Breaking News

चितुवाको छालासहित तीनजना पक्राउ

sg_myagdi-chutiwa-ko-chala-1-copy
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक थान चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले गैरकानुनीरुपमा चितुवाको छाला ओसारपसार गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–३५ जडिबुटीबाट आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल घर भई हाल जडीबुटी बस्ने टीकाराम श्रेष्ठ, काभ्रेपलाञ्चोक पाँचखालका पञ्चलाल तामाङ र देवीटारका मोते तामाङ रहेका छन् ।

उनीहरुलाई गैरकानुनी ओसारपसार निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पठाएको प्रहरीले जनाएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *