Breaking News

दुर्लभ वन्यजन्तुको चोरी शिकारी गर्ने फरार अभियुक्त पक्राउ

काठमाडौं,कात्तिक १० । दुर्लभ वन्यजन्तको चोरी शिकारीमा तथा अङ्गप्रत्यङ्गको ओसारपसारमा संलगन भई फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोली, क्षेत्रीय अनुसन्धान समूह मध्यपश्चिम र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयको संयुक्त टोलीले ८ वर्षदेखि फरार बर्दिया जिल्ला गविस बडा नम्वर ८ वस्ने ६९ बर्षीय चिन्कानु थारुलाई  मंगलबार बर्दियाबाट पक्राउ परेको हो।

थारुले २०६६ सालमा बाह्रसिङ्गे जरायोको चोरी शिकारी गरेको आरोपमा बर्दिया राष्ट्रिय निकुञ्ज कार्यलय ठाकुरद्वाराबाट २०६७ साल भदौमा ८ वर्ष कैद र ७५ हजार जरिवाना ठहर गरेकोमा प्रतिवादी हालसम्म फरार थिए।

प्रहरीले पक्राउ गरी थारुलाई आवश्यक कारवाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई बुझाएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *