Breaking News

15129702_10207423276360501_1716890181_nकार्तिक २९ काठमाण्डौ

रुपान्तरणका लागि वन पेशाकर्मी संघले वन सेवा अन्तर्गत नव नियुक्त अधिकृत र त्रिवि वन विज्ञान अध्ययन संस्थानमा नव नियुक्त उप प्राध्यापकहरुको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना ग¥यो । कार्यक्रम पेशागत महासंघका उप–महासचिव गगन विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि विष्टले वन क्षेत्रले परिवर्तित सन्दर्भमा राष्ट्र निर्माण र जनता जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याउन नव प्रवेश वन अधिकृतहरुले इमान्दारितापूर्वक पेशागत जिम्मेवारी निर्वाह गर्नु पर्ने र ट्रेड अधिकारको लागि पेशाकर्मीहरु संगठित हुनु पर्ने धारणा राख्नु भयो । उक्त कार्यक्रममा नेपाल वन प्राविधिक संघका केन्द्रिय सदस्य अनिल रेग्मी, निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य विष्णु अधिकारी र वन तथा भू संरक्षण मन्त्रालयका आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण के.सी.ले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियो । संघका अध्यक्ष बलराम अधिकारीको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव श्याम कृष्ण श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपप उप–महासचिव निराजन खड्काले राख्नु भएको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *