Breaking News

नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघको अध्यक्षमा श्री श्याम सुन्दर ढकाल

image1-1काठमाडौं, भदौ २६ नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघको आज वसेको केन्द्रिय समितिको वैठकले महासंघका अध्यक्ष कपिल अधिकारिले दिनु भएको राजीनामा सर्व सम्मतिले स्वीकृत गरि महासंघका वरिष्ठ उपाध्यक्ष श्री श्याम सुन्दर ढकाललाई अध्यक्षमा चयन गरेको जानकारि महासंघका महासचिव भूपेन्द्र चौलागाईले दिनु भएको छ । नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघको अध्यक्षमै रहेर नेपालगंज उद्योग वाणिज्य संघको अध्यक्षमा प्रतिस्पर्धा गर्न नैतिकताका कारण नमिल्ने भएकोले आफुले २०७३।४।२७ मै राजिनामा दिएर नेपालगंज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारि दिएको निवर्तमान अध्यक्ष कपिल अधिकारिले वताउनु भयो । नव नियुक्त अध्यक्ष श्याम सुन्दर ढकालको कार्यकाल महासंघको आगामि अधिबेशन सम्मका लागि हुने र महासंघले आगामि मंसिर महिना भित्रै अधिबेशन सम्पन्न गरिसक्ने जानकारि महासचिव भूपेन्द्र चौलागाईले बताउनु भयो । मंसिरमा महाधिवेशन गर्ने , विदेशी काठको गुणस्तर मापदण्ड तत्काल निर्धारण गराउने, कमगुणस्तर यूक्त विदेशी काठ आयात भै रहेकोमा त्यस्लाई रोक्ने र वैज्ञानिक वन ब्यवस्थापन गरि स्वदेशमै काठको उत्पादन र आपुर्ति वढाउन सरकारलाई दवाव दिइ सुलभ,सरल र सस्तो मूल्यमा काठ दाउरा सर्वसधाधारणलाई उपलब्ध गराउने कार्य आपनो प्राथमिकतामा रहने वताउनु हुन्छ नवनियुक्त अध्यक्ष श्री श्याम सुन्दर ढकाल । नवनियुक्त अध्यक्ष श्याम सुन्दर ढकाल प्रकाश काष्ठ उद्योग का प्रोपाईटर हुनुहुन्छ .kapil-2 kapil-adhikari

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *