Breaking News

१० दिने सामुदायिक स्तरीय अग्नि नियन्त्रण तथा वन डढेलो व्यवस्थापन तालिम सम्पन्।

सचेतनाको स्तरमा बृद्धि गरि जन–सहभागिताको माध्यमबाट डढेलोबाट हुनसक्ने  जन , धन, वन, जैबिक विविधता तथा पारिस्थिकीय प्रणालीको क्षतिलाई न्युनिकरण गर्दै यसको उचित व्यवस्थापनबाट वनको उत्पादकत्वमा टेवा पुप्याउने । तालिमको माध्यम बाट वन डढेलो व्यवस्थापन तथा नियन्त्रण गर्न सैद्धान्तिक तथा प्रयोगात्मक क्षमताको अभिबृद्धि गर्न । वन डढेलोे संग लड्न सुरक्षित अग्नि नियन्त्रक सामागी्र तथा औजारहरुको प्रयोग गर्न सिप तथा ज्ञान उपलब्ध गराउन । वन ढडेलो नियन्त्रण गरी स्थानिय जलवायु परिवर्तन न्यनिकरणमा योग्दान   पु¥याउने उदेश्यका साथ  Care Nepal/NEEDS Nepal- Hariyo ban program को आर्थिक तथा प्राविधिक सहयोग मा  LAPA समितिको साझेदारीमा राप्तीसोनारी गा.पा. वडा नं. ५, बाँके जिल्ला मा मिति २०७५/११/२५ देखी मिति २०७५/१२/०४ गते देखी सुनखोलि सा.व. सिद्धेश्वरी सा.व., कन्यश्वरी सा.व. ,कर्णेराजा सा.व. ,समयभवानि सामुदायिक वनका सा.व.उ.स का कार्य समिति तथा उपभोक्ता गरी १९४ जनाले “अग्नि नियन्त्रण तथा वन डढेलो व्यवस्थापन तालिम” मा सैदान्तिक तथा प्रयोगात्मक ज्ञान र सिप प्राप्त गरे । प्रत्येक सा.व.उ.स लाई २ दिनको तालिम मा १ दिन मौखिक, सौदान्तिक ज्ञान थियो भने दोश्रो दिन प्रयोगात्मक ज्ञान उपलब्ध गराएको थियो । यस कार्यक्रम लाई सफल बनाउन  Care Nepal- Hariyo ban program  का Field Coordinator श्री किशोर गन्धर्व, NEEDS Nepal का श्री केशब मलाशि, NEEDS Nepal की सामाजिक परिचालक उषा शर्मा, LAPA समितिका सम्पुर्ण पद्दाधिकारी, डिभिजन वन कार्यालय बाँके, राप्तीसोनारी गा.पा. वडा नं. ५ का प्रतिनिधिहरुको योग्दान रहेको थियो । यस तालिममा प्रशिक्षण दिने प्रशिक्षक श्री पुर्ण वहादुर थापा वन प्रविधिक, सव डिभिजन  का सहायक वन अधिकृत का श्री मृगेन्द सराफ तथा सव डिभिजन बाँके का रेन्जर श्री गगनराज महतरा ले तालिम उपलब्ध गराउनु भएको थियो ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *