Breaking News

टुहुरो गैँडाको बच्चा (केटो) मर्‍यो

2b0f07da00000578-3183758-image-a-12_1438597051875

चितवन, असोज ३०। पश्चिम चितवनको मेघौलीबाट भदौ २३ गते उद्दार गरिएको गैँडाको बच्चा (केटो) मरेको छ । चितवन निकुञ्जका अनुसार सौराहामा राखेर उपचाररत गैँडाको बच्चा (केटो) मरेको जनाएको छ । करिब पाँच महिनाको केटोलाई पश्चिम मेघौलीबाट उद्दार गरेर निकुञ्जमा राखिएको थियो ।

उद्दारका बेला शरीरभरि बाघको आक्रमणले घाउ नै घाउ थियो । बायाँ खुट्टाको पिँडुला भाँचिएको र दायाँ खुट्टाको तिघ्रा नजिकै गम्भीर चोट लागेको थियो । सोही चोटका कारण मरेको निकुञ्जले जनाएको छ ।

अघिल्लो महिना होटल मेघौली सेराईले करेन्ट छाडेको स्थानमा आउँदा करेन्ट लागेर मरेको माउ गैँडाको बच्चा भौँतारिँदै जाँदा बाघको पञ्जामा परेको अनुमान निकुञ्जले गर्दै आएको थियो ।

चितवन निकुञ्जमा पटक पटक यसरी वन्यजन्तुका बच्चाहरु आमासँग बिछोडिँदा, बाघको आक्रमणमा परेर उद्धार गर्नुपर्ने अवस्थामा भेटिँदै आएका छन् । तर भरपर्दा वन्यजन्तु अस्पताल र उद्दार केन्द्र नहुँदा भने यस्ता वन्यजन्तु जोखिममा छन् ।

केही महिना अघि रौतहटबाट तस्करको गोली लागेर गम्भीर घाइते भई उद्दार गरिएको एउटा गैँडासमेत चितवनमा उपचारका क्रममा अघिल्लो महिना मरेको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *