Breaking News

वन ऐन संशोधनको तयारी

samiti

काठमाडौं ।  वन ऐनलाई समयसापेक्ष रुपमा संशोधन गर्न व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिमा दफावार छलफल सुरु भएको छ । वि.सं २०४९ मा बनेको वन ऐनलाई २४ वर्ष पछि आएर संशोधन गर्ने तयारी भएको हो ।

ऐनको संशोधन सम्बन्धमा सांसद प्रेम सुवाल र अनुराधा थापामगर तथा सांसद राजाराम स्याङ्तानसहित नौजना सांसदले २० बुँदे संशोधनको प्रस्ताव पेस गरेका छन् । बैठकमा सांसदहरुले विधेयकको दफावार छलफलमा भाग लिई आफ्ना धारणा राखेका छन् ।

बैठकमा वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले वनबाट राज्य र जनताले बढीभन्दा बढी लाभ लिन सकून् भनेर ऐनलाई समयसापेक्ष संशोधन गर्न लागिएको बताएका छन् ।  वन अतिक्रमण हटाउन, वैज्ञानिक विधिबाट काठको उत्पादनमा वृद्धि गरी विदेशी काठको आयात विस्थापन गर्न र ढलापडा काठको उचित सदुपयोग गर्न पनि ऐन संशोधनको आवश्यकता परेको मन्त्री भण्डारीले  भनेका छन् ।

समितिका सभापति जनकराज चौधरीको अध्यक्षतामा भएको बैठकमा बोल्ने अधिकांश सांसदले विधेयक शीघ्र पारित गरी मुलुकभरका वनमा भएको अतिक्रमण हटाउन र वनको अवस्थामा सुधार ल्याई जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने धारणा राखेका थिए   ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *