Breaking News

नेपाल प्लाईउड उत्पादक संघको साधरण सभा सम्पन्न, अध्यक्षमा प्रदीप चौधरी निर्वाचित

img_0013
काठमाडौं। नेपाल प्लाईउड उत्पादक संघको चितवनको सौराहमा सम्पन्न १७ औं साधरण सम्पन्न भएको छ । होटल जंगल क्राउन प्लाजा सौराहामा भदौ २४ र २५ गते  भएको साधरण सभाले निर्वाचन मार्फत नयाँ कार्य समित चयन गर्दै समापन भएको हो  ।

img_0069

aaaa

साधरण सभाले गरेको निर्वाचन बाट प्रदीप कुमार चौधरी अध्यक्ष पदमा निर्वाचित भएका छन् । आगामी दुई वर्षे कार्यकालको लागि उक्त साधारण सभाले चौधरीको नेतृत्वमा तेह्र सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

img_0021

नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा होमप्रसाद घिमिरे,उपाध्यक्षमा दीपेन्द्र पोखरेल, भुपाल कार्की र मनोज कनोडिया निर्वाचत भएका छन् । त्यस्तै महासिचव पदमा सन्तोषमान श्रेष्ठ, सचिवमा अनिल शर्मा, कोषाध्यक्षमा मनोज चित्लाङ्गिया चयन भएका छन् ।सदस्यहरुमा गेहेन्द्रमान श्रेष्ठ, प्रकाश राठी, विनय गोयल, विकास गोयल (झापा), र विकाश गोयल (मलंगवा) निर्वाचित भएका छन् ।

img_0029

साधरण सभाको उद्घाटन वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले गर्नु भएको थियो ।  साधरण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले ‘किसान र प्लाईउड उद्यमीलाई जोड्न यस क्षेत्रमा हुने ढीला सुस्ति हटाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई निजी वनको विकास गर्नुपर्ने बताउनु भयो ।

img_0224

उक्त साधारण सभामा बोल्दै संघका संस्थापक अध्यक्ष देव आनन्द सरावगीले ‘छ अरब भन्दा बढी निजी लगानी भई सरकारलाई वार्षिक एक अरब भन्दा बढी कर तिरिरहेको हुनाले नेपाल सरकारले यस क्षेत्रका समस्याहरु सम्बोधन गर्नुपर्ने’ बताउनु भयो ।

img_0124

त्यस्तै संघको साधरण सभामा बोल्दै निजी वन सरोकारवाला महासंघका महासचिव विष्णुप्रसाद ज्ञवालीले पूर्व वनमन्त्री महेश आचार्यले वन क्षेत्रमा निजी क्षेत्रको सहभागिताको लागि थाल्नु भएका प्रयासहरुलाई संस्थागत रुपमा कार्यान्वयन गरेमा मात्रै पनि निजी क्षेत्रको साथ र सहभागिताले राष्ट्रको विकास र समृद्धीमा योगदान पुर्याउने बताउनु भयो । साथै उहाँले पूर्वमन्त्रीले ल्याएका कार्यक्रमहरुलाई यस सरकारले पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

bishnu

सो कार्यक्रममा निजामती सेवा राष्ट्रिय पुरष्कार प्राप्त गर्ने चितवनाका जिल्ला वन अधिकृत गणेश रायलाई मन्त्री भण्डारीले सम्मान गर्नु भएको थियो ।

img_0185

 पाँच बुँदे घोषणपत्र जारी

“प्लाईउड उद्योगको विकास र विस्तार,कृषक र राष्ट्रको सम्न्नती” भन्ने नाराका साथ सम्पन्न भएको साधरण सभाले पाँच बुँदे सौराहा घोषणपत्र–२०७३ जारी गरेको छ । प्रस्तुत छ,नेपाल प्लाईउड उत्पादक संघको १७ औं साधारण सभाले जारी गरेको पाँच बुँदे घोषणपत्र :

१.प्लाईउड उद्योगमा कच्चा पदार्थको रुपमा उपयोगमा आउने प्रजातिहरु उत्तिस,मसला, लहररेपीपल लगायतका नरम काठहरुका कटानी,ढुवानी, ओसार पसार र बिक्री वितरणका लागि कृषि उपज सरह खुल्ला बजारमा निबार्ध बिक्री वितराणगर्न पाउने व्यवस्था गरियोस् ।

२.किसानले निजी जग्गमा लगाएका रुखहरुको सुरक्षाको लागि बीमा र सहुलियतपूर्ण ऋण तथा अनुदानको व्यवस्था सरकारी तथा वित्तीय क्षेत्रबाट गरियोस् ।

३.उच्च प्रविधियुक्त नर्सरी  टिस्यु कल्चर)को विकास र विस्तार केन्द्रीय तथा क्षेत्रीय स्तरमा गर्न पाविधिक सहयता सहित वन विकास कोषको रकम उपभोग गरियोस् ।

४.वन विकास कोषमा संघका सदस्यहरुले गरेको योगदानलाई उच्च मूल्याङ्कन गरी वन विकास कोषको रकम तत्काल उपयोग गर्न संघको प्रतिनिधित्व हुने गरी  उपयुक्त संरचना निमार्ण गरियोस् ।

५.उपयोगमा आउन नसकेका सारकारी पर्ति लीलामी जग्गा तथा हैसियत बिग्रेका वन क्षेत्रहरु प्लाईउड उद्योगका लागि कच्चा पदार्थ आपूर्ति तथा पर्यावरण संरक्षणका लागि वन क्षेत्र स्थापनाार्थ वृक्षारोपण गर्न सहुलियतमा उपलब्ध गराइयोस् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *