Breaking News

मानव वन्यजन्तु द्धन्दः संक्षिप्त जानकारी

–रोशन शेरचन, वातावरणीणय सुशासन कार्य समूह,नेपाल
रोशन शेरचन, वातावरणीणय सुशासन कार्य समूह,नेपाल

१.पृष्ठभूमि

सदियौंदेखि मानव र वन्यजन्तु परस्परमा निर्भर रहिआएको छ ।  यी दुई बिच प्राकृतिक(जैविक सम्बन्ध छ, खाद्यजालो मार्फत एक प्राणीको अस्तित्व नाशिदा, खाद्यजालो प्रभावित भई अर्को प्राणीको अस्तित्व पनि संकटमा पर्छ । मानव वन्यजन्तुका धेरै सम्बन्धहरु सकरात्मक छन् । तर प्राकृतिक वा मानवजन्य कारणले कहिले काहि त्यो सम्बन्ध खल्बलिन जान्छ, फलस्वरुप  मानव र वन्यजन्तु दुबै जोखिममा पर्छ । सारमा, मानव वन्यजन्तु द्धन्द्ध नकारात्मक प्रकारको सम्बन्ध हो ।

द्वन्द्वविद् फर्नाण्डोका अनुसार, मानवजन्य कारणहरुमा कृषिक्षेत्रको विस्तार, वनफँडानी, वनपैदावारको अनियन्त्रित संकलन, चरिचरण र भौतिक पूर्वाधारको विकास मुख्य छन् । यद्यपि स्थानविशेष अनुसार कारणहरु भिन्न हुन सक्छन् । हात्तीविज्ञ् सुकुमारका अनुसार, कारणहरु त्यतिमात्र छैनन् । वनछेउछाउ मानववस्ती हुनु, मान्छे र वन्यजन्तुको संख्या बढ्नु र पोषिलो अन्नमा वन्यजन्तुको स्वभाविक आकर्षण हुनु पनि द्धन्द्ध निम्त्याउने अन्य कारणहरु हुन् ।

लामार्क (२००९) को अध्ययनमा एशिया र अफ्रिकाका केही समुदायमा १०(१५ प्रतिशतसम्म कृषि बाली हात्तीका कारण नोक्सान भएको देखिन्छ । अर्को अध्ययनले भारतमा बर्षेनी झण्डै दश लाख हेक्टर बालीनाली हात्तीबाट मात्र नोक्सान भएको अनुमान छ । नेपालमा पनि यस प्रकारको द्वन्द्व बढ्दै गइरहेको छ । संरक्षित क्षेत्र र सामुदायिक वन कार्यव्रmमको सफलताले वन र झाडी क्षेत्र बढ्न गई वन्यजन्तुको वासस्थानमा सुधार आई वन्यजन्तुको संख्या बढेको देखिन्छ । वन्यजन्तु चोरीशिकार नियन्त्रणको प्रभावकारिताले पनि संख्या बढ्न मढत पुगेको छ । साथै अनियन्त्रित शहरीकरण, अन्धाधुन्ध सडक निर्माण र भौतिक पूर्वाधार निर्माणले पनि द्वन्द्वको  घटना बढिरहेको छ ।

उदाहरणमा, झापाको बाहुनडाँगी, शान्तिनगर, बुधबारे, शनिश्चरे हात्तीबाट सर्वाधिक प्रभावित स्थानमा पर्दछ । पश्चिम बंगालबाट आउने १००(१२५ को ठूलो हुन्जा र झापा वरपर रहेको सानो जमातले त्यहाका समुदायमा हानी नोक्सानी पु¥याएको छ । मानिसको मृत्यु, घाईते, घरगोठ भत्काउने र व्यापक बाली क्षति गरेको छ । २००७ मा गरिएको एक अध्ययनले बाहुनडाँगीमा बार्षिक घरधुरी नोक्सानी रु. १२,२५३ अनुमान गरिएको थियो । चितवन राष्ट्रिय निकुन्ज तथा बर्दिया राष्ट्रिय निकुन्जमा हात्ती, बाघ र गैडाका कारण द्धन्द्ध देखिन्छ । लुम्बिनी क्षेत्रमा निलगाईबाट व्यापक क्षति भएको छ । हिमाली क्षेत्र पनि अछुतो छैन । हिउचितुवा र जंगली कुकुुरबाट कंचनजंगा संरक्षण क्षेत्रका स्थानीय बासिन्दा प्रभावित छन् भने, अन्नपूर्ण संरक्षण क्षेत्रमा आफ्नै खाले समस्या देखिएका छन् । हानी नोक्सानी भएकाले कृषकले बदलाको भावनाले हिँउचितुवा मारेका घटनाहरु पनि यदाकदा भेटिन्छन् । यस बाहेक अन्य स्थानमा पनि विभिन्न वन्यजन्तुबाट द्धन्द्धहरु नदेखिएका होइनन् ।

के कुरामा हामी प्रष्ट हुनुपर्छ भने, मानव र वन्यजन्तु द्वन्द्वको उन्मुलन संभव छैन । यो तथ्यलाई स्वीकार्न सकिएन भने समस्यालाई बुझ्ने सवालमा त्रुटि   हुन्छ । तर सामुहिक प्रयासले त्यस द्वन्द्वलाई यौटा थ्रेसहोल्डभित्र व्यवस्थापन गर्न सकिन्छ ।

२.सरकारी गैरसरकारी प्रयास

बढ्दो द्वन्द्वलाई न्युनीकरण गर्न नेपाल सरकार, वन तथा भूसंरक्षण मन्त्रालयले सन् २०१० मा वन्यजन्तुबाट हुने नोक्सानीको राहत निर्देशिका जारी ग¥यो । बाघ,गैडा, हात्ती, हिउचितुवा, भालु आदि जनावरले नोक्सानी गरेको प्रमाण पेश गरेमा मृत्युको हकमा रु. १५०,००० घाईतेको हकमा रु.५०,००० र बालीनालीको हकमा अधिकतम् रु.१०,००० राहत दिने कानुनी व्यवस्था छ । बढ्दो चाप र मागलाई मध्यनजर गर्दै सन् २०१२ मा प्रथम संशोधन मार्फत मृत्युको राहत रकममा बृद्धि गरी रु. ३,००,००० गरिएको साथै थप वन्यजन्तु समेटिएको  छ ।  हाल मृत्युबापत प्राप्त हुने रु.३,००,००० को रकमलाई बृद्धि गर्दै रु. ५,००,००० गरिएको छ । दक्षिण एशियाकै अन्य देशको दाजोमा नेपाल सरकार यो द्धन्द्धलाई सम्बोधन गर्न बढी तत्पर देखिन्छ । तर विभिन्न निकायबाट सिफारिश लिदा प्रव्रिmया झंझटिलो भई बाली नोक्सानी, घरगोठ भत्किदा धेरै स्थानीय बासिन्दाले माग दाबी नगरेको र दाबी गरेको हकमा पनि राहत पाउन महिनौं लाग्ने गरेको देखिन्छ ।

साथै सरकारी निकाय र साझेदारसंस्थाहरुको संयुक्त पहलमा समुदायकेन्द्रित राहत वितरण संयन्त्र र बीमा कार्यव्रmम संचालन भैआएको छ । मध्यवत्र्ती समितिमार्फत कार्यान्वयन भएकोले त्यस्तो संयन्त्रमार्फत छिटोछरितो राहत प्रदान भइरहेको छ । स्पष्ट ऐन कानुनको अभावले रोकथाम र राहतको कार्यक्रममा आर्थिक लगानी गर्नुपर्ने बाध्यकारी नभएकोले कार्यक्रमहरु कम छन् । रोकथाममा विद्युतीय तारबार प्रमुख रहे पनि आर्थिक दृष्टिले महंगो छ । नियमित मर्मतसंभार यसको सबभन्दा ठूलो चुनौती हो । यस बाहेक, बाली रुङ्ने, मचान, बुख्याचा, वैकल्पिक वाली जस्तैं मेन्था, क्यामोमाइल, सुपारी, चिया, कागती आदि लगाउने पनि गरिएको छ । पछिल्लो समयमा चितुवा र बांदरले देशको विभिन्न भाग र शहरी क्षेत्रमा आतंक मच्चाईरहेको सन्दर्भमा यस प्रकारको द्वन्द्वको बिषय झन् सान्दर्भिक बनेको छ । उदाहरणको रुपमा तराईको चितवन राष्टिूय निकुन्ज र हिमालको कंचनजंगा संरक्षण क्षेत्र हेरौं ।

३.चितवन राष्ट्रिय निकुन्ज

चितवन राष्ट्रिय निकुन्ज दुर्लभ बाघ र गैडाको निम्ति सर्वाधिक महत्वको निकुन्ज हो । पहिलो राष्ट्रिय बाघ गणना (सन् २००८–२००९) ले देशमा करिब १२१ बाघ भएको अनुमान गरेको थियो । सबभन्दा बढी संख्या ९१, यही निकुन्जमा भेटिएको थियो । पाँच बर्षपछि गरिएको गणनाले बाघको संख्या ६३ प्रतिशतले बढेर चितवन राष्ट्रिय निकुन्जमा १२० पुगेको जनाएको छ । बाघको संख्या बढ्नुका कारणहरुमा बासस्थानको सुधार, चोरीशिकार नियन्त्रण प्रभावकारी हुनु, मध्यवर्ती संस्थाहरुको सहभागिता र सामुदायिक वनको वृद्धि आदि मानिएका छन् । साथै बाघलाई होम रेन्जको निम्ति ठुलो क्षेत्र चाहिने र हुर्कदै गएको बाघ नयाँ होमरेन्जको खोजीमा निस्कने, बासिन्दाहरु वनपैदावारको निम्ति पार्कमा आश्रित रहनु र बाघकै आनीबानीको जानकारीको अभावले पनि बाघसंग जम्का भेट भई द्धन्द्धका धेरै घटनाहरु घट्छन् ।

नेपाल सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको छ । राष्ट्रिय बाघ गणना रिर्पोट (२०१३) ले बाघको संख्या बढ्दा, भविष्यमा मानव र बाघको द्धन्द्ध पनि बढ्ने प्रक्षेपण गरेको छ । यस समस्यालाई संबोधन गर्न सरकारी निकाय र साझेदारसंस्थाहरु एकताबद्ध भई रणनैतिक हिसाबले अघि जानुपर्ने सिफारिश समेत गरेको छ (परिच्छेद १०.७, पृष्ठ ४५) ।

एक अध्ययनमा सन् १९७९ देखि २००६ सम्म बार्षिक ३.१५ व्यक्तिको बाघबाट मृत्यु भएको देखिन्छ । उक्त अध्ययनमा पार्कभित्र र मध्यवर्तीमा लगभग बराबर घटना घटित भएको देखिन्छ । निकन्जको बार्षिक प्रतिवेदन (२०१२) अनुसार, आर्थिक बर्ष २०११(२०१२ मा बाघबाट ५ जनाको मृत्यु र २ जना घाईते भएको थियो । तर पछिल्लो स्थिति थाहा पाउन २००६ पछिका तथ्याङ्गको विश्लेषण आवश्यक देखिन्छ । बाघको संख्या बढ्नुले द्वन्द्वको संभावना बढेको तथ्यलाई नकार्न सकिदैन । बाघ मात्र होइन, गैंडा, हात्तीबाट पनि हानी नोक्सानी बेहोर्नुपरेको छ । त्यसको निम्ति द्वन्द्व व्यवस्थापनका कार्यव्रmमहरु बढाउनु पर्ने वा विस्तार गर्नुपर्ने आवश्यकता छ । सुचना र प्रविधिको प्रयोगलाई  थप विस्तार गर्दै वन्यजन्तुको ओहोरदोहर र आनीबानी बुझ्ने र त्यसको जानकारी समुदायमा यथासक्य चाडो पुर्याउने संयन्त्रको विकास गर्न पनि उत्तिकै आवश्यक छ ।

४.कंचनजंगा संरक्षण क्षेत्र

कंचनजंगा संरक्षण क्षेत्र हिमाली क्षेत्रमा पर्ने भएकाले यसका आफ्नै खाले समस्या छन् । उच्च लेकाली खर्क जस्तै घुन्सा, ओलाङ्गचुङ्गगोला, याम्फुदिनमा हिउचितुवाबाट याक चौरीका बच्चाहरु खाईदिने समस्या छन् भने दक्षिणी क्षेत्रतिर दुम्सी, बाँदर, मृगबाट कृषक प्रभावित छन् । तराईको जस्तो ठूलो परिमाणमा द्वन्द्वको समस्या नभएपनि, गरिब किसानको बालीनाली खाईदिदा जीवनयापनमा ठुलो संकट आईलाग्छ । घुन्सा लगायत उत्तरी गाबिसमा समुदायकेन्द्रित पशु बिमाको कार्यक्रम संचालन गरिएको छ ।

कंचनजंगा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले डब्लुडब्लुएफको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यक्रममार्फत पशुधनीहरुलाई समेटेको छ । घटना घटेको अवस्थामा हिउचितुवा संरक्षण समितिको सदस्यले स्थलगत छानबीन गरी बीमाकर्तालाई तोकिएको राहत वितरण गर्दछ । त्यसको निम्ति पशुपालकले निश्चित प्रिमियम समितिलाई तिनुपर्दछ । यसको मुख्य उद्येश्य, याक चौरीको बच्चाहरु मारिंदा पशुपालकहरुले बदलाको भावनाले दुर्लभ हिउँ चितुवालाई नमारुन् भन्ने हो ।

५. आगामी कदमहरु

मानव वन्यजन्तु द्वन्द्व बहुआयामिक समस्या हो । एउटैमात्र हल खोजेर यसलाई व्यवस्थापन गर्न  सकिदैन । तर तल लेखिएका केही कदमहरु चाल्न सकिए वा निरन्तरता दिए, मानव र वन्यजन्तु दुबैको जीवनलाई न्युन नकरात्मक प्रभाव परि सहअस्तित्वपूर्ण बाँच्न सघाउ प¥याउछ ।

५. प्रभावित समुदायमा वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिकाका बुदाहरु छलफल गराउने । समुदायका धेरै कृषकहरुलाई राहत निर्देशिकाको बारेमा थाहा छैन ।

५. वन्यजन्तुले हानी नोक्सानी नगर्ने वैकल्पिक वालीको कार्यक्रम लग्ने । जंगल नजिक भएका गाऊघरमा खेतजग्गा बांझै राख्ने प्रचलन बढ्दो छ । वैकल्पिक वालीमा आर्थिक र प्राविधिक सहयोग भएमा जग्गा बांझो रहदैन ।

५. रोकथामको उपायमध्य विद्युतीय तारबार सबभन्दा प्रभावकारी देखिन्छ । तर त्यसको निम्ति समुदायको आवश्यकता बुझ्न आवश्यक छ । समुदायले साँचो अर्थमा आवश्यकताबोध गरेमा, संभारकोष खडा गरी समुदायलाई विद्युतीय तारबार हस्तान्तरण गर्दा दिगो व्यवस्थापन हुन्छ ।

५. हात्ती, गैंडा र बाघका परम्परागत जैविकमार्गमा बस्ती बसेका छन् भने विशेष कार्यव्रmम ल्याएर स्वेच्छिकरुपमा त्यस्ता बस्तीहरुलाई जैविकमार्ग भन्दा टाढा स्थानान्तरण गराउदा उचित हुन्छ । साथै त्यस्ता मार्गमा ढुङ्गा, गिट्टी, बालुवा वा खानी संचालन गर्न रोक लगाउनु पर्छ ।

५. समुदायमा आधारित बीमायोजना वा राहतवितरण संयन्त्रलाई अन्य स्थानमा विस्तार गर्ने । कंचनजंगाको मोडललाई आवश्यक परिमार्जनसहित हिमाली क्षेत्रमा लागू गर्न सकिन्छ । त्यस्तै तराई भ–परिधि क्षेत्रका संयन्त्रलाई तराईका अन्य स्थानमा विस्तार गर्दा प्रभावित घरधुरीले चाडो राहत पाउछन् ।

५. बाली बीमाका कार्यव्रmमलाई समुदायमाझ लग्नु आवश्यक छ । बाली बिमाका बजेट खर्च नभई फिर्ता गइरहेको अवस्थामा, प्रभावित क्षेत्रहरुमा त्यसको संभाव्यता केलाउनु जरुरी छ ।

५. वन्यजन्तु खेतबारी वा वस्तीमा प्रवेश गर्दा वा गर्नु अगावै जनाउ दिने प्रणाली -Early Warning System_ निर्माण गर्न आवश्यक छ । विज्ञान र प्रविधिमा यथेष्ठ लगानी गरी हात्ती, गैडा, बाघ, हिउँचितुवाको हकमा त्यस्तो प्रणाली लागू आवश्यक छ ।

५.स्वयम्भु, पशुपतिक्षेत्र, लैंनचौर, हेटौंडाको भुटनदेवीक्षेत्र लगायतका शहरी क्षेत्रमा बाँदरको समस्या बढदै गएको छ । बाँदरलाई राहत निर्देशिकाले नसमटेकोले, समस्या भएको खण्डमा विज्ञको टोली तुरन्त खटाई सम्बोधन गर्ने संयन्त्र बनाउनु पर्दछ । सो संयन्त्र क्षेत्रीय वन निर्देशनालयको स्तरमा राख्न सकेमा उचित हुने देखिन्छ ।

५. देशभरको मानव वन्यजन्तु द्वन्द्वसम्बन्धि तथ्याङ्ग राख्ने, अद्यावधिक गर्ने र नक्शा निकाल्ने कार्य राष्ट्रिय निकन्ज तथा वन्यजन्तु स.रक्षण विभाग र वन विभागले गर्न आवश्यक देखिन्छ ।

५.१० झापा, चितवन राष्ट्रिय निकुन्ज र बर्दिया राष्ट्रिय निकुन्जमा दु्रत उद्धार समुह -Rapid Rescue Squad_को निर्माण र संस्थागत गर्दै उद्धारकार्यलाई प्रभावकारी बनाउनु पर्छ । उक्त समुहमा सरकारी र समुदाय दुवै पक्षको प्रतिनिधि राख्दा उद्धारकार्य प्रभावकारी र विवादरहित हुन्छ ।

५.११ विशेष अवस्थामा मान्छे मार्न पल्केका बाघ, घाईते र टुहुरा वन्यजन्तुलाई उद्धार गरेपछि राखिने आश्रयस्थल -Rescue Centre_ को निर्माण र व्यवस्थापन अत्यावश्यक छ । प्रथम चरणमा झापा, चितवन राष्ट्रिय निकुन्ज र बर्दिया राष्ट्रिय निकुन्जमा आवश्यक जनशक्ति, सामग्री र उपकरणहरु सहित आश्रयस्थल बनाउनुपर्ने देखिन्छ ।

५.१२ समुदाय स्तरमा वैकल्पिक जीविकोपार्जन र गोठ सुधारका कार्यव्रmमहरु लग्नुपर्ने ।

५.१३ जोखिममा रहेका समुदाय पहिचान गरी चेतनामुखी कार्यव्रmम संचालन गर्नुपर्ने । वन्यजन्तुको आनीबानी र जोखिम क्षेत्र लगायत बिषयमा समुदायसंग छलफल चलाउनु पर्छ ।

५.१४ वन्यजन्तुको आवतजावत अन्तरदेशीय बिषय भएकोले वन्यजन्तु व्यवस्थापन, जैविक विविधता र वन्यजन्तुको द्वन्द्व व्यवस्थापनको सवालमा नियमित अन्तरदेशीय वार्ता र अनुसन्धानलाई प्राथमिकता दिनुपर्दछ ।

नोट: प्रस्तुत लेख वन सञ्चार द्धैमासिकको अंक ५ मा प्रकाशन गरिएको हो । सान्दर्भिक भएको हुनाले यस अनलाइनमा पनि प्रकाशन गरिएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *