Breaking News

टिम्बर कर्पोरेशनमा खुल्यो ४० जनाको लागि रोजगारी

काठमाडौं, कात्तिक २—सरकारी स्वामित्वको टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन) मा ४० रिक्त स्थानका लागि विभिन्न पदहरुमा जागिर खुलेको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै टिसीएनले जागिर खुलाएको हो ।

काठको काम गर्ने टिसीएनले प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वान गरेको हो । टिसीएनमा उपप्रबन्धकदेखि सहायक र कम्प्युटर सहायक पदसम्मका लागि जागिर खुलेको छ । टिसीएनले वन समूहको प्राविधिकतर्फ ३ जना उपप्रवन्धक मागेको छ ।

लेखा, प्रशासन र कम्प्युटरतर्फ ६ सहायक प्रवन्धक, लेखा, प्रशासन, र वनतर्फ २३ जना वरिष्ठ सहायक पनि मागिएको छ । प्रशासन र कम्इुटरतर्फ ८ जना सहायक पनि टिसीएनले माग गरेको छ । अबको ३० दिनभित्र इच्छुक उम्मेदवारलाई दरखास्त बुझाउन समयसीमा दिइएको छ ।

f872115d527c18627888e2065a5c48b2

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *