
जिल्ला वन कार्यालय धादिङबाट जिल्ला धादिङ निलकण्ठ नगरपालिका वडा नं. ८ स्थित अमरावती सामुदायिक वनमाअतिक्रमण गरी निर्मित रेडियो धादिङ समेतका भौतिक संरचनाहरु हटाइएको सम्बन्धमा प्रेस नोट :
- रेडियो धादिङ १०६ मेगाहर्जले अमरावती सामुदायिक वन क्षेत्र अतिक्रमण गरी स्टेशन भवन निर्माण गरी रेडियो संचालन गरेको भन्ने जनगुनासो आएको र सो सम्बन्धमा विभिन्न संचार माध्यमहरुबाट मिति २०७३।४।१९ गते समचार संपे्रषण समेत भएको ।
- जिल्ला वन कार्यालय धादिङबाट मिति २०७३।०४।२० मा जिल्ला वन अधिकृत समेतका कर्मचारीहरुले अमरावती सामुदायिक वन क्षेत्रको स्थलगत निरिक्षण गर्दा रेडियो धादिङले उल्लेखित सामुदायिक वन क्षेत्र अतिक्रमण गरी दुईतले पक्कीभवन निर्माण गरी एफ.एम संचालन गरेको र नजिकै सहयात्री समाज नेपाल भन्ने गैरसरकारी संस्थाले समेत १तले पक्किभवन बनाई स्नेह केन्द्र (सेफ हाउस) संचालन गरेको देखिएको ।
- जिल्ला वन कार्यालय धादिङको च.नं. ११० मिति २०७३/०४/२१ को पत्रबाट वन क्षेत्रको जग्गा अतिक्रमण गरी घर बनाएकोमा कानुनी आधार प्रमाण के छ तुरुन्त पेश गर्नु, अन्यथा ७ दिनभित्र उक्त जग्गा खालीगर्नु, ७ दिन पछिपनि घर जग्गा खाली नगरी अवैध रुपमा रेडियो संचालन कार्य जारी राखेमा जुनसुकै वखत उक्त वन क्षेत्र खाली गराई कानुन बमोजिम कार्वाही समेत गरिने भनी रेडियो धादिङ १०६ मेगाहर्जलाई जानकारी गराइएको ।
- रेडियो धादिङले यस कार्यालयको उल्लेखित पत्र बमोजिम वन क्षेत्रको जग्गामा भवन बनाई रेडियो संचालन गर्ने कानुनी आधार प्रमाण पेश गर्न नसकेको हुँदा मिति २०७३।४।३० गते वन क्षेत्रको जग्गा खाली गराउन यस कार्यालयबाट स्थानीय प्रशासन र प्रहरी समेतको सहयोगमा डोजर लगी घर भत्काउन खोज्दा रेडियो धादिङका प्रतिनिधिहरु समेतको उश्रृङखल भिडले अवरोध खडा गरी ढुंगामुढा गरी डोजरको सिसा समेत फुटाउनुका साथै सुरक्षाकर्मी माथि नै ढुंगाप्रहार भएकोले संयम अपनाई सो दिन बल प्रयोग नगरी फिर्ता हुन परेको ।
- मिति २०७३।६।७ गते विहान ५ः०० बजेको समयमा उक्त रेडियो धादिङको स्टेशन भवन र सो भवन नजिकैको वन क्षेत्र मै बनेको स्नेह केन्द्र (सेफ हाउस) समेतलाई स्थानीय प्रशासन, प्रहरी, डिभिजन सडक कार्यालय भरतपुर चितवन समेतको सहयोगमा भत्काई अतिक्रमित जग्गा खाली गरिएको ।
- मिति २०७३।६।७गते का दिन उक्त अतिक्रमण नियन्त्रण गर्ने सन्दर्भमा कुनै किसिमको बाधा अवरोध नआएको, मानवीय क्षति नभएको, कसैलाई चोटपटक नलागेको र कसै प्रतिदुव्र्यवहार समेत नभएको ।