Breaking News

चितवन राष्ट्रिय निकुञ्जले २० अर्ना र २५ वटा बाह्रसिङ्गे ल्याउने

काठमाडौं— बाघ, गैँडाको मुख्य बासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जले २० वटा अर्ना र २५ वटा वटा बाह्रसिङ्गे ल्याउने गरी तयारी थालेको छ । निकुञ्जले  कोसीटप्पु वन्यजन्तु आरक्षबाट अर्ना र शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट संरक्षित वन्यजन्तु बाह्रसिङ्गे ल्याउन लागेको हो । सो कार्यको लागि निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पदमपुर क्षेत्रमा अर्ना र बाह्रसिङ्गे राख्न ‘इक्लोजर’ निर्माणका प्रक्रिया सुरु गरिसकेको छ । बाघ पस्न नसक्ने सुरक्षित क्षेत्रलाई इन्क्लोजर भनिन्छ । करिब ३० हेक्टर क्षेत्रफललाई सुरक्षित बनाएपछि मात्रै अर्ना र बाह्रसिङ्गे ल्याइने निकुञ्जले जनाएको छ ।
14389833_1212952785435046_1701954064_n
हरियो वन कार्यक्रमले तार, जालीलगायत आवश्यक सामग्री खरिदको काम थालेको र निकुञ्जले अन्य आवश्यक काम गरिरहेको गरिरहेको छ । कोसीटप्पुमा अहिले ४३२ वटा अर्ना रहेका छन् । त्यसमध्ये २० वटा चितवन ल्याइन लागिएको हो । चितवन निकुञ्जले पानीको स्रोतहरु, ताल, घाँसेमैदान सबै व्यवस्थापनको काम गर्दै आएको छ  अहिले दुई हजार २०० भन्दा बढी बाह्रसिङ्गे शुक्लाफाँटामा छन् भने बर्दियामा एक सय जति छन् । अर्ना भने कोसीमा मात्रै पाइन्छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *