Breaking News

काठ पहिचानका अवश्यकता र समस्या

लजमिना जोशी,वनस्पति विज्ञ
लजमिना जोशी, वनस्पति विज्ञ

परिचय

नेपालको ३९.६५% भूभाग वनले ढाकेकोछ । जसमा ५,५०० जातका फूल फूल्ने बिरुवाहरु पाईएका छन् । ती मघ्य १,००० जातका बिरुवाहरु रुख जातिका पर्दछन् । यी रुखहरुबाट काठको उत्पादन हुन्छ । काठ एउटा यस्तो बहु उपयोगी बस्तु हो जसको प्रयोग परापूर्वकाल देखि विभिन्न उदेश्य पूर्णकालागि प्रयोगमा ल्याइएको छ । जस्तै भवन निर्माण, पुल, जहाज र डुङ्गा, खम्बा, रेल्बे स्लिपर, फर्निचर  इत्यादि बनाउनमा । त्यस्तै काठको लेदो (Pulp) कागज बनाउन । यसैले प्राकृतिक बन स्रोतको आय आर्जनमा काठले मुख्य भुमीका खेलेको छ । व्यपारिक प्रयोगमा ल्याइएका सबै काठहरुको आ आफ्नै यान्त्रिक शक्ति (Mechanical Qmrength) भौतिक गुणहरु तथा उपयूक्तता (Physical Properties and suitabliifity) छन् । यी गुणहरु फरक फरक काठमा फरक फरक हुन्छन्। काठको आफ्नै भौतिक तथा रसायनिक गुणहरु (Physical and Chemical Properties) भएको कारणले मानवहरुको लागि यो एउटा आथिक दृष्टिकोणले  प्राकृतिक देन मानिन्छ ।

पहिचान कसरि गरिन्छ ?

नेपालमा काठको पहिचान सम्बन्धी बैज्ञानिक तवरले खासै अध्ययन भएको छैन । बैज्ञानिक तवरले काठको पहिचान बाहिरी तथा आन्तरिक संरचना (Morphological and Anatomical structure) को विस्तृत अध्ययनबाट हून्छ । प्राकृतिक बनमा धरै किसिमका काठहरु हुन्छन् । सबै काठहरुको भिन्दा भिन्दै गुणहरु हुन्छन् । यी भिन्दा भिन्दै गुणहरुको कारणले कुन काठ कुन चिजमा प्रयोग गरिन्छ त्यसबारे जानकारी गराइन्छ । काठमा  काम गर्नेहरू, बन श्रमिकहरु प्रायःतया काठको पहिचान रुखको बोक्रा (चिल्लो र खस्रो, चाक्लो र बिचको भित्री भाग)  गोलो, अण्ङाकर, त्रिकोण तथा चारपाटे भएका, रंग र वासना आदिको आधारमा पहिचान गर्दछन् । यी हून् बाहिरी बनावटका केही बुदाँहरू । तर आन्तरिक संरचनाको अध्ययनबाट  साधारणतया कडा काठमा (Hard Wood) चार किसिमका आधारभूत xylem elements  जस्तै vessel, fiber, rays / axial parenchyma  पाइन्छन् । यी चार तत्वहरु (elements) दुइ जातका रुखको बिचमा र एउटै प्रजातिका रुखभित्र पनि संरचनाहरुको व्यवस्था (arrangement) र सापेक्षिक अनुपात (relative proportion) फरक फरक भएको हुन्छ । यीनीहरुकै कारणले कुन काठ केमा प्रयोग हुन्छ त्यस्को गुणस्तरीय प्रयोगबारे जानकारी हुन्छ । यी गुणहरु जसले काठलाई बिशेष प्रयोगमा ल्याउन मद्दत पुर्याउन्छ त्यस्लाई प्राबिधिक गुण (Technical properties)  भनिन्छ । काठका यी सबै गुणस्तरिय गुणहरुलाई समेटेर बैज्ञानिक अथवा व्यापारिक नाम (Scientific or Trade name) अन्तरगत मिलाएर राखेको   हुन्छ । त्यसकारण काठको पहिचानले काठमा काम गर्नेहरु जस्तै सिकर्मी, इन्जिनीयर, आर्किटेक्त, काठ व्यापारी अदिलाई काठमा भएको प्राबिधिक गुणसंग मिलाएर अथवा दाजेर हेर्ने मौका दिन्छ । जस्को फलस्वरुप काठको उचित प्रयोजन हुन्छ ।

काठको पहिचानको लगि Xylariorumको धेरै आवश्यकता छ । Xylariorum एउटा काठको नमुनाहरुको भण्डार हो जहाँ बिभिन्न ठाउँहरूबाट नमूना संकलन गरेर, सूकाएर, संकलन मिति, ठाउँ, उचाइ भएको लेबेल राखेर राम्रोसंग भण्डार गरेको हुन्छ । यस्को स्थापनाले काठको नमुनाहरुको संरक्षण र अभिलेख गर्न र अनुसन्धान कर्ताकोलागि सान्दर्भिक सामग्री (Reference material) को रुपमा प्रयोग गर्न मद्दत गर्दछ । त्यसैले Xyariorym काठ प्रयोग गर्ने जनसाधारण, बनका बिद्यार्थीहरु आदिले काठका नमुनाहरु ल्याएर त्यहाँ संरक्षित काठका नमुनाहरुसँग दाजेर काठको पहिचान गर्न सकिन्छ ।

काठको पहिचानको आवश्यकता

नेपालमा १००० प्रजातिका रुखहरु मध्ये ८५ प्रजातिका रुखका काठहरुलाई व्यापारिक दृष्टिले उपयोग गर्न सकिन्छ तर अहिलेसम्म जम्मा ४० प्रजातिका काठहरु मात्र प्रयोगमा ल्याईएका छन ्। किनकि अरु काठहरुको प्रजातिको बैज्ञानिक अनुसन्धान तथा अध्ययन  भएको छैन । यसकारण अरु प्रजातिका काठहरु पनि यसमा समावेश गरी प्रयोगमा ल्याउन चाहेमा उक्त काठहरुको पहिचान सम्बन्धी गहिरो अनुसन्धान तथा अध्ययन गर्न अति अवश्यक भएको छ । नेपालमा ब्यापारिक दृष्टिकोणले सबभन्दा बढी प्रयोग हुने काठहरूका प्रजातिहरू जस्तै – उतिस, कालो शिरिस, सेतो शिरिस, कदम, सिमल, सिसौ, आँप, रक्तचन्दन, पैँयु, सतिसाल, चिलाउने, विजयसाल, खस्रु, लालिगुराँस, साल, टिक, हर्रो, बर्रो, साँज, सल्ला, रानीसल्ला,  अदि । साधारणतया स्थानीय मानिसहरूले काठको पहिचान बाहिरबाट सरसरती हेरेर काठको रँग, वजन र गन्धको आधारमा गरिन्छ । त्यसैले काठको दुरूपयोग हुने धेरै सम्भाबना हुन्छ । दुरूपयोग हुन सक्ने सम्भाबित कारणहरू यसप्रकारका छन् ।

  • सबै काठहरूको पहिचान नभएको हुनाले
  • काठको बनावट, गुण र उपयोगिता बारे बृष्त्रित अध्ययन नभएको
  • काठ उद्योगमा दक्ष तथा तालिम प्राप्त जनशक्तिको अभाब

नेपालमा काठको पहिचानको अति आवश्यकता   छ । किनकि यस्ले काठको चोरि निकासीलाई नियन्त्रणमा ल्याउन मद्द्त पु¥याउँदछ । जस्तै रक्तचँन्दन र चन्दनको अबैध व्यपारमा काठको पहिचानले ठूलो भुमिका खेलेको छ । त्यस्तै लोप हुनलागेका काठहरुको सरक्षण गर्न मद्दत प्¥याउँदछ । जस्तै सालमा पाउने गुणहरु अरु काठमा पाइएमा सालको बिकल्पमा अर्को काठको प्रयोग गर्न सकिन्छ जसद्वारा सालको संरक्षण    हुन्छ ।

रुख प्रयोगकर्ताले गुणस्तरीय काठका बिषेशताहरु (Wood Characteristics) जस्तै उच्च लचिलोपना (High elasticity), (High tenslie strength), (High resistance power to fungal decay) ईत्यादि भएकोलाई समावेश गरी गुणस्तरिय काठहरु उत्पादन गर्न सक्षम हुन्छन् । यसले काठको बर्गिकरण (grading) पनि राम्रो संग हुन्छ । राम्रो संग बर्गिकरण गरिएको काठले राष्ट्रको आम्दानी गर्नमा बढावा  दिन्छ । यसरी काठको निकासामा गलत पहिचान, काठको निम्न बर्गीकरण तथा निम्न मूल्याङकनको कारणले राष्ट्रको आम्दानिमा ह्रास आएकोमा कमी गर्दछ । यस बाहेक राम्रो जानकारी भएको काठको बनावटको बारे थाहा भएमा र यदि यसको कमी भएमा, उक्त काठको ठाऊँमा अर्को कम जानकारी भएको काठलाई प्रयोगमा ल्याउन मद्दत गर्दछ । जस्तै भूकम्पले ढलिएका पुरातात्विक मन्दिरहरू तथा एतिहासिक महत्वका घरहरूमा प्रयोग गरिएका काठहरूको पहिचान नभएको हुदा ति मन्दिरहरू तथा घरहरूको जिर्णोद्दार गर्न काठको कमी महशुस गरिएको छ । यदि समयमा पहिचान भएको भए यो समस्या आइपर्दैन्थे । किनकि पहिला प्रयोगमा ल्याइएका काठहरूको गुणहरूबारे थाहा भएको भए त्यस काठको ठाउंमा अर्को काठलाइ विकल्पमा प्रयोग गरी समस्या हल गरिन्छ ।

काठको पहिचान नहुदा काठका उध्योगहरूबाट विभिन्न काठहरू प्रयोग गरी विभिन्न सामान उत्पादन गर्नमा असक्षम भएको छ । काठहरूबाट हुने लाभहरूबाट बन्चित हुन परेको छ । यसैले काठको पहिचानले राष्ट्रको हितमा ठूलो योगदान पु¥याएकोे छ । बन श्रमिकहरू बनमा भएका रूख बिरूवाहरूको धेरै ज्ञान भएको हुन्दा उनिहरूलाइ काठको पहिचान सम्बन्धि तालिम दिएमा उनिहरूलाइ काठको विभिन्न उध्योगहरूमा रोजगारीको अबसर दिन सकिन्छ ।

समस्या –

काठको पहिचान गर्न निम्न लिखित समस्याहरु   छन् ।

  • काठको पहिचान सम्बन्धी Identification manual को कमी ।
  • काठको पहिचानको सान्दर्भिक सामग्री तथा यसको विस्तृत अध्यनको कमी ।
  • तालिम प्राप्त तथा दक्ष जनशक्तिको अभाव जसले गर्दा काठको पहिचानमा कमी ।
  • काठको प्रयोगकर्ताहरुलाई काठको पहिचानको आवश्यकता बारे जानकारी नभएको ।
  • काठको संरक्षण, अभिलेख र काठका नमुनाहरुको आदान प्रदान गर्न Xylariorum को राम्रो व्यवस्था नभएको ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *