असोज , २८ चितवन । चितवन वन प्राविधिक समाजको ११औ साधारण सभाले राजु क्षेत्रीको अध्यक्षतामा नया कार्य समिति चयन गरेको छ ।जस्मा कृष्ण प्रसाद पौडेल उपाध्यक्ष, रामचन्द्र सुवेदि सचिव, भगवति वगाले कोषाध्यक्ष मा चयन हुनु भएको छ भने सदस्यहरुमा कृष्णराज न्यौपाने, अशोक भण्डारि, शवनम पाठक र भिम पौडयाल रहनु भएको छ । उक्त साधारण सभाले समाजका मानार्थ सदस्य नेपाल सरकार सचिव श्री विश्वनाथ ओली लाई अभिनन्दन गरेको थियो भने गैरी वारि कबुलियती वन समुह कलष्टर लाई समाजले स्थापना गरेको प्रकृति संरक्षण पुूरस्कार प्रदान गरिएको थियो ।महिलाहरु संलग्न उक्त समुहले अतिक्रमण हटाई वन संरक्षण गरेकोले उक्त समुहलाई पुरस्कृत गरिएको समाजका निवर्तमान अध्यक्ष देवि पौडेल ले जानकारि दिनु भयो ।उक्त कार्यक्रमका प्रमुख अतिथि वन विभागका पुर्व महानिर्देशक गोकुलराज पाण्डे हुनुहुन्थ्यो भने विशेष अतिथि भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक विजयराज पौडयाल र पुर्वाञ्चल क्षेत्रीय वन निर्देशनालय का निर्देशक मन वहादुर खडका हुनुहुन्थ्यो । अधिवेशनमा हेमराज ओली र महादिप पोखरेललाई पनि संमान गरिएको थियो ।