Breaking News

भूकम्प पीडितलाई ६ हजार क्युफिट काठ वितरण

काठमाडौं, कात्तिक ५ । डेढ वर्षअघि गएको भूकम्पमा परी पीडित भएका तनहुँका २ सय ८२ जनालाई ६,१७.६९ क्युफिट काठ वितरण गरिएको छ। सामुदायिक वन उपभोक्ता समूह र जिल्ला वन पैदावर आपूर्ति समितिबाट गरी उक्त परिमाणको काठ ती व्यक्तिलाई वितरण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । २ सय ८१ जनालाई सामुदायिक वन उपभोक्ता समिति र एक जनालाई जिल्ला वन पैदावर आपूर्ति समितिले काठ वितरण गरेको हो।

दुई जना भूकम्पपीडितलाई चितवन, तीन जनालाई तनहुँमै र एक जनालाई काठमाडौँ काठ लैजानसमेत अनुमति दिइएको छ। वास्तविक भूकम्पपीडितलाई आवश्यक कागजात पेस गरेपछि त्यस्ता व्यक्तिलाई काठ वितरण गर्ने गरिएको छ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *