Breaking News

निजी जग्गाबाट ६० हजार घनफिट काठ उत्पादन

%e0%a4%95%e0%a4%be%e0%a4%a0-katha

नवलपरासी । निजी आवादी जग्गाबाट करिब ६० हजार घनफिट काठ उत्पादन हुँदै आएको छ । जिल्ला वन कार्यालयका अनुसार आधाभन्दा बढी वन पैदावार आपूर्ति निजी आवादीबाट भएको हो । बढ्दो वन पैदावार आपूर्तिमा निजी आवादीबाट उत्पादन हुने काठ दाउराले वन पैदावार आपूर्तिलाई सहज बनाएको छ ।

निजी वन, व्यक्तिको घर खेतमा रहेका रुख बिरुवा कटान गरी आव २०७२/७३ मा ५९ हजार ३९३ घनफिट काठ उत्पादन भएको छ भने ९२ चट्टा दाउरा समेत उपलब्ध भएको छ ।

गत आवमा जामुन, सिमल, सिसौ, आँप, टिक र अन्य प्रजातिका काठ कटान गरी जिल्लाभित्र र जिल्ला बाहिर आपूर्ति गर्न छुट पुर्जी प्रदान गरिएको छ । त्यसबाट रु १६ लाख २२ हजार राजस्व सङ्कलन भएको बताइएको छ

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *