Breaking News

वन मन्त्रालयले गर्‍यो तीन विभागिय प्रमुखसँग कार्य सम्पादन करार सम्झौता

ww

वन तथा भूसंरक्षण मन्त्रालयले बुधबार मन्त्री शंकर भण्डारीको रोहवरमा मन्त्रालयका कामलाई प्रभावकारी र परिणाममुखी बनाउन तीन विभागका महानिर्देशकसँग कार्य सम्पादन करार सम्झौता गरेको छ ।

मन्त्रालयले वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, भू तथाजलादार समरा विभागका महानिर्देशक विजयराज पौडेल र वन अनुसन्धान तथा सर्वेक्षण विभागका महानिर्देशक प्रकाश माथेमासँग कार्य सम्पादन सम्झौता गरेको हो ।

कार्य सम्पादन सम्झौतामा हस्ताक्षरपछि तीनै महानिर्देशकले तोकिएको समयभित्र ९० प्रतिशतभन्दा बढी सफलता हासिल गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त सम्झौताको अर्धवार्षिक र वार्षिक रुपमा समीक्षा गरिनेछ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *