Breaking News

बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

काठमाडौं— बर्दिया जिल्लामा जंगली हात्तीको आक्रमणमा परी दुईजना सर्वसाधरणको ज्यान गएको छ ।   बिहीबार राति सूर्यपटुवा–४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ ।   सूर्यपटुवा–४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमणमा परेका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा राति मृत्यु भएको हो ।

त्यस्तै, बिहीबार राति नै सात बजे खेती कुर्न बनाइएको मचानमा जाग्राम बसेका सूर्यपटुवा–४ डल्लाका ७२ वर्षीय पुरुवा थारू पिसाब फेर्न मचानबाट ओर्लिने क्रममा जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका र उनको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न लैजाने क्रममा राति नै बाटोमा मृत्यु भएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *