Breaking News

महोत्तरी–धनुषा संयुक्त संघर्ष समितिकाे प्रेस विज्ञप्ति २८ गते मंगलवारदेखि अामरण अनसन हुने ।

भाद्र 27, अध्यक्ष,राम कुमार शर्मा, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद तथा संयोजक महोत्तरी–धनुषा संयुक्त संघर्ष  समितिकाे प्रेस विज्ञप्ति ।

जनकपुर -भिठ्ठामोड राजमार्ग को अवस्था
जनकपुर -भिठ्ठामोड राजमार्ग को अवस्था

मधेश नेपालक उपनिवेश नई, अई बराबरके हकदार !
आर्थिक समृद्धि, विकासकसँग लेव राजनैतिक अधिकार !!
जनकपुर–भिठ्ठामोड (विद्यापति राजमार्ग) लगायतक विकास निर्माणकलेल सर्वदलीय÷सर्वपक्षीय संघर्ष
महोत्तरी–धनुषा संयुक्त संघर्ष समिति
प्रेस–विज्ञप्ति
भाद्र १२ गते जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र दिए पश्चात, भाद्र २० गते देखि २४ गते सम्म जनकपुर–भिठ्ठामोड सडकखण्डको भिठ्ठामोड(मविलारा),जलेश्वर(सिनेमाहल चोक), प्रकौली, पिपरा, सहोडवा(चाँदनी चौक), विन्धि र लादोबेलामा गरिएको धर्ना तथा भाद्र २५ र २६ गते जनकपुर– भिठ्ठामोड सडक खण्डमा गरिएको शान्तिपूर्ण यातायात बन्द र भाद्र २७ गते वर्षाको झरीलाई समेत पर्वाह नगरी मानव सांगलो कार्यक्रम सफलताकासाथ सम्पन्न हुनमा प्रत्यक्ष तथा परोक्षरुपमा विकास निर्माणको संघर्षमा सहयोग गर्ने सहयात्री राजनैतिक दल लगायत सवैपक्षमा समिति धन्यवाद अर्पण गर्दै, आगामी कार्यक्रमहरुमा सम्पूर्ण पक्षको उत्साह जनक सहभागिता हुने कुरामा विश्वस्तताकासाथ हार्दिक अनुरोध गर्दछ ।
आन्दोलन अब तेस्त्रो चरणमा प्रवेश गरेको र भोली अर्थात २८ गते दिनको ११ बजेबाट तेस्त्रो चरणको कार्यक्रम अन्तर्गत जनकपुर–भिठ्ठामोड सडकखण्डको मध्यभागमा अवस्थित, ऐतिहासिक गाउँ पिपरामा आमरण अनसन प्रारम्भ हुने जानकारी गराउन चाहन्छु ।
आमरण अनसनमा बस्नेहरुः १. राम कुमार शर्मा(अध्यक्ष, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद तथा संयोजक,महोत्तरी–धनुषा संयुक्त संघर्ष समिति) २. सत्येन्द्र यादव(युवा नेता, नेकपा माओवादी केन्द्र) ३. रमण कुमार ठाकुर‘ आर.के.रौशन’(युवा नेता, तमलोपा) ४. रञ्जितराज मधेशी(स्वतन्त्र मधेश गठबन्धन) ५. श्रीमति दीपा झा(राजनीतिकर्मी) ।

राम कुमार शर्मा अध्यक्ष, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद तथा संयोजक महोत्तरी–धनुषा संयुक्त संघर्ष समिति
राम कुमार शर्मा
अध्यक्ष, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद तथा संयोजक
महोत्तरी–धनुषा संयुक्त संघर्ष समिति

आमरण अनसन किन
१. सरकारले स्वीकृत गरेको ४ (चार) लेन सडकको निर्माण प्रकृया अविलम्ब प्रारम्भ गराउन
।(सवारी साधन अवागमनलाई सहज बनाउन सडकलाई तात्काल पूर्ण मरम्मत गराउन ।)
२. आर्थिक, पर्यटकीय र अन्तर्राष्ट्रिय महत्वको जनकपुर– भिठ्ठामोड सडकलाई ६ (छ) लेनको सडक बनाउन ।
३. ३०÷४० महिनामा होइन, सडक निर्माण १५(पन्ध्र) महिना भित्र सम्पन्न गराउन ।
४. पेटी कान्ट्रयाक्टरले होइन, प्रमुख निर्माण व्यावसायीद्वारा नै सडक बनाउन ।
५. गुणात्मक सडक बनाउन स्थानीय उपभोक्ताहरु सम्मेलित सर्वदलीय÷सर्वपक्षीय अनुगमन समिति गठन गराउन ।
राम कुमार शर्मा

अध्यक्ष, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद तथा संयोजक
महोत्तरी–धनुषा संयुक्त संघर्ष समिति

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *