Breaking News

दुई महिनामा बल्ल पायो वन विभागले महानिर्देशक

img_0873

img_0879
काठमाडौं, भदौ २६ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्य आज बिदाई भई आजै वन विभागमा कार्यभार सम्हाल्न आउनु भएको छ । आइतबार वन विभागमा आयोजित स्वागत कार्यक्रममा उपमहानिर्देशक डा. अनुपराज शर्माले मन्तव्य सहित उहाँलाई स्वागत गर्नु भएको थियो । नयाँ निर्देशकलाई स्वागत गर्न विभागमा उपत्यकालगायत उपत्यका बाहिरका जिल्लाका वन अधिकृतहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

स्वागत कार्यक्रममा मन्तव्य राख्दै महानिर्देशक आचार्यले अपनत्व र आत्मीयता प्रदर्शन गरेकोमा कर्मचारीहरु प्रति आभार व्यक्त गर्दै सम्पूर्ण कर्मचारीहरुलाई ‘संस्थागत सामूहिक भावानाले काम गर्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नु पर्ने र मैले पनि मेरो भूमिका निवार्ह गदा कुनै आग्रह, पूर्वाग्रह नराखी कार्य सम्पन्न गर्नेछु ,संस्थाको छवि राम्रो भएमात्रै हाम्रो छवि पनि राम्रो हुने र संस्थाकोा प्रगतिमा नै हामीहरुको प्रगति निहितार्थ रहने’ बताउनु भएको छ । गौरीशंकर तिमलाले स्वेच्छिक अवकाश प्राप्त गरेपछि  विगत दुई महिना देखि रिक्त रहेको विभागको महानिर्देशक पदमा आचार्य लाई गत हप्ता वन तथा भू–संरक्षण मन्त्रालयले नियुक्त गरेको थियो । आचार्यले  वन अनुसन्धान तथा सर्वेक्षण विभाग, वन तथा भू–संरक्षण मन्त्रालयको योजना महाशाखा, रेड कार्यान्वयन केन्द्र लगायतमा  काम गरेको अनुभव बटुलिसक्नु भएको छ । खुल्ला प्रतिस्पर्धाबाट सहसचिव पदमा बढुवा हुनुभएका आचार्य वन मन्त्रालयमा बौद्धिक व्यक्तित्वको रुपमा चिनिनुहुन्छ ।

img_0888 img_0894 img_0899

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *