मकवानपुर , असोज ७ । जिल्ला वन कार्यालय , मकवानपुर ,मकवानपुर जिल्लाको ४० वटा सामुदायिक वन उपभोक्ता समुह, गाउ विकास समिति, परिवर्तन नेपाल तथा जैविकवातावरण संरक्षण संजाल समेत को संयुक्त आयोजना मा फाफरवारि गा.वि.स. खुल्ला चरिचरण मुक्त क्षेत्र घोषणा सभाको आयोजना गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि माननीय वन तथा भू संरक्षण मन्त्री शंकर भण्डारि , विशेष अतिथिहरु मकवानपुर जिल्लाका माननीय सासद इन्द्र वहादुर वानिया,ससदका ब्यवस्थापिका वातावरण समितिका माननीय सासद वीर वहादुर वलायर , वन मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेल लगायत मकवानपुर जिल्लाका राजनैतिक दलका प्रतिनिधिहरु , कार्यालय प्रमुखहरु र स्थानीय गैससका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । फाफरवारि गा.वि.स. खुल्ला चरिचरण मुक्त क्षेत्र घोषणा गर्न ४० वटा सामुदायिक वन उपभोक्ता समुहले जिल्ला वन अधिकृत राजेन्द्र न्योपाने समक्ष प्रतिवद्धता जनाई हस्ताक्षर गरे पछि कार्यक्रमका प्रमुख अतिथि माननीय वन तथा भू संरक्षण मन्त्री शंकर भण्डारि ले फाफरवारि गा.वि.स. लाई खुल्ला चरिचरण मुक्त क्षेत्र घोषणा गर्नु भएको थियो । जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेले स्वागत मन्तब्य वाटै घोषणालाई ब्यवहारमा उतार्न आब्हान गर्दे वन संरक्षण सम्वन्धि गीत गाउन शुरु भएपछि घोषणा सभामा उल्लासमय वातावरण छाएको थियो । स्थानीय समुदायले फाफरवारि गा.वि.स. खुल्ला चरिचरण मुक्त क्षेत्र घोषणा कार्यक्रमलाई भब्यताकासाथ प्रचार प्रसार युक्त वनाउन नाचगान समेत गरेका स्थानीय समुदायलाई प्रमुख अतिथि वन मन्त्री शंकर भण्डारि तथा वन सचिव कृष्णचन्द्र पौडेलले समेत नाचगानमा स्थानीय समुदायलाई साथ दिनु भएको थियो ।