Breaking News

वन्यजन्तु संरक्षणको काम जोखिमपूर्ण

विश्वनाथउप्रेती, पूर्व महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
विश्वनाथउप्रेती, पूर्व महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

वि.स. २०१८/०९/०७ मा अस्थाइ नियुक्ति लिई वन सेवामा प्रवेशमा प्रवेश गर्नु भएका विश्वनाथ उप्रेतीले एफोरेष्टे«शन अफिसर (वृक्षारोपण अधिकृत) पदमा वि.स. २०१९/०१/२७ मा स्थाइ नियुक्ति प्राप्त गरी काठमाडौं, वन डिभिजनवाट सेवा आरम्भ गर्नु भएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग को महानिर्देशक पदमा आशीन उप्रेतीले मंन्त्रिपरिषदको मिति २०४८/६/११ को निर्णयबाट अवकाश  प्राप्त गरी सेवा निवृत् हुनु भएको हो । निडर, स्वाभिमानी, विषयविज्ञको ख्याति कमाउनु भएका उप्रेतीले वन तथा भू–संरक्षण मन्त्रालयवाट आजीवन संरक्षण सम्मान २०६७, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग वाट रजत महोत्सव २०६२ मा कदर पत्र, वन्यजन्तु सप्ताह २०७० मा सम्मान पत्र, चितवन राष्ट्रिय निकुञ्ज वाट बाह्रो  वन्यजन्तु सप्ताह २०६४ मा कदर पत्र र नेपाल वन प्राविधिक संघ वाट उत्कृष्ट वन प्राविधिक पुरस्कार तथा सम्मान पत्र २०६९ प्राप्त गर्नु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान वाट प्रकृति संरक्षण पुरस्कार २०६७ समेत प्राप्त गर्नु भएका उप्रेतीलाई प्रकृति संरक्षणमा उल्लेखनीय योगदान पु¥याए वापत रोटरि कल्ब डिल्ली बजार, काठमाण्डौले ख्यअबतष्यलब िब्धबचम वाट समेत संमान गरेको छ । वन संचार को वन्यजन्तु विशेषांकका लागि उनै वन्यजन्तु संरक्षणविद विश्वनाथ उप्रतीको अनुभव शब्द साभारमा)

गैंडाको खाग र हात्तीको हस्तीहाडवाट पैसा कमाउने तरिका नेपालीले धेरै अगाडिदेखि जानेका हुनु । गैंडा सुरक्षित साथ राख्न पर्छ भनेर जंग बहादुर राणाका पाला देखि नै हेरालुहरुको ब्यवस्था गरिएको उल्लेख छ । नेपालमा गैडा सुरक्षाको लागि गैडा गस्तीको ब्यवस्था राणाकाल देखिनै प्रचलनमा आएको र २००७ पछि पनि यो ब्यवस्था चालु नै थियो । हातहतियारले सुसज्जित गैंडा गस्तीका गार्डहरु गैडा चोरसँग भिड्थे पनि । पुराना हातहतियार र तालिमको कमीले यीनीहरु पनि चोरका तारो हुन्थे । वि.स. २०१५ सालतिर गैंडा गस्तीको नाम वदलिएर वाइल्डलाइफ म्यानेजमेन्ट डिभिजन भयो र टिकौली चितवनमा यसको कार्यालय थियो । चितौन, बर्दिया र शुक्लाफाँटाको शाही शिकार क्षेत्रमा यहीवाट  सुरक्षा जवानहरु खटाइएका थिए । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष स्थापना गर्ने सिद्धान्त स्वीकृत भएपछि कार्यालयहरु स्थापना भएर ब्यवस्थापन र सुरक्षाको जिम्मेवारी पनि सर्न     आयो । यसै वीच सुरक्षा गार्ड कस्को मातहतमा रहने र कसरी अनुशासित राख्ने भन्ने विषयमा गहन छलफल को आवश्यकता देखा प¥यो। छरिएर रहेका सशस्त्र गार्डहरु अनुशासन विहिन भएर अनियन्त्रित भए भने देशको आन्तरिक सुरक्षा ब्यवस्थामा समेत दखल दिन सक्ने संभावना थियो । यिनै संवेदनशीलतालाई ध्यानदिदै राष्ट्रिय निकुञ्ज र आरक्षको सुरक्षाको काम सेनालाई सुम्पिएको  थियो ।

२०२० सालतिर वन संरक्षणको शुरुका दिनमा म पर्साको आधाभारबाट ठोरी तर्फ एउटा थोत्रो जिपमा जादै थिएँ । बीच बाटोमा दवुवा खोलानजिक एक अजङ्गको जंगली हात्ती जंगली केराको बोट लुच्छदै थियो । देख्ने बित्तिकै रोमान्चित पनि भयौं, त्रसित पनि । येनकेन ठोरी क्याम्प पुगियो । मेरो एक जना सहयोगीलाई क्याम्प पुगेपछि निस्लोट ज्वरो आयो । भयत्रासले पनि ज्वरो आउंदो रहेछ भन्ने कुरा  थाहा पाएं । भनाईको मतलब हाम्रो पेशामा साहसिक र प्रकृतिमा रमाउने व्यक्ति हुनु पर्दछ । त्यस बखत चारकोसे जंगल घना र अखण्डित थियो । वन्यजन्तुहरु प्रशस्त थिए ।

नेपालको जैविक विविधता तुलनात्मक दृष्टिले अपार छ । तराई, पहाड र उच्च हिमालले गर्दा विविध हावापानीमा हुर्कने र फष्टाउने वन, वनस्पति र वन्यजन्तुको विविधता नेपालमा छ । जनघनत्व जसरी बीढ राखेको छ, प्राकृतिक सम्पदा त्यसै गरी हस भई राखेको छ ।

मेरो विषय जैविक विविधता संरक्षण र सम्बद्र्धनसंग सम्बन्धित छ । विज्ञानमा स्नातक, वन विज्ञानमा स्नाकोत्तर डिप्लोमा, कानूनमा स्नातक र वन्यजन्तु संरक्षण विषयमा एम.एस्सी (M.sc) गरेको छु । यिनै ज्ञान गुणका आधारमा पहिलो काम वृक्षारोपणबाट शुरु गरेर, वन र वन्यजन्तु संरक्षणमा लागेको हुं । दरिलो संरक्षण कार्यका लागि सुनिश्चित क्षेत्र र प्रभावकारी ऐन कानूनको व्यवस्था र त्यसको सही कार्यान्वयन नै मूलभूत कुरा हो । जैविक विविधता संरक्षणका लागि संरक्षित क्षेत्रहरुको अहम भूमिका रहन्छ र संरक्षित क्षेत्रहरुको स्थापना र व्यपस्थापनका लागि कानूनी प्रावधान पनि अनिवार्य हुन्छ ।

हामीले सन् १९७१ को सुरुमा चितवन राष्ट्रिय निकुञ्जको सिमाकनको काम शुरु गरेर राष्ट्रिय निकुञ्ज प्रणालीको सुरुवात गरेको हो । त्यस बखत प्रस्तावित राष्ट्रिय निकुञ्जको क्षेत्रफल ५४४ वर्ग कि.मि. थियो । त्यसको साथसाथै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ पारित गरी राष्ट्रिय निकुञ्जको विधिवत घोषणा गरेर काम शुरु गरेका हौं । निकुञ्जको सिमाना लगाउने क्रममा एक चोटी देवीतालको शिर हात्तीमरुवा खोलाको किनारमा एउटा अजङ्गको सालको रुख  देख्यौं । त्यसको उचाई करिव १५० फिट र गोलाई २१ भएको थाहा भयो । सायद नेपालमा रेकर्ड भएको सबभन्दा ठूलो सालको रुख यही हो । जैविक विविधताको यो एक उत्कृष्ट स्वरुप हो ।

मैले सगरमाथा राष्ट्रिय निकुञ्जमा काम गर्दा कस्तुरीको पासो खोज्दै जाँदा जंगलमा एक चोरी शिकारी देखा प¥यो र मेरो सहयोगीले लखेट्दै गएर पक्रदा उसले कम्मरमा भिरेको खुकुरी झिकेर छप्काउन खोज्दा दाब समेत खुकुरी आउदा मेरो सहयोगीको ज्यान बच्यो । वन्यजन्तु संरक्षणको काम जोखिमपूर्ण छ । चोर शिकारीहरुले संरक्षणकर्मीलाई मारेको धेरै उदाहरण छन । तसर्थ राष्टिूय निकुञ्ज तथा आरक्षको सुरक्षा धेरै क्षेत्रमा सेनावाट गराइदै आएको छ ।

संरक्षणको गहनता हेरी संरक्षणक्षेत्रहरुको वर्गीकरण गरिएका छन्ः राष्ट्रिय निकुञ्ज , वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ती क्षेत्रहरुमा राष्ट्रिय निकुञ्ज संरक्षणको दृष्टिकोणले माथिल्लो श्रेणीमा छ भने जनसहभागिताका दृष्टिले मध्यवर्ती क्षेत्र अग्रणी रहेको छ ।

नेपाली सेनाको उपस्थितिले चोरी शिकार नियन्त्रणमा ठूलो भूमिका निभाएको छ तर निकुञ्ज र आरक्षलाई उपलब्ध हुने बजेटको ८० प्रतिशत सेनाको सुरक्षा ब्यवस्थालाई छुटटाउनु परेकोले विकास र ब्यवस्थापनमा कम बजेट विनियोजन हुन पुगेको तथ्य हाम्रा सामु छन । सँग सगै हालका दिनमा शक्तिको भरमा मात्र निकुञ्ज र आरक्षको सुरक्षा हुन नसक्ने अनुभूति भएको अवस्थामा ब्यवस्थापनका अवधारणामा हुने र आउने क्रमिक परिवर्तनलाई स्वभाविकरुपमा स्वीकार गरिनु पर्दछ ।

वैज्ञानिक अनुसन्धान र कार्यगत अनुभवका आधारमा व्यवस्थापनमा सुधार गरिएका छन् भने सुरुको कार्यनीति र अहिलेको कार्यनीतिमा व्यापक परिवर्तन भएको छ । व्यवस्थापन अवधारणामा युगान्तकारी परिर्वतन (Evolutionary Change) भएको छ । प्रजाति संरक्षण (Species Conservation) बाट शुरु गरेर इकोसिष्टम संरक्षण (Ecosystem Conservation),जनसहभागितामूलक संरक्षण (Participatory Conservation) हुदैं भू–परिधिस्तरको संरक्षण (Landscape Level Approach) अन्तर्गत सीमापारी (Tranboundary), जैविकमार्ग (Corridor connectivity) स्तरको संरक्षण पद्धति लागू हुदैं आएको छ ।

सुरुमा सरकारी स्तरमामात्र कडा नीति र कार्यान्वयन अनुरुप सम्पदा संरक्षण गरिएकोमा हाल जनसहभागिता र फाइदामा हिस्सा बाड्ने काम समेतबाट जनतालाई प्रोत्साहन गरिने गरिएको    छ । हाल राष्ट्रिय निकुञ्ज/आरक्षको ५०५आम्दानी मध्यवर्ती क्षेत्रका जनताको लागि खर्च गरिन्छ । संरक्षणसंग सम्बन्धित विभिन्न अन्र्तराष्ट्रिय महासन्धीहरुमा संलग्न भै नेपालले Global Conservation Movement मा सहयोग पु¥याएको छ । विश्व संरक्षण संस्था (The World Conservation Union), वन्यजन्तुको अन्र्तराष्ट्रिय व्यापार नियन्त्रण महासन्धी (CITES), विश्व सम्पदा संरक्षण महासन्धि (World Heritage Convention),अन्र्तराष्ट्रिय महत्वका सिमसार संरक्षण महासन्धि (Ramsar Wetland Convention) र जैविकविविधता महासन्धि (Convention on Biological Diversity) केही उल्लेखनीय छन् ।

चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचिकृत छन् भने कोशीटाप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदिशपुर जलाशय, विसहजारी ताल समेत ९ वटा सिमसार रामसार महासन्धिमा सूचीकृत भएका छन् । अहिलेसम्म नेपालमा १० वटा राष्ट्रिय निकुञ्ज सहित २० क्षेत्र संरक्षित क्षेत्र भएका छन् र यसले नेपालको कूल क्षेत्रफलको ३४३१३ वर्ग कि.मी. क्षेत्र अर्थात नेपालको  २३.३१५ भू–भाग ढाक्दछ । (२०७२)

नेपालमा जब जब राजनीतिक हलचल बढ्दछ, त्यसको असर वन सम्पदा र वन्यजन्तु संरक्षणमा परेको देखिन्छ । २००७ सालपछि २०१७, २०३६ र २०४६ सालमा र गत द्वन्द्धकालमा प्रभावकारी संरक्षण हुन सकेन । चोरी शिकारी र तस्कर व्यापार चरम सीमामा पुगेर बाघ, गैंडा जस्ता जनावर पनि खतराको स्थितिमा पुगेका छन्, वासस्थानमा अतिक्रमण भई राखेको छ, यस्तै हो भने प्रकृति संरक्षण कार्य जटिल र निष्प्रभावी हुनेछन् ।

जलवायु परिर्वतनको कारणले हिमाल पग्लने खतरा भै राखेको बेलामा Black carbon को कुरा उठी राखेको छ । कार्वन उत्सर्जन (Carbon sequestration) का लागि स्वस्थ वनजंगलको अतिआवश्यक पर्ने र नेपालका संरक्षित क्षेत्रहरुले यसमा ठूलो योगदान पु¥याउन सक्दछ । समग्र रुपमा जैविक विविधताको अति महत्व छ र संरक्षणका कामलाई संकिर्ण विचारले नहेरी सबै स्तरबाट कटिवद्ध भएर लाग्नु पर्ने आजको आवश्यकता रहेको छ ।

नोट: प्रस्तुत लेख वन सञ्चार द्धैमासिकको अंक ५ मा प्रकाशन गरिएको हो । सान्दर्भिक भएको हुनाले यस अनलाइनमा पनि प्रकाशन गरिएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *