Breaking News

नेपाल फर्निचर तथा फर्निसिङ् ब्यवसायी महासंघको चौथो वार्षिक साधारण सभाको मुख्यमन्त्री माननीय पृथ्वी सुब्वा गुरुङ् वाट समुदघाटन

Share


२०७५।९।७, पोखरा

वनसंचार संवाददाता

आज गण्डकि प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वी सुब्वा गुरुङ्ले नेपाल फर्निचर तथा फर्निसिङ्ख ब्यवसायी महासंघको चौथो वार्षिक साधारण सभाको समुदघाटन गर्नु भएको छ । गण्डकि प्रदेशमा वन उद्यमीहरुलाई लगानी गर्न आब्हान गर्दे वन उद्यम मैत्री कानुन निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । संघिय वन ऐन वनी नसकेकाले प्रदेश वन ऐन वनाउन नसकिएको भन्दै संघिय वन ऐन वन उद्यम मैत्री हुने विश्वास ब्यक्त गर्नु भयो । करको दायरा कम भएको र रोजगारिका लागि विदेशिनेको संख्या धेरै भएको गण्डकि प्रदेशमा करको दायरा फराकिलो वनाउन र रोजगारी श्रृजना गर्न वन उद्यम सहयोगि हुने भएकाले आफुले निजी वन र वन उद्यम विकासका लागि प्रोत्साहनमुलक कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनु भयो । राजनैतिक आन्दोलनको चरण सकिएर संमृद्ध नेपाल निर्माणको चरण शुरु भएकाले राजनैतिक आन्दोलनमा सरकारि कर्मचारिहरु सम्बद्ध ट्रेड युनियनहरुले पुरयाएको योगदानलाई धन्यवाद दिदै अव निर्माणको चरणमा ट्रेड युनियनहरु अव बाधक वन्न नहुने भन्दै सरकारि ट्रेड युनियनहरु खारेज गर्नुपर्ने विचार ब्यक्त गर्दे गण्डकि प्रदेशका उद्योग क्षेत्रमा अव वन्द र हडताल जस्ता श्रम समस्याहरु श्रृजना नहुने वातावरण श्रृजना गर्न ट्रेड युनियनका समस्याहरु संवोधन गर्न आफु तयार रहेको उल्लेख गर्दे सभाको सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।
नेपाल फर्निचर तथा फर्निसिङ्ख ब्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीको सभापतित्वमा सम्पन उक्त साधारण सभामा सहभागिहरुलाई स्वागत गर्दे राज्यको उदासिनता तथा ब्यवहारिक कानुनको अभावमा तयारी फर्निचर एंव फर्निसिंङका सामग्रीहरु भ्mण्डै ३० अर्व बराबरको सामग्री आयात गर्न बाध्य भएको बताउनु भयो । २६०० उद्योग वन्द भैरहदा पनि करिब १,५०,००० लाई स्वदेशमै रोजगारि दिएको फर्निचर तथा फर्निसिङ्ख उद्योग ब्यवसायी सँग चर्काे ब्याज असुलेर आफुमात्र कमाई गर्ने र उद्योगीलाई ऋणमा मात्रै डुबाई रहने विद्यमान वैकिंक प्रकृया प्रति राज्य निरिह देखिनु आफैमा उदेकको विषय भएको उल्लेख गर्नु भयो । फर्निचर तथा फर्निसिङ्ख उद्योग स्थापना र विक्रि वितरणका लागि समेत ठुलो क्षेत्र आवश्यक पर्ने यस ब्यवसायले उद्योग दर्ता देखि सामान विक्रि गर्ने स्थानको घर भाडा सम्म का कार्यहरु वोझिला,हैरानी र झंझट युक्त छन । यसको उचित संवोधनका लागि राज्यवाट विशेष कानुन र सहुलियतपुर्ण ब्यवहार गरिनुपर्ने माग गर्नु भयो । ब्यवसायिक एकता, ब्यवसायिक सफलता भन्ने उदघोषका साथ शुरु भएको साधारण सभामा निजीवन सरोकारवाला महासंघ, नेपाल वन पैदावार उद्योग ब्यवसायी महासंघ, नेपाल प्लाईउड उद्योग संघ र जडिबुटि जन्य उत्पादन महासंघ सँग सहकार्य र कार्यगत एकता कायम गरि नीतिगत सुधारका लागि पहल र पैरवी गरेको जानकारि गराउनु भएको थियो ।
विशेष अतिथि निजीवन सरोकारवाला महासंघ का अध्यक्ष विष्णु प्रसाद ज्ञवाली ले साधारण सभाको सफलताको कामना गर्दे फर्निचर तथा फर्निसिङ्ख उद्योग ब्यवसायी हरुले निजी वनको काठ प्रयोग गरेर देशभरका निजीवन कृषक हरुलाई वार्षिक एक अरव भन्दा वढि आम्दानी दिलाउन सकेकोमा हार्दिक आभार ब्यक्त गर्नु भयो । निजी वनले फर्निचर तथा फर्निसिङ्ख उद्योग ब्यवसायीको उद्योग संचालनमा मात्र नभै राज्यलाई वार्षिक १४ करोड भन्दा वढि भ्याट बुझाएर देशको आय र रोजगारि बढाउन निजीवनले उल्लेखनीय योगदान गरेको छ भन्नु भयो । निजीवन र वन उद्यम एक अर्काको परिपुरक रहेको उल्लेख गर्दे अध्यक्ष विष्णु प्रसाद ज्ञवाली ले वन उद्यमी हरुलाई चोर भनेर हेर्ने, ब्यवहार गर्ने विद्यमान ऐन नियम र संरचनालाई नयाँ वन्ने संघिय वन ऐन र प्रदेश वन ऐनले विस्थापन गर्नु पर्छ भन्दै सो का लागि पहल र अग्रसरता लिन मुख्य मन्त्रीलाई आग्रह गर्नु भयो । वाझो अनुत्पादक जग्गा लाई उत्पादनशील जग्गामा रुपान्तरण गर्न र विदेशिएका नेपालीलाई स्वदेशमै रोजगार दिलाउन वन उद्यम नै सहज, सरल र सस्तो र्निविकल्प वाटो रहेकोले वन उद्यम मैत्री नीती ,संरचना र प्रोत्साहनमुलक कार्यक्रम संचालन गर्न थप आग्रह गर्नु भयो । निजीवनमहासंघको पहल र पैरविमा निजी वन स्थापना तथा वनजन्य ब्यवसायलाई कृषि तथा पशुपंक्षिजन्य कर्जा अन्र्तेगत सहुलियतपुर्ण कर्जाको ब्यवस्था राष्ट्र वैकले गरे पनि वैंकहरु उक्त कर्जा प्रवाह गर्न उदासिन भएकोले वन क्षेत्रका सवै संघ महासंघको ब्यवसायिक एकतालाई अझ सुदृढ गरि थप दवाव र संघर्षका साथ वन उद्यममा लगानी वढाउन लागि पर्नु नै ब्यवसायिक सफलताको सुत्रधार भएकाले यसकालागि सांगठनिक आवाज बुलन्द गर्नु नै आजको आवश्यकता रहेको र राज्यले समेत वन उद्यममा लगानी वढाउन प्रश्रय र प्रोत्साहन दिनु पर्ने आवश्यकता औल्याउनु भयो ।
नेपाल फर्निचर तथा फर्निसिङ्ख ब्यवसायी महासंघका महासचिव कविन्द्र जोशीले संचालन गर्नु भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष राम प्रसाद न्यौपानेले हाम्रा ब्यवसायिक समस्याहरुको समाधानका लागि ब्यवसायिक एकता प्रदर्शन गर्नु आजको आवश्यकता रहेको भन्दै सहभागिता जिल्ला प्रतिनिधिहरुलाई धन्यवाद ब्यक्त गर्नु भयो । २५ जिल्लावाट १७५ जना सहभागि हुनु भएको साधारण सभाले महासंघको प्रदेश स्तरीय संरचना वनाउने निर्णय गरेको जानकारि महासंघका तृतीय उपाध्यक्ष सुजील श्रेष्ठले दिनु भयो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *