Breaking News

चितुवाको छाला सहित दुई जना पक्राउ

sg_myagdi-chutiwa-ko-chala-1-copy

काठमाडौं, असोज १९ । दाङमा चितुवाको छाला सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देउखुरीको लमही बजारबाट एक थान चितुवाको छाला सहित सिसहनिया १ बस्ने ४९ वर्षिय टेकबहादुर केसी र लालमटिया ८ बस्ने ४५ वर्षिय मुक्तबहादुर थापालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

चितुवाको छाला बोकेर हिडिरहेको गोप्य सुचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहिका प्रमुख, प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिए ।

आफूहरुलाई अरुले भरिया मात्रै बनाएको र आफूहरु कारोबारी नभएको उनिहरुले वयान दिएका छन् । पक्राउ परेका व्यक्ति र चितुवाको छालालाई प्रहरीले आवश्यक अनुसन्धान र कारबाही लागि जिल्ला वन कार्यालयमा बुझाएको खड्काले जानकारी दिएका छन् ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *