Breaking News

भोको पेटले खाना पाउने व्यबस्था पो चाहियो

गोविन्द रिजाल
गोविन्द रिजाल

भोको पेटले खाना पाउने व्यबस्था पो चाहियो
नाङ्गो जिउले नाना पाउने व्यबस्था पो चाहियो ।।

के दिन्छ खोई ठुलाठुला भाषण अनि घोषणाले
गरिबको नि छाना छाउने व्यबस्था पो चाहियो ।।

पहुँच अवसर अधिकारमा सबै समान बनाएर
माथि सम्मै साना आउने व्यबस्था पो चाहियो ।।

बाहुन क्षत्रि आदिवासी मधेशी र दलित सबले
सदभावको गाना गाउने व्यबस्था पो चाहियो ।।

लोकतन्त्रको विरूवाले दिन्छ भने सम्बृद्धता
हुर्काई बढाई दाना लाउने व्यबस्था पो चाहियो ।।

भोको पेटले खाना पाउने व्यबस्था पो चाहियो
गरिबको नि छाना छाउने व्यबस्था पो चाहियो ।।

Related posts