Breaking News

ब्राजिलमा हालसम्मकै सबैभन्दा ठूलो डाइनासोरको कङ्काल भेटियो

14593205_1231350876928570_746042491_n

काठमाडौं । ब्राजिलका जीव वैज्ञानिकहरुले अति भीमकाय डाइनासोरको कङ्काल फेला पारेका छन्। भेटिएको कङ्कालको बनोट अनुसार उक्त डाइनासोर जीवित छँदा कम्तीमा पच्चिस मिटर लामो हुनुपर्ने अनुमान गरिएको छ।

यसअघि आफ्नो देशमा कहिल्यै नदेखिएको सो डाइनासोर हालसम्मकै सबैभन्दा विशाल भएको दाबी गरिएको छ। “अस्ट्रोपोसिडन म्याग्निफाइकस” नाम दिइएको सो डाइनासोर लामो घाँटी र पुच्छरसहितको विकसित शरीर, शरीरको तुलनामा सानो खप्पर भएको शाकाहारी “टिटानोसोर्स” प्रजातिको सदस्य रहेको समेत रियो डे जानेरियोमा अवस्थित भू–विज्ञान सङ्ग्रहालय ९अर्थ साइन्स म्युजियम० का वैज्ञानिकहरुले बताएका छन्।

हाल फेला परेका प्रजातिका डाइनासोर १४ करोड पचासलाख वर्ष अघिदेखि छ करोड साठीलाख वर्ष अघिसम्म पृथ्वीमा बिचरण गरिरहेका विश्वास गरिएको छ।

वर्तमान विश्व मानचित्रमा दक्षिण अमेरिकाका केही खण्ड, अफ्रिका, आन्टार्टिका र ओसेनिया पर्ने पृथ्वीको भूभागमा यस्ता खाले डाइनासोरको अस्तित्व रहेको पनि अनुमान गरिएको छ।

ब्राजिलका फोसिल वनस्पति विज्ञानविद् लिवेलिन इभोर प्राइसले मक्किएर जम्न लागेको उक्त मेरुदण्ड कङ्काल सन् १९५० मै देखेका थिए ।

यस बारे अध्ययन, अनुसन्धान पूरा हुन नपाउँदै सन् १९८० मा वैज्ञानिक प्राइसको मृत्यु भएकाले यस तथ्य ओझेलमा पर्न गयो। तर सम्बन्धित वैज्ञानिकहरुले यसको अध्ययन, अनुसन्धानलाई निरन्तरता दिइरहेका थिए ।

प्राइसको मृत्यु भएको छत्तीस वर्षमा सो अध्ययन, अनुसन्धान पूरापछि डाइनासोरको उक्त कङ्कालको इतिहास र यथार्थ खुलासा भएको हो।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *