताव व्यवस्थापिका संसद बाट पारित हुनुपर्ने । साथै -केन्द्रिय तहको समिति गठन गरी क्रियाशील हुनुपर्ने ।
-आखेटोपहारको व्यवस्थापन
-वन विकास कोषमा रहेको रकमको सदुपयोग तथा ब्यवस्थापन
-सफल वन कार्यक्रमहरुलाई वन दशक कार्यक्रम अन्तर्गत  Scale Up गर्ने,
-वन दशक कार्यक्रमलाई वढी प्रभावकारी बनाउन स्थानीय निकाय तथा सवै सरोकारवालाहरुसंग समेत समन्वय र सहकार्य गर्ने,
-उत्पादित वन पैदावार अथवा वृद्धि मौज्दातको प्रतिफल यसको सदुययोग वा औंद्योगीकरणसंग सम्बन्धित भएकाले उद्यम विकास र वजार व्यवस्थापनका लागि उद्योग व्यवसायसंग सम्बन्धित संघ संस्थाहरुसंगको समन्वय र सहकार्यमा  शर्त सुविधा सहितका संझौता गरी कार्यान्वयन गर्ने,
-वनको दिगो विकास, संरक्षण र उत्पादन वृद्धि प्राविधिक जनशक्तिको क्षमता र कार्यसम्पादनसंग प्रत्यक्षरुपमा सम्बन्धित भएकोले उत्पादन वृद्धिको योजनालाई निश्चित मापदण्ड (गुणस्तर र परिमाण) र अवधि तोकी लक्ष्य निर्धारण गरी कार्यसम्पादन करारमा समावेश गरिनु पर्दछ । यसरी खटाईएका कर्मचारीलाई आवश्यक दक्ष जनशक्ति, श्रोत साधन समेत उपलव्ध गराउने,
-वन ऐनमा व्यवसायिक कवुलियती कार्यक्रमलाई प्रवर्धन हुने गरी संशोधन गर्नु पर्ने

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *