Breaking News

नेपाली वनजंगलमा पाँच करोड ५० लाख टन कार्बन सञ्चित

08032016073049forest-1000x0

काठमाडौं । नेपालका वनजंगलमा अर्ब पाँच करोड ५० लाख टन कार्वनसञ्चित छ । विश्व बजारमा नेपालको कार्वनबिक्रीको चर्चा चलिरहेका बेला नेपाल सरकारले पहिलोपटक नेपालमा कार्बनको अवस्थाबारे अध्ययन गरेको हो ।

फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा गरिएको अध्ययनअनुसार नेपालमा औसत १७६.९५ टन कार्वनप्रतिहेक्टर छ । उच्च हिमाली र पहाडी भेगमा सबैभन्दा धेरै कार्वनसञ्चित छ ।

अन्तर्राष्ट्रिय बजारमा समेत अब कार्वनबिक्रीका लागि छलफल प्रक्रिया अघि बढाउने आधार नेपालसँग तयार भएको छ । वनको समग्र अवस्था र कार्वनसञ्चितीबारे आकर्षक तथ्य सार्वजनिक गर्दै नेपालको वनक्षेत्रको पहिलो विस्तृत सर्वेक्षण वनस्रोत सर्वेक्षण औपचारिक रूपमा बुधबारदेखि सकिएको छ ।

सर्वेक्षणको प्रतिवेदन गत वर्ष नै सार्वजनिक हुनुपर्ने भए पनि प्रतिवेदनको विश्वसनीयतामा प्रश्न उठेकाले सार्वजनिक गरिएको थिएन । केराबारी, चिया बगान तथा अन्य क्षेत्रलाईसमेत बनमा समावेश गरेको भन्दै तयार भएको प्रतिवेदन वनतथा भूसंरक्षण मन्त्रालयका सहसचिवको संयोजकत्वमा भएको विश्वसनीयता मापन समितिले अस्वीकार गरेको थियो ।

अहिले भने ती सबै समस्या समाधान गरी प्रतिवेदनका निष्कर्ष केही अघि सार्वज्निक गरिएको थियो । वनअनुसन्धान तथा सर्वेक्षण विभागका महानिर्देशक प्रकाश माथेमाले सबै गल्तीकमजोरी सुधार गरेर प्रतिवेदन सार्वजनिक गरेको प्रस्ट पारे ।

२६ वर्षपछि भएको वनस्रोत सर्वेक्षण तथा अनुसन्धानले ५ प्रतिशतभन्दा बढीले वनबढेको तथ्य पनि बाहिर ल्याएको छ । नेपालको कुल भूभागको ४४.७४ प्रतिशत क्षेत्र वनतथा बुट्ट्यानले ढाकेको तथ्यांक छ ।

सन् १९९० को सर्वेक्षणअनुसार वनर बुट्ट्यान गरी ३९.६ प्रतिशत क्षेत्र वनतथा बुट्ट्यानले ढाकेको थियो । वनसर्वेक्षण २०१६ अनुसार ४०.३६ प्रतिशत क्षेत्र (५९ लाख ६२ हजार हेक्टर) घना जंगलले र ४।३८ प्रतिशत (६ लाख ४८ हजार हेक्टर) बुट्ट्यानले ढाकेको छ ।

यसपटकको अनुसन्धानले ०.५ हेक्टरभन्दा बढी क्षेत्रमा वनभएका सबै भूभागलाई समेटेको जानकारी वनस्रोत सर्वेक्षणमा समावेश गरिएको थियो । २६ वर्षअघिको सर्वेक्षणले भने बनका यति साना टुक्रालाई अध्ययनमा समावेश नै गरेको थिएन ।

समग्र वनक्षेत्र बढेको सुखद तथ्यांक सार्वजनिक भइरहँदा तराईमा भने बनको अवस्था झन् नाजुक बनेको छ । नेपालमा सबैभन्दा धेरै वनमध्यपहाडी क्षेत्रमा ३७.८० र उच्च पहाडी र हिमाली भेगमा ३२.२५ छ । कुल वन क्षेत्रको ६.९० प्रतिशत वनक्षेत्र मात्रै तराईमा छ भने २३.०४ प्रतिशत वनचुरे क्षेत्रमा छ ।

सर्वेक्षणअनुसार वनक्षेत्रमा १० सेमिभन्दा बढी व्यास भएका रूखको संख्या २ अर्ब ५६ करोड ३३ लाख छ । यसैगरी काण्डको कुल आयतन ९८ करोड २३ लाख घनमिटर रहेको अनुमान गरिएको छ । यसको अर्थ नेपालमा ठूला रूख बढेका छन् भने साना रूखको संख्या न्यून छ । बूढा रूख हटाउने र साना रूख बढाउँदा मात्रै बनको दिगो व्यवस्थापन हुने अध्ययनको निष्कर्ष छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *