Breaking News

बन्जारा, बाघ र व्यापार

विजयराज पौड्याल, सह–सचिव (प्रा.) वन तथा भू–संरक्षण मन्त्रालय
विजयराज पौड्याल, सह–सचिव (प्रा.) वन तथा भू–संरक्षण मन्त्रालय

हेटौंडाबाट नारायणघाटतर्फ लाग्दै गर्दा राप्ती खोलापार गर्ने वित्तीकै राजमार्ग दक्षिणतर्फ खाली चौरमा १५, २० बटा प्लाष्टिकका छाप्रा देखापरे । यात्रा अगाडि बढदै जाँदा चितवनको टाँडी बजार नपुग्दै फेरि अर्को सोहि प्रकारको वस्ती राजमार्गको दुबैतीर पाइयो । यि वस्तिहरुमा समय मिलाएर वस्तिमै पुगेर कुराकानि गर्ने जमर्को गरियो । “तपाईको परिचय के होला” भन्ने मेरो प्रश्न सुन्ने वित्तिकै एक युवाले आफनो खल्तिबाट नागरिकता झिेकर देखाउदै “म नेपाली बन्जारा हँु र मेरो घर पर्सा जिल्ला हो” भने । मेरो सोचाइमा बन्जारा भनेको भारतीय मात्र हन्छन् भन्ने थियो, तर यँहा त नेपाली बन्जारा समुहका मानिसहरु बस्दै आएका रहेछन् । नजिकैको अर्को वस्तिमा फेरि सोधपुछ गर्दा “हामि त बारा जिल्लाका हौं, उ त्यो ठाँउमा भारतीय बन्जारा वस्दै आएका थिए, तर उनिहरु ४,५ दिन पहिले नै अर्कै ठाँउमा गइसके” । यात्राको दौरानमा कैलाली को लम्की बजार नेर फेरि एक वस्तिमा कुराकानी भयो भारतीय बन्जारा समूह सित र अत्तरियामा पनि सानो उहि समूह    भेटियो ।

प्लाष्टिकका पाल, त्रिपाललाई छाप्रो घरको रुप दिई पूर्व पश्चिम राजमार्ग उत्तर दक्षिणका वन जंगल, पर्ति पाखा, नदी किनार, निजी खेतवारीमा आफ्नो जीवन निर्वाह गरिरहेका फिरन्ते जाती भारतीय मात्र होइन नेपाली बन्जारा समुदायका पनि देखा परेका छन् । उनीहरु पुस्तौ देखि आउने जाने र ठाउं सरिसरि आफ्नो जीविका चलाउदै गरेको बताउछन् । स्टीकर, टूक वा जिपको स्टेरिङको कभर,  ढुंगाको लोहरा, सिलौटा र औषधि वेच्ने बन्जारा समुदायले यतिवेला पुराना वोतल, कवाडी समेत संकलन गर्ने गरेको पाइयो । यी फिरन्ते बन्जारा समुदायले स्याल, विरालो मारी मासु खाने, स्याल, विरालो मासुको रक्सी बनाउने खाने जस्ता क्रियाकलापमा संलग्न रहेको जानकारी प्राप्त भएको छ ।

बाघ चोरी शिकारी गरी अवैध ब्यापारमा केहि बन्जारा समुदायहरु लागेको छापामा आइरहेको छ । वि.स. २०७१ माघ १ गते देखि २०७२ फागुण १३ गतेसम्म पाटेबाघको १४ वटा छाला, १२१.५९ के.जी हड्डी र २ थान बन्दुक सहित २५ जना पक्राउ परेको छापामा आइसकेको   छ । पक्राउ परेकाहरुमा २५ मध्ये १३ जना नेपाली रहेको र १४ पाटे बाघमध्ये १३ बटा बंजारासंग सम्बन्धित रहेको नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरोलाई हवाला दिदै हिमाल साप्ताहिक खबरपत्रिका ७/१३ चैत, २०७२ को अंकमा उल्लेख छ । मेरो एक प्रश्नमा कैलाली जिल्लाको पहलमानपुरमा २ वटा पाटेबाघको छाला र ३९.५ केजी हड्डी सहित पक्राउ परेका ८ जना मध्येका एक भारत पन्जाब निवासी श्रवण वावरियाले भने “एउटा वाघ मैले मारेको र सो को छाला सहित म समातिएको हु” ।

नेपाल सहित वंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, रसिया, थाइल्यान्ड र भियतनाम अर्थात १३ राष्टूमा बाघ   पाइन्छ । पाटेबाघ भने नेपाल लगायत भारत, भुटान वंगलादेश र चीनमा मात्र पाइन्छ । तर विश्वमा बन्यजन्तुहरुका अंगको बढ्दो अवैध व्यापारको कारण बाघको अवस्था खतरामा पर्न गएको छ ।  सन् २०१० मा नेपालले रसियाको पिटसवर्गमा बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर वनाउने विश्व सामु प्रतिबद्धता जनाएको थियो ।

सन् २०१० मा नेपालमा १२१ वटा वयस्क बाघ रहेकोमा सन् २०२२ सम्म २५० वटाको हारहारीमा पु¥याउने लक्ष्य राखेको थियो । सन् २०१३ मा क्यामरा ट्रयाप विधि प्रयोग गरी बाघको गणनाको विवरण  हेर्दा बाँके राष्टिूय निकुन्ज ४ वटा, पर्सा वन्यजन्तु आरक्ष ७, शुक्लाफाँटा वन्यजन्तु आरक्ष १७ वटा, बार्दिया राष्ट्रिय निकुन्ज ५० वटा, चितवन राष्ट्रिय निकुन्ज १२०वटा समेत १९८ बटा बयस्क बाघ पाइएको थियो । सन् २०१३ मा १९८ वटा बाघ गणना भएकाले प्रतिबद्धता अनुसार सन् २०२२ सम्ममा २५० वटा पाटेबाघको संख्या पुग्ने आशा गरिएको छ ।

नेपालको बर्दिया राष्ट्रिय निकुन्ज, शुक्लाफाँटा बन्यजन्तु आरक्ष, बांके राष्ट्रिय निकुन्ज तथा भारतको दुधुवा नेशनल पार्कका पाटेबाघ पनि नेपाल भारत हिडडुल गरिरहने गर्दछन् । त्यसैगरी नेपालकोे चितवन राष्ट्रिय निकुन्ज, पर्सा बन्यजन्तु आरक्ष तथा भारतको बाल्मिकी टाइगर रिजर्बका बाघ पनि आवत जावत भइरहेको हुन्छ । पाटे बाघको बासस्थान संरक्षित क्षेत्र वाहेक कैलालीको बसन्ता संरक्षित वन, बर्दियाको खाता संरक्षित बन, चितवनको माडी, बरन्डाभार, बारा, दाङ र कपिलवस्तुको राष्ट्रिय वनमा पनि पर्दछ । बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउनका लागि संरक्षित क्षेत्र बाहिर पनि संरक्षणको अभियान अगाडि वढाइएको कारण पनि सहज ढंगले लक्ष्य हासिल गरिने देखिन्छ । तर नेपालमा हालै बाघको अंगको बढ्दो अवैध व्यापारको कारण बाघको अवस्था खतरामा पर्न गएको छ ।

अवैध व्यापार हुने कारणहरुमा सजावट (छाला र टाउको) को लागि  सामग्री निमार्ण गर्ने, छालावाट फेसनका समान तयार गर्ने, हड्डीवाट परम्परागत औषधि निमार्ण गर्ने, अन्धविश्वासका कारणः क) वाघको नंग्रा र बाजु (लक्कीवोन) जन्तरको रुपमा प्रयोग गर्ने, ख) वाघको जुंगालाई छुक जगाउन प्रयोग गनर्,े ग) बाघको लिंगलाई औषधि रुपमा प्रयोग गर्ने, बाघको वोसोवाट मल्हम र झोल औषधी तयार गर्ने, चिनिया  औषधीमा बाघको मासु, वोसो, भुंडी, अण्डकोष, पित्त, आंखाको गेडी, नाक, दांत, लिंग र रगत समेत प्रयोग गरिने र सुप, रक्सी, पाउडर निमार्ण गर्ने आदि रहेको पाइन्छ ।

यतिबेला बाघ निशानामा छ । राष्ट्रिय संकट घोषणा गर्न चौतर्फि दवाव पनि आइरहेको छ । बन्जाराहरु वन्यजन्तु मार्ने, तस्करी र अवैध व्यापारमा सम्लग्न भएकाले नेपाल सरकारले बाघ संरक्षणका लागि तत्कालै केहि उपायहरु कार्यान्वयन गर्ने पर्ने देखिन्छ । सर्बप्रथम सरकारले बाघ संरक्षणका लागि राष्ट्रिय संकट घोषणा गर्नु पर्दछ ।

त्यसैगरि, बन्जारा समूहहरुको नक्सांकन गर्ने, जिल्ला वन कार्यालयहरुबाट बन्जारा गतिविधि निगरानी गर्न सुराकी परिचालन गर्नुपर्ने, पाटे बाघ पाइने रौतहट देखि कन्चनपुरसम्मका वनमा एक सप्ताहसम्म स्विपिंग अपरेशन संचालन गर्ने,  वन, निकुन्ज र आरक्ष प्रशासनले बन्जारा समूहहरुको फोटो सहितको प्रोफइल तयार गरि राख्ने, वन्यजन्तु अपराध नियन्त्रण ईकाइ (केन्द्रीयस्तर र जिल्लास्तर) र क्षेत्रीय वन निर्देशनालयमा सूचना आदान प्रदान गर्नु पर्ने, बाघ संरक्षणबारे भूपरिधि स्तरिय जनचेतना अभियान संचालन गर्ने, यस कार्यमा वन समुदाय, जिल्ला वन, निकुञ्ज, आरक्ष, नेपाली सेना, प्रहरी, स्थानीय प्रशासन, राष्ट्रिय अनुसन्धान कार्यालय समेतको समन्वय र भारतसंग पनि सिमापार सम्बन्ध अझ विस्तार गरी सहकार्य गर्नु पर्ने देखिन्छ ।

नोट: प्रस्तुत लेख वन सञ्चार द्धैमासिकको अंक ५ मा प्रकाशन गरिएको हो । सान्दर्भिक भएको हुनाले यस अनलाइनमा पनि प्रकाशन गरिएको छ ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *