Breaking News

भेडा, गोठाला र देश

बिष्णु प्रसाद ज्ञवाली , पाल्पा ,तानसेन  bishnugyawali@gmail.com
बिष्णु प्रसाद ज्ञवाली ,
पाल्पा ,तानसेन
bishnugyawali@gmail.com

भेडाको नियतिमा म
सार्वकालिक सार्वभौम
गोठालाहरु नियुक्त गर्छु
मेरो सार्वभौमिकतामा प्रश्न नउठाउ
गोठालावाट शासित हुनु मेरो रहर हो
बथानमा दौडिनु मेरो चरित्रहो ।
मेरो बारेमा म सँग प्रश्न सोध्ने तिम्रो अधिकार छैन
मैले गोठालाहरु नियुक्त गरि सकेको छु
मेरो भेडिगोठको वारेमा गोठालाहरु सँग सोध
गोठालाको रहर मेरो इच्छा हो
गोठालाको विवेक मेरो सत्य हो
किनकि मैले मेरो सार्वभौमिकता गोठालालाई दिइ सकेको छु
गोठाला माथि प्रश्न नउठाउ
किनकि
उ मेरो गोठालो हो
म उसको भेडो हुँ
त्यसैले भेडा र गोठालाको विचमा देशलाई नजोड
मलाई केवल चरणको चासो छ
मेरो गोठालो मेरो चरणको वारे चिन्तित छ
यतिखेर मेरो भेडिगोठ सार्न खोजिदैछ
चरण क्षेत्र वाडिदैछ , भाग लगाइदैछ
मलाई बथानवाट एकल्याउने कोशिश नगर
मेरो चरण खोसिदैछ ,भेडिगोठ सारिदै छ
मेरो गोठालोले भनेको
त्यसैले मलाई बथानसँगै जानवाट नरोक
म भेडो हुँ ,
मलाई मेरो चरण र भेडिगोठ प्यारो छ
म अहिले थाकेको छु,
गोठालाहरुले भेडिगोठ साटदै छन
चरण बाडदै छन, मलाई डर लागेको छ
बथानमा म परिन भने
मेरो भेडिगोठ छुटने छ
मेरो चरण खोसिनेछ
मलाई बथानमा देखिनु छ , चिनिनु छ
त्यसैले मलाई देश नसम्झाउ
तिम्रो देशको जैविकविविधता सँग मेरो कुनै चासो छैन
अथाह जल सम्पदाको कुरा नगर ,
सर्वाेत्कृष्ट पर्यटकिय गन्तब्य हरु मलाई नदेखाउ
म सँग देशका कुरा नगर
तिम्रो सम्पन्नताले मेरो भेडिगोठ खोसिनु हुदैन
मेरो चरण लुटिनु हुदैन
भेडा र गोठालोको हाम्रो पुख्र्याेली सम्वन्ध र चिनारि भत्किनु हुदैन
देश हाम्रा  लागि केवल चरण क्षेत्र मात्रै हो
देश नेताले चलाउने हो
नेता जनताले छान्ने हो
देशका कुरा तिमि आफै जान
मलाई  मेरो चरण क्षेत्र देउ
मलाई मेरो भेडि गोठ र गोठालोवाट नछुटटाउ .

Related posts