Breaking News

वनको जग्गा होटललाई भाडामा उपलब्ध गराउन सक्ने:मन्त्रीभण्डारी

hotelकाठमाडौं, भदौ १४ । होटल व्यावसायी महासंघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन मंगलबारदेखि चितवनको भरतपुरमा सुरु भएको छ । वन तथा भू-संरक्षणमन्त्री शंकर भण्डारीले महाधिवेशन उदघाटन गरे । महाधिवेशन उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री भण्डारीले होटल व्यावसायीहरुको सुविधाकालागि सरकारले वनमन्त्रालय अन्तर्गतको जग्गा भाडामा उपलब्ध गराउन सक्ने बताउनु भएको छ ।
वन र वन्यजन्तुको संरक्षणका लागि अघिल्लो सरकारले वन मन्त्रालय अन्तर्गतका कुनै पनि खाली जग्गा व्यक्तिगत प्रयोजनका लागि नदिने निर्णय गरेको थियो । तर नवनियुक्त मन्त्री भण्डारीले भने होटल व्यवसायीलाई वन मन्त्रालयअन्तर्गतको जग्गा दिने र त्यसका लागि काठमाडौं फर्किएलगत्तै प्रक्रिया अघि बढाउने बताउनु भएको हो।
कार्यक्रममा व्यावसायीहरुले होटल व्यवसाय २४ घण्टा नै खोल्न पाउनुपर्ने बताएका थिए । स्थानीय प्रशासनले चाँडै होटल बन्द गराउन दबाब दिने गरेको व्यवसायीहरुले गुनासो थियो । सुरक्षा जाँचको नाममा प्रहरीले जुनसुकै बेलामा पनि अमानवीय व्यवहार गरेको भन्दै त्यसलाई रोक्न व्यावसायीहरुले माग गरेका थिए ।राष्ट्रिय महाधिवेशनमा ५३ जिल्लाबाट सात सय प्रतिनिधिहरुको सहभागिता छ । दुईदिने महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, उपाध्यक्षसहित पदाधिकारीमा नौ जना निर्वाचित हुनेछन् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *